AnonymousUser

Logout

सरकारले हजार काम छोडेर पीडितका माग सम्बोधन गर्नुपर्छ: झलनाथ खनाल

सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै मार्चपास गरेका छन्।

दुई हजार विन्दुभन्दा तल ओर्लियो नेप्से परिसूचक

गत मंसिर अन्तिम साताको कारोबारयता आइतबार पहिलोपटक नेप्से परिसूचक दुई हजारको बिन्दुभन्दा तल झरेको हो।

साधारणसभाको विषयसूचीमा एन्फाका बहुमत सदस्यको असहमति

एन्फाका बहुमत सदस्यले सोमबार हुने नियमित साधारणसभाका लागि समावेश गरिएको विषयसूचीमा असहमति जनाएका छन्।

राजनीतिक दलसम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभामा पेश

प्रतिनिधिसभामा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ प्रस्तुत गरेका छन्।

सुपर त्रिशूली जलविद्युत्को अनुमति लिने–दिने दुवै प्रश्नको घेरामा : डा. स्वर्णिम वाग्ले

रास्वपा सांसद डा. वाग्लेले त्रिशूली नदीमा प्रस्तावित सुपर त्रिशूली हाइड्रोपावरले त्यहाँको र्‍याफ्टिङ गतिविधि, पर्यटनजन्य गतिविधि र नदीको इकोसिस्टमलाई खलबल्याउने संशय पैदा गरेको बताए।

विकासको जस लिन आयोजनाको टुंगो नलाग्दै रूख काट्ने होड

आफ्नो क्षेत्रमा विकास भएको देखाउन आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनसमेत नहुँदै नेताहरूको दबाबमा रूख काट्ने निर्णय गर्न हतार गरिँदा वन क्षेत्र मासिने जोखिम बढिरहेको छ।

इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन हुने 

इलाम–२ मा निर्वाचित सुवासचन्द्र नेम्वाङ र बझाङ प्रदेशसभा ‘क’ मा निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त स्थान रिक्त भएको थियो। 

सुनसरीको चतराबाट गाँजासहित एम्बुलेन्स नियन्त्रणमा

शंकास्पद अवस्थामा रोकी राखेको सो एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको २७३ किलो गाँजा बरामद गरिएको छ।

कुशल भुर्तेलको अर्धशतकमा नेपालले दियो नेदरल्यान्ड्सलाई १७३ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रन बनाएको छ। नेपालका कुशल भुर्तेलले ९३ बलमा ८ चौकासहित ६६ रन बनाए।

एमालेले संसद्‌बाट माग्यो गृह, यातायात, स्वास्थ्य र पर्यटनमन्त्रीको राजीनामा

आइतबार प्रतिनिधिसभा बैठकको शुरूमै आकस्मिक समय लिएर एमालेका प्रमुख सचेतक पदम गिरीले विवादित मन्त्रीको सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन्।

त्रिवि शिक्षण अस्पतालमा १२औँ बिरामीमा कलेजो प्रत्यारोपण

डा. भण्डारीले नेपाली चिकित्सक र स्वास्थ्यकर्मीको टिमले मात्र गरेको दोस्रो सफल प्रत्यारोपणले अब शिक्षण अस्पतालमा प्रत्यारोपण नियमित अघि बढ्छ भन्ने आधार तयार भएको रूपमा लिनुपर्ने बताए।

निषेधित क्षेत्रमा जाने पर्यटकलाई अनलाइनबाटै ‘रुट परमिट’

अनलाइन प्रणालीले मुस्ताङ र डोल्पाको माथिल्लो भाग, गोरखाका चुम र नुव्री भ्याली, हुम्लाको सिमिकोट, चङ्खेली र नाम्खा साथै ताप्लेजुङको कञ्चनजंघा जाने पर्यटकलाई सहज भएको छ।

नेपालले नेदरल्यान्ड्ससँग टस हार्‍यो, पहिला ब्याटिङ गर्ने  

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको छ। सवा ९ बजे शुरू हुने खेलमा नेपालले पहिला ब्याटिङ गर्ने छ।

नारायणगढ–मुग्लिन सडक दिउँसो बन्द नहुने

तुइन खोलामा पुल बनाउनका लागि गत पुस ७ गतेदेखि दिउँसो चार घण्टा सडक बन्द गरेर पहाड काटिएको थियो। पहाड काट्ने काम सकिएकाले अब सडक दिउँसो पनि खुला हुने भएको छ।

वाफ महिला च्याम्पियनसिप: नेपाल सेमिफाइनलमा

शनिबार प्यालेस्टाइनलाई ४–० ले पराजित गर्दै नेपाल अन्तिम चारमा पुगेको हो। नेपालको जितमा सावित्रा भण्डारीले २ गोल तथा रेखा पौडेल र गीता रानाले १–१ गोल गरे। 

यस्तो रहनेछ आइतबारको मौसम

दिउँसो, गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

मनाङमा घर भत्किँदा १ जनाको मृत्यु, ७ को उद्धार

मनाङमा मर्मतका क्रममा घर भत्किँदा माटोले पुरिएर एक जनाको मृत्यु भएको छ। अन्य सात जनाको सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी लामिछानेको भनाइ छ।

गोर्खालीले जित्यो रग्बी लिगको उपाधि

त्रिभुवन आर्मीलाई ६६–७ को स्कोरले पराजित गर्दै गोर्खाली क्लबले रग्बी लिग च्याम्पियनसिपको उपाधि जितेको छ।

प्रधानमन्त्रीलाई स्थानीयको प्रश्न– झोलुंगे पुल त बन्यो, मोटरेबल पुल कहिले?

स्थानीयले नजिकैको झोलुंगे पुल समयअगावै बनेको र अर्को पुल १२ वर्षमा पनि नबनेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। ३ वर्षभित्र सक्ने गरी २०६८ मा सम्झौता भएको कमला नदीमाथिको पुल अझै बनेको छैन।

भारतमा गंगा स्नानका लागि जाँदै गरेको ट्याक्टर पल्टिँदा २२ जनाको मृत्यु

ट्याक्टर चालकले अर्को गाडीलाई ‘ओभरटेक’ गर्न खोज्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।