AnonymousUser

Logout

पद्मप्रसाद पाण्डेय संघीय संसद्को महासचिव नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले पद्मप्रसाद पाण्डेयलाई संघीय संसद्को महासचिव नियुक्त गरेका छन्।

मेलम्ची आयोजनाको प्रक्रिया पुनर्संरचना गर्नुपर्छ: खानेपानीमन्त्री

खानेपानीमन्त्री यादवले मेलम्चीसहितका राष्ट्रिय गौरवको आयोजनाको कामलाई अघि बढाउन सार्वजनिक खरिद ऐन नै संशोधन गर्नुपर्ने आवश्यकता औँल्याए।

सामान्य अंकले बढेको शेयर बजारमा २ अर्ब ५९ करोडको कारोबार

समाज लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशतले बढेको छ। सामलिङ पावरको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

राज्य व्यवस्था समितिबाट अनुगमन तथा मूल्यांकनसम्बन्धी विधेयक पारित

राष्ट्रियसभाबाट उत्पत्ति भएर आएको अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मत रूपमा पारित गरेको छ।

केपी ओली कप : मच्छिन्द्र र जावलाखेलले सिधै सेमिफाइनल खेल्ने

आयोजक राष्ट्रिय युवा संघ, नेपालले मंगलबार ‘ट्राइसिट’ सार्वजनिक गर्दा मच्छिन्द्र र जावलाखेलले ‘बाइ’ पाएका हुन्।

सुरक्षण मुद्रण विधेयकमा ट्रेड युनियनसम्बन्धी व्यवस्था नराखौँ: सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण विधेयकमा ट्रेड युनियन अधिकारको विषय राख्न आवश्यक नभएको बताएकी हुन्।

नागढुंगा–सिस्नेखोला सुरुङ छिचोल्न ३२ मिटर मात्रै बाँकी, फागुन २३ गते ‘ब्रेक थ्रु’ हुने

सांसदहरूले सुरुङमार्ग निर्माण गर्दा जग्गाको स्वामित्व विवाद, घरहरू चर्कने, पानीको मुहान सुक्ने लगायतका समस्या समाधान गरी निर्माण कार्य अगाडि बढाउनुपर्ने धारणा राखेका थिए। 

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा ७ महिनामा मरे ११ गैँडा

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षमा ११ वटा गैँडा मृत भेटिएका छन्। 

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, चालु खाता र शोधनान्तर बचतमा

योसँगै विदेशी मुद्रा सञ्चिति नेपालको वार्षिक बजेटको आकारभन्दा ठूलो देखिएको छ।

अदालतको आदेशपछि बाँसबारी जग्गा प्रकरणको अनुसन्धान के हुन्छ?

काठमाडौँ जिल्ला अदालतले बाँसबारीको १० रोपनी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित तीन जनालाई मंगलबारपछि हाजिर जमानीमा छाड्न भनेको छ। के यसले अनुसन्धानमा प्रभाव पार्छ?

म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राखेर बिक्री गर्ने मिनाक्षी उद्योगमा सिल

आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्यमा संलग्न रहेको अभियोगमा उद्योगमा सिल गरिएको हो।

वाफ महिला च्याम्पियनसिप: नेपालको पहिलो खेल सिरियासँग

नेपाल रहेको समूहमा सिरियासँगै इराक र प्यालेस्टाइन छन्। नेपालले आफ्नो पहिलो खेल फागुन ७ गते सिरियासँग खेल्ने छ।

प्लास्टिक विसर्जनको भयावह रूप

संयुक्त राष्ट्रसंघका अनुसार विश्वभर वार्षिक चार अर्ब ३० करोड टन प्लास्टिक उत्पादन हुने गर्छ। त्यसमध्ये वर्षमा एक करोड ९० लाखदेखि दुई करोड टनसम्म प्लास्टिक फोहोरका रूपमा वातावरणमा आउँछ। 

काठमाडाैँ महानगरले खाली गरायो शान्तिबाटिका (तस्वीरहरू)

माइतिघरको निषेधाज्ञापछि आन्दोलनकारीहरू विगत लामो समयदेखि शान्तिबाटिकामा बस्दै आएका थिए।

साउदी निकट मानिएका बिन मुबारक बने यमनको नयाँ प्रधानमन्त्री

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्रपति परिषदले सोमबार प्रधानमन्त्री माइन अब्दुलमालिक सइदलाई बर्खास्त गरेसँगै विदेशमन्त्री अवाद बिनलाई नयाँ प्रधानमन्त्री बनाएको हो।

पूर्वमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बुढाथोकीको निधन

लामो समयदेखि ‘प्रोस्टेट क्यान्सर’को उपचार गराइरहेका उनको गत राति साढे ११ बजे उपचारकै क्रममा विराटनगरको विराट मेडिकल कलेजमा निधन भएको हो।

तोरीको तेल उत्पादन गर्न सहकारीद्वारा उद्योग सञ्चालन

बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल ‘ब्रान्डिङ’, ‘लेभलिङ’ तथा ‘प्याकेजिङ’ उद्योग सञ्चालनमा ल्याएको छ।

गर्भवती तथा दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा

गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम शुरूआत गरेको छ।

बेलायतका राजा चार्ल्स क्यान्सरबाट पीडित, उपचार हुँदै

बेलायती राजपरिवारका प्रवक्ताले क्यान्सरबाट पीडित राजा चार्ल्सको अहिले उपचार भइरहेकोबारे प्रष्ट पारेका छन्

६ महिनामा ३ हजार ४५ लागुऔषध कारोबारी पक्राउ

पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन आदि सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेकाहरू हुन्।