AnonymousUser

Logout

प्रकृति संरक्षण मानवजातिको साझा चासो र चुनौती : राष्ट्रपति

राष्ट्रपति पौडेलले मुलुकको दिगो विकाससँग प्रकृति तथा जैविक विविधता अनि वन्यजन्तु संरक्षण प्रत्यक्षरूपमा जोडिएको बताए।

अनिल र आशिफको अर्धशतकमा नेदरल्यान्ड्समाथि नेपालको ९ विकेटको जित 

नेपालका लागि अनिल शाह र आसिफ शेखले अर्धशतक पूरा गरे। आसिफ ४५ बलमा ५४ रन तथा अनिल ३६ बलमा ५७ रनसहित नटआउट रहे। 

जापानले गर्‍यो नयाँ पुस्ताको रकेटको सफल परीक्षण

दक्षिणपश्चिमी जापानको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार बिहान ९ः२२ बजे एच–थ्री प्रक्षेपण गरिएको थियो।

धादिङमा बस र ट्रक ठोक्किँदा २० जना घाइते

घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको छ। तीन जनाको अवस्था गम्भीर छ। 

नेदरल्यान्ड्सले नेपाललाई दियो १३८ रनको लक्ष्य

नेपालका लागि कुशल भुर्तेलले ४, ललित राजवंशीले २ तथा रोहित पौडेल र सोमपाल कामीले १–१ विकेट लिए। 

काठमाडौँ–तराई द्रुतमार्ग: जेठभित्र २ सुरुङको ‘ब्रेक थ्रु’

द्रुतमार्गको खोकना–बुङमती क्षेत्रमा २१४ रोपनी जग्गाको मूल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी छ। १६५ रोपनीको भने मूल्य निर्धारण हुन सकेको छैन। 

नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल 

नेपालका मुख्य प्रशिक्षक मोन्टी देशाईंले करण केसी र पवन सर्राफलाई बेन्चमा राख्दै दीपेन्द्रसिंह ऐरी र देव खनाललाई खेलाएका छन्। 

६ मुहानबाट संकलन गरेर गाउँमा खानेपानी, २३८ परिवार लाभान्वित

आयोजना निर्माण गर्न दुई करोड १२ लाख रुपैयाँ खर्च भएको छ। जसमा उपभोक्ताले ५२ लाख ६३ हजार बराबरको श्रमदान गरेका छन्। 

युक्रेन र जर्मनीबीच द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर

जर्मनी अमेरिकापछि युक्रेनलाई सैन्य सहायता आपूर्ति गर्ने दोस्रो सबैभन्दा ठूलो मुलुक हो।

यस्तो रहनेछ शनिबारको मौसम

पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका केही स्थानमा हल्का हुस्सु र कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कांग्रेस महासमिति बैठकमा पेस हुने दस्ताबेज पारित

कांग्रेसले महासमिति बैठकमा पेस हुने विभिन्न दस्ताबेज केन्द्रीय कार्यसमिति बैठकबाट पारित गरेको छ।

काठमाडौँ प्रशासनले बढायो निषेधित क्षेत्रको अवधि

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य कार्यालय, अतिविशिष्ट पदाधिकारीको निवास, मुलुकको प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरूमा विरोध वा प्रदर्शनी गर्न निषेध गरिएको हो। 

गृह मन्त्रालयले गठन गर्‍यो प्रहरी समायोजन समिति

गृह मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको संयोजकत्व र नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिवको सहसंयोजकत्वमा समिति बनाएको हो।

बालकुमारी घटना छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

प्रतिवेदन बुझ्दै गृहमन्त्री श्रेष्ठले आयोगले सत्यतथ्य जाँचबुझ गरी मिहिनेतपूर्वक निकालेको निष्कर्षलाई कार्यान्यवन गरिने बताए।

‘विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य नभएसम्म शिक्षा क्षेत्रको विकास हुन सक्दैन’

प्रस्तावित नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिका अध्यक्ष डा. अर्जुन कार्की मुलुकको समृद्धि र विकासका लागि विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप हुन नहुने बताउँछन्।

नेपालगन्जमा ‘म्युजिक फर हार्मोनी’ हुने

म्युजिक फर हार्मोनीका लागि ‘कुटुम्ब’ तथा गायिका झुमा लिम्बू र ‘रैथाने’ ब्यान्डले पहिलो पटक सहकार्य गर्दै छन्। 

कृषि क्षेत्रको विकासका लागि नीतिगत सुधार चाहिन्छ : राष्ट्रपति

विदेशबाट फर्केका युवालाई उनीहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने वातावरणको निर्माणमा नीति–निर्माता, सरकार र व्यावसायिक संस्थाले विशेष ध्यान दिनुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो। 

भारतीय कर विभागले गर्‍यो विपक्षी दलको बैंक खाता रोक्का

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेस पार्टीले कर विभागले आफ्नो बैंकका खाता रोक्का गरिदिएको जनाएको छ।

सरोकारवाला भन्छन्– नेपालमा नागरिकको खुलापन खुम्चिँदै गयो

सरोकारवालाले नेपालसहित विश्वभरका सरकारले नागरिक समाजको भूमिकालाई कम महत्त्व दिएको र खुलापन खुम्च्याउँदै लगेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

राजनीतिक दलका नाम, विधान र पदाधिकारीमा भएको हेरफेर पेस गर्न आयोगको निर्देशन

दलले आफ्नो आय र व्ययको वास्तविक हिसाबकिताब देखिने तोकिएको ढाँचामा लेखा अभिलेख राखी बैंकमार्फत कारोबार गर्ने व्यवस्था मिलाउन आयोगले भनेको छ।