AnonymousUser

Logout

इजरायल हुँदै फ्रेन्च क्लबमा पुगिन् सावित्रा भण्डारी

नेपाली राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलकर्ता रहेकी सावित्राले अन्तर्राष्ट्रिय खेलमा ४२ गोल गरिसकेकी छन्।

मध्यपहाडी लोकमार्गको रुकुमखण्ड हिमपातका कारण अवरुद्ध

हिउँका कारण मध्यपहाडी लोकमार्गको रुकुम पूर्वस्थित लुकुम–पातीहाल्ना सडकखण्डमा यातायातका साधन चल्न सकेका छैनन्। बिहीबार काठमाडौँबाट आएका सवारीसाधन पातीहाल्नामा रोकिएका छन्।

गाजामा सबैखाले हिंसा रोक्न साष्ट्र संघका महासचिवको आह्वान

महासचिव गुटेरेसले गाजा र वरपरका क्षेत्रमा तनाव कम गर्ने उपायको खोजी गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

विश्व सिमसार दिवस: अत्यधिक दोहनले संकटमा सिमसार

प्राकृतिक स्रोतको अधिकतम दोहनले गर्दा सिमसार क्षेत्रमा पानीको अभाव भएर सुक्खा क्षेत्रको वृद्धि भएसँगै सिमसार संरक्षणमा चुनौती थपिएको छ।

गेटाफेलाई हराउँदै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

बिहीबार राति रियल मड्रिडले गेटाफेलाई २–० ले पराजित गरेको छ। रियलको जितमा दुवै गोल जोसेलुले गरे। 

सवारी दुर्घटना: ६ महिनामा १ हजार १३७ जनाको मृत्यु

दुर्घटनामा १० हजार ३५३ वटा सवारी साधनमा क्षति पुगेको प्रहरीको तथ्यांक छ। सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल रहेको छ। 

कस्तो रहनेछ शुक्रबारको मौसम?

कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुनेछ। 

बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेकाहरू अस्पताल भर्ना

बाँसबारीको जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी–व्यवसायी चौधरी र बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख थापा अस्पताल भर्ना भएका छन्। 

कार्यदलले दिएका सुझाव कार्यान्वयन गर्ने मन्त्री ज्वालाको प्रतिबद्धता

यातायात क्षेत्रका समस्या समाधानका लागि सुझाव दिन पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा गठित कार्यादलले एक वर्षपछि प्रतिवेदन बुझाएको छ।

गण्डकीमा ‘राइड शेयरिङ’को नियमन गर्ने र वैधानिक बनाउने बाटो खुल्यो

नियमावलीको दफा १३ मा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपांग्रे तथा दुईपांग्रे सवारीले तोकिएको प्रक्रिया पूरा गरी तोकिएको भाडा लिई यात्रु बीमा गरेर यात्रु बोक्न पाउने व्यवस्था छ।

बाँसबारी जग्गा प्रकरण: पक्राउ परेकाहरू अस्पताल भर्ना हुँदै

चौधरी र थापालाई स्वास्थ्य कारण देखाउँदै हिरासतमा नराखी चिरायु अस्पतालमा भर्ना गरिने भएको छ।

अरुण चौधरीको पक्राउप्रति निजी क्षेत्रको आपत्ति, शंकाकै भरमा वैयक्तिक स्वतन्त्रता हनन गरेको जिकिर

नेपाल उद्योग परिसंघले सरकारले निजी क्षेत्रलाई त्रसित बनाउने गरी धरपकड शैलीमा उद्योगी चौधरीलाई पक्राउ गरेको आरोप लगाएको छ।  

अरुण चौधरीसहित ३ जनालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

बाँसबारीको जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी–व्यवसायी अरुण चौधरीसहित तीन जनालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले सीआईबीलाई अनुमति दिएको छ।

सहकारी पीडितसँगको सम्झौता कार्यान्वयनमा ६ महिनासम्म सरकार उदासीन, दबाब बढाउन अझ संगठित हुँदै बचतकर्ता

सरकारले आन्दोलनमा रहेका सहकारी पीडितहरूसँग गरेको सम्झौता र सहकारी क्षेत्र सुझाव कार्यदलको सुझाव बमोजिम काम अघि नबढाउँदा निराश देखिएका बचतकर्ताहरू थप दबाबमूलक कार्यक्रमको तयारीमा छन्। 

राजनीतिक दलसम्बन्धी विधेयक संघीय संसद्‍मा दर्ता

विधेयकमा ऐनको दफा ३३ को उपदफा २, दफा ४८ को उपदफा १ का सम्बन्धमा अध्यादेश खारेज भएकाले साबिककै अवस्था कायम राख्ने उल्लेख छ।

प्रधानमन्त्री कप: आर्मी फाइनलमा, अपराजित रहेको पुलिससँग भिड्ने

आर्मीले गण्डकीलाई ६४ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो। अब आर्मीले फाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। 

बाँसबारी जग्गा प्रकरण : आम्रपाली कन्स्ट्रक्सनका सञ्जय ठाकुर पक्राउ

बाँसबारी छाला तथा जुत्ता कारखानाको स्वामित्वमा रहेको सरकारी जग्गा अपचलन प्रकरणमा सीआईबीको टोलीले आम्रपाली कन्स्ट्रक्सनका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ।

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले हिमपात भइरहेको हुँदा बिहीबार सडक खुलाउन नसकिने बताए। शुक्रबार बिहान हिमपात रोकियो भने हिउँ पन्छ्याएर सडक खुलाइने उनको भनाइ छ।

बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक थापा पक्राउ

बाँसबारी छाला तथा जुत्ता कारखानाको स्वामित्वमा रहेको सरकारी जग्गा हिनामिनाबारे अनुसन्धान गरिरहेको सीआईबी टोलीले सो कम्पनीका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण सिंह थापालाई पक्राउ गरेको छ।

वैदेशिक रोजगारीमा पठाउने भन्दै ६०० भन्दा धेरैलाई ठगेको आरोपमा युरो विंग्सका सञ्चालक पक्राउ

वैदेशिक रोजगारीका लागि अमेरिकी तथा युरोपेली देशमा पठाइदिन्छु भन्दै ६०० भन्दा बढी सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले एजुकेसन कन्सल्टेन्सी सञ्चालक विकास वाइबा/तामाङलाई पक्राउ गरेको छ।