AnonymousUser

Logout

एशियन कपको उपाधिका लागि कतार र जोर्डन भिड्ने

दोस्रो सेमिफाइनलमा कतार इरानलाई ३–२ ले हराउँदै फाइनलमा पुगेको छ। अब उपाधि रक्षाका लागि कतारले जोर्डनको सामना गर्नेछ।

संसार अराजकताको युगमा प्रवेश गर्दैछ: राष्ट्रसंघ महासचिव

सुरक्षा परिषद् गहिरोसँग विभाजित भएको र इजराइल–हमास युद्धजस्ता महत्त्वपूर्ण मुद्दालाई सम्बोधन गर्न असमर्थ रहेको महासचिव गुटेरेसले बताएका छन्। 

७ महिनामा साइबर अपराधका १३ हजार उजुरी

प्रहरीका अनुसार सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिएका अपराधका नयाँ प्रवृत्ति र शैलीले साइबर अपराध अनुसन्धानमा चुनौती थपेको छ। 

यस्तो रहनेछ बिहीबारको मौसम

कोशी र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहनेछ। यी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ।

पाकिस्तानः चुनावको पूर्वसन्ध्यामा बम विस्फोट, २८ जनाको मृत्यु

उम्मेदवारको कार्यालय नजिक भएका दुई वटा बम विस्फोटमा २८ दजनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन्।

काठमाडौँ उपत्यकाकै ठूलो मातातीर्थ २२० केभी सब–स्टेसन निर्माण सम्पन्न

काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठूलो सब–स्टेसन हब बनेको छ।

नापी कार्यालयका २ कर्मचारी १ लाख घुसहित पक्राउ

उनीहरूले जग्गा हाल साविक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने भनेर सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका थिए।

बिजुलीको खम्बामा इन्टरनेटको तार जोड्न गएका युवकको करेन्ट लागेर मृत्यु

एभरेस्ट नेटवर्क प्रालिको फाइबर इन्टरनेट विस्तार गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।

क्यानडासँग एकदिवसीय शृंखला खेल्न उत्साहित नेपाल

नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबारदेखि क्यानडासँग तीन एक दिवसीय शृंखला खेल्दै छ।

गिरीबन्धु टि–इस्टेटमा सर्वोच्चको व्याख्या– ‘जफतयोग्य जग्गा उचित व्यवस्थापनबिना साटफेर गर्न मिल्दैन’

सर्वोच्च अदालतको संवैधानिक इजलासले ठूलो ‘ल्यान्ड स्क्याम’ मानिने गिरीबन्धु टि–इस्टेट प्रकरणमा तत्कालीन ओली सरकारको निर्णय बदर गर्दा त्यो जफतयोग्य जग्गा भएको पनि स्मरण गराएको छ।

मच्छिन्द्रलाई यू१६ लिगको उपाधि

विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले उपाधि उचालेको हो।

मन्त्री फेर्ने कुरा मिडियालाई थाहा दिनु हुँदैनः माधवकुमार नेपाल

'प्रधानमन्त्री वा मन्त्री सबैको बारेमा हामीले बाटाघाटामा छलफल गर्नुहुँदैन। मन्त्री नै फेर्नु छ भने पनि जुन दिन फेर्नु छ, ठयाक्कै फेरिहाल्ने हो।'

प्रतिनिधिसभामा फागुन ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने

संघीय संसदको तेस्रो अधिवेशनको शुरूमै प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।

गिरीबन्धु टि इस्टेटको जग्गा सट्टाभर्ना दिने मन्त्रिपरिषद्‍को निर्णय सर्वोच्चद्वारा बदर

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार बदर गरेको हो। 

अमला रोकाविरुद्ध इन्टरपोलद्वारा डिफ्युजन नोटिस जारी

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

संघीय संसद प्रतिनिधिसभाको बुधबारको बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ।

कानून बनेयताको ४ वर्षमा तेजाब आक्रमणका २० घटनाः पीडित अझै असुरक्षित

२०७७ सालमा पहिलो पटक कानून बनेयताको चार वर्षमा तेजाब आक्रमणका २० वटा मुद्दा दर्ता भएका छन्। स्वास्थ्योपचार र सुरक्षामा पीडितहरूको असन्तुष्टि भने अझै बाँकी छ।

नेप्सेमा सामान्य अंकको सुधार,  २०९०.६४ को विन्दुमा कायम

बुधबार नेप्से परिसूचक ४.९२ अंकले बढेर २०९०.६४ को विन्दुमा कायम भएको हो।

निर्देशनले मात्र चल्दैन, प्रधानमन्त्री स्वयंले काम गर्ने तरिका बदल्नुपर्छ: गगन थापा

प्रधानमन्त्री दाहालले दिँदै आएका निर्देशनप्रति संकेत गदै त्यसले मुलुकमा कुनै पनि समस्याको समाधान नहुने थापाले जिकिर गरे।

स्टार्टअप उद्यम कर्जासम्बन्धी त्रिपक्षीय सम्झौता

स्टार्टअप उद्यमलाई प्रवाह गरिने कर्जा प्रक्रियालाई सरल, स्पष्ट, व्यवस्थित र पारदर्शी बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यही माघ ११ गते कार्यविधि स्वीकृत गरेको थियो।