गए राति सम्पन्न खेलमा फिल फोडेनको ह्याट्रिकले सिटीको जित सुनिश्चित गर्यो। सिटी ३–१ गोलले विजयी भयो।
अहिले पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।
कोशीमा अध्यादेशमार्फत ऐन संशोधन गरी सत्तारुढ सबै दलका संसदीय दलका नेता र विपक्षमा रहेका दलको संसदीय दलका नेतालाई पनि प्रदेशसभाको पदाधिकारी किटान गरेर सुविधा दिन लागिएको थियो।
बाँसबारीको जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी–व्यवसायी अरुण चौधरीसहित तीनै जनाको अनुसन्धान मंगलबारसम्म सक्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।
लामिछानेसहितका व्यक्तिमाथि पनि छानबिन हुनुपर्ने माग गर्दै सहकारी पीडितले पूरक जाहेरी दिएको कास्की प्रहरीले जनाएको छ।
विधेयक दर्ता भएपछि नागरिकले सुझाव दिन सक्ने र त्यस्ता सुझावलाई दफावार छलफलका क्रममा विचार गर्न सक्ने व्यवस्थाका साथै समितिले विधेयकमाथि दफावार छलफल ६ महिनाभित्र गरी सक्नुपर्ने प्रस्ताव गरिएको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक अध्यादेश र बाधा अड्काउ फुकाऊ आदेश पेस भएको छ।
संसद्लाई प्रभावकारी, क्रियाशील र जीवन्त बनाउन चालू अधिवेशनदेखि केही नयाँ अभ्यास तथा संसदीय गतिविधि समयबद्ध सञ्चालनका लागि कार्यतालिका लागू गर्ने उनको भनाइ थियो।
बागमतीस्तरीय यू१६ छनोट खेल्न प्रादेशिक क्रिकेट संघले शनिबार साँझ मात्र जिल्लाहरूलाई टिम पठाउन मेल गरेको थियो। जिल्लाहरूले उपलब्ध खेलाडी बटुलेर आइतबार तयार पारेको टिम सोमबार काठमाडौँ पठाएका छन्।
एनआईसीयूमा ६ दिन उपचार गर्दा औसतमा प्रतिबिरामी १८ हजार ४९० खर्च हुने र अपुग १० हजार ४९० रुपैयाँ अस्पतालले नै बेहोर्दै आएको अध्ययनले देखाएको छ।
सिंहदरबारभित्र छिर्न खोज्दा प्रहरीले आरती साहका भाइ र आमालाई नियन्त्रणमा लिएको छ।
सोमबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र पिपुल्स पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।
छलफलका क्रममा मन्त्री गुरुङले विधेयकलाई टुंगोमा पुर्याउनका लागि सरकारका तर्फबाट भइरहेका प्रयासहरूका बारेमा सांसदहरूलाई जानकारी गराएका थिए।
लामाविरुद्ध आङपासाङ शेर्पासमेत ८४५ जनाले तीन करोड ९३ लाख १४ हजार ३३३ र त्यसको ५० प्रतिशत हर्जनासमेत माग गरी उजुरी दिएका थिए।
चैते धानखेती गर्ने किसानलाई कृष्णपुर नगरपालिकाले ८० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने काम अगाडि बढाएको छ।
सहजताका लागि बाह्य जिल्लाबाट मतदाता नामावली दर्ता गर्न सकिने सुविधासमेत उपलब्ध गराएको छ।
दक्षिण अफ्रिकामा भएको एकदिवसीय क्रिकेटमा सहभागी भई नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।
फिनल्यान्डभर कूल १७ हजार वटा मौसम पूर्वानुमान केन्द्र सञ्चालनमा छन्। आफ्नै भूउपग्रह पनि सञ्चालनमा छ।
एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए।
काठमाडौँ–२९ घट्टेकुलोमा बनिरहेको ज्येष्ठ नागरिक भवन वडा कार्यालयकै लापरबाहीले डेढ वर्षदेखि अलपत्र छ। भवन निर्माण थालिएको चार वर्षपछि वडाध्यक्ष कुश ढकालले नक्सापास नगर्नु कमजोरी भएको बताएका छन्।