बेलायतको रोजगारीको प्रलोभन देखाउँदै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
यूरो विइङस एजुकेसन कन्सल्टेन्सीको नाउँमा तामाङद्वयले वैदेशिक रोजगारीमा माल्टा, क्रोएसिया, क्यानडा, पोल्यान्डलगायत देशमा पठाइदिन्छौँ भन्दै करोडौँ रकम ठगी गरेको किटानी जाहेरी परेको थियो।
बालिका बलात्कारमा दोषी ठहर भएका माङ्सेबुङ गाउँपालिका–२ का ६९ वर्षीय दिलबहादुर बोखिम राईलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला गरेको छ।
काठमाडौँ लेडी जेसिजले उकालोकर्मी दिपा दाहाललाई सम्मान गरेको छ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सत्ता समीकरण फेरबदल नेपालको आन्तरिक मामिला भएको र यसबाट भारतीय धारणा परिवर्तन नहुने बताएका छन्।
पुलमा बाढीले क्षति पुर्याएपछि जोखिमपूर्ण अवस्थामा आवतजावत गर्नु परिरहेको स्थानीय भरत बुढाथोकीले बताए।
नेपाली युवाहरू पनि रुसी सेनामा भर्ती भएका छन्। हालसम्म १९ जना नेपालीको मृत्यु भइसकेको छ भने सयाैँको संख्यामा घाइते भएका छन्।
निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षका रूपमा मान्यता दिन अस्वीकार गरेको छ।
बिहीबार नेप्से परिसूचक १३.५१ अंकले उकालो लागेर २०३०.५५ को विन्दुमा पुगेको छ।
बागलुङ नगरपालिकाले बांगेचौर खेल मैदानलाई आधारभूत रंगशाला बनाउने गरी समपूरक योजनामा समावेश गरेको चार वर्ष भएको छ। लगातार बजेट आउँदासमेत बजेट कार्यान्वयन हुन नसकेको स्थानीय बताउँछन्।
जसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने कुनै पनि प्रकृतिको सहकारी संघ, प्रदेश र स्थानीय तहबाट दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्रको स्वीकृतिमा रोक लगाइएको पनि दाहालले बताए।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि भएसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ।
चितवन, बाँके, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्र पाइने पाटे बाघले कपिलवस्तुको वनलाई पनि बासस्थान बनाएको हो भने व्यवस्थापनको चुनौती पनि सँगसँगै देखिन सक्ने संरक्षणकर्मीहरू बताउँछन्।
कांग्रेस संसदीय दलको बैठकले संसद्मा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। साथै, आफ्ना सांसदलाई सदनमा जनजीविकाका सवालमा प्रभावकारी रूपमा प्रस्तुत हुन निर्देशन दिएको छ।
एमालेले वामपन्थी र लोकतान्त्रिक दुई राजनीतिक शक्ति मात्रै मुलुकमा रहनुपर्छ भन्ने मान्यता बोकेको उपमहासचिव ज्ञवालीको भनाइ छ।
कञ्चनजंघा क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन हो। बिस्तारै पर्यटकको आगमनले पर्यटन व्यवसायी तथा होटल व्यवसायी उत्साहित भएका छन्।
रियल मड्रिडले बुधबार राति जर्मन क्लब आरबी लाइप्जिगसँग १–१ गोलको बराबरी खेले पनि समग्रमा समग्रमा २–१ को नतिजाका साथ क्वार्टरफाइनलमा स्थान बनायो।
भूमध्यसागर पार गर्नु आप्रवासीका लागि सबैभन्दा घातक भएको छ। कुल आप्रवासीको मृत्युमा आधाभन्दा धेरै मृत्यु डुबेर भएको छ। नौ प्रतिशत वाहन दुर्घटना र सात प्रतिशत हिंसाका कारण भएको छ।
देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।