AnonymousUser

Logout

चुनावी गठबन्धनबारे केन्द्रीय समितिले निर्णय गर्छ : मीन विश्वकर्मा

कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले आगामी निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारेमा पार्टी केन्द्रीय कार्यसमितिले निर्णय गर्ने बताए।

खडेरीले पर्वतमा हिउँदे बाली प्रभावित

कतिपय ठाउँमा बालीनाली नै लगाउन पाइएको छैन भने कतिपय ठाउँमा लगाएको बालीनाली राम्रो नहुँदा कृषक चिन्तित बनेका छन्।

विवादित मन्त्री बर्खास्त गरेको जवाफसहित प्रधानमन्त्री संसद्मा उपस्थिति हुनुपर्ने एमालेको माग 

नेकपा एमालेले प्रतिपक्षी दलहरूले उठाएका सरोकारका विषयका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब बस्ने संसद् बैठकमा जवाफ दिनुपर्ने बताएको छ।

चारमध्ये तीन खेलमा विजयी बन्दै नामिबियाले सक्यो नेपाल भ्रमण

चार खेलमा तीन जित र एक पराजयसहित नामिबिया ६ अंक बटुल्दै तालिकाको शीर्ष स्थानमा यथावत् छ।

प्रतिपक्षले आलोचना गर्‍यो भनेर सत्तापक्ष आक्रोशित नबनौँ : रमेश लेखक

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसद्मा अवरोध नगरी संयमित र धैर्यसाथ प्रस्तुत हुन प्रतिपक्षी दलहरूलाई आग्रह गरेका छन्।

मोरङमा लरी पल्टिँदा च्यापिएर ३ बालबालिकाको मृत्यु

मोरङको भित्री सडकमा शुक्रबार भारतीय नम्बर प्लेटको लरी पल्टिँदा तीन बालबालिकाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन्।

काठमाडौँमा मिटरब्याजी पीडितको न्याय मार्च [तस्वीरहरू]

न्याय खोज्दै पैदलयात्रा गरी देशभरबाट काठमाडौँमा आएका मिटरब्याजी पीडितहरूले शुक्रबार भृकुटीमण्डप क्षेत्रमा विरोध प्रदर्शन गरेका छन्।

टीआरसी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा प्रस्तुत हुने अन्तिम चरणमा पुगेको बताएका छन्।

मौलिक हक कार्यान्वयनका लागि कानून निर्माणसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रियसभामा पेश

नेकपा एमाले सांसद दिलकुमारी थापा रावलले राष्ट्रियसभामा मौलिक हक कार्यान्वयनका लागि कानून निर्माणसम्बन्धी संकल्प प्रस्ताव पेश गरेकी छन्।

अवैध बाटो हुँदै अमेरिका पुगेका ८ नेपाली फर्काइए

अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ।

सुन्न नसक्नेका लागि ‘वरदान’ बनेको उपचार प्रविधिः कक्लिअर इम्प्लान्ट

जन्मजात श्रवण क्षमता नभएका बालबालिका र कुनै रोग वा दुर्घटनाका कारण नसुन्ने भएका मानिसले चिकित्सकसँग सल्लाह गरेर समयमै कक्लिअर इम्प्लान्ट गरेमा सुन्न सक्छन्। 

अमेरिकी निजी कम्पनीको यान चन्द्रमामा अवतर‌ण 

आईएम–१ मिसनको ल्यान्डरले चन्द्रमाको सतहमा सफल अवतरण गरेको नासा र इन्ट्युटिभ मेसिन कम्पनीले जनाएका छन्। उक्त ल्यान्डर अमेरीकाले करिब आधा दशकपछि चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको उल्लेख गरेको छ।

प्रदीप यादवको प्रश्न– जीबी राईलाई किन पक्राउ गरिएन?

प्रतिनिधिसभा बैठकमा सांसद यादवले जीबी राईको संलग्नता रहेको वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाले एक अर्ब ३५ करोड रुपैयाँ बचत लिएर भागेको बताए। 

बालकुमारी घटनाको प्रतिवेदन सदनमा टेबुल गर्न एमालेको माग

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले दुई जनाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात

हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ। हिउँले सडक र गोरेटो पुरिँदा घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्न गाह्रो भएको स्थानीयले बताएका छन्।

हडपिएका सरकारी जग्गाको विवरण संकलन गर्न गृहको निर्देशन

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सरकारी जग्गा अतिक्रमण हुन नदिन देशभरका प्रशासन कार्यालयलाई उक्त निर्देशन दिइएको जानकारी दिए। 

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान, काठमाडौँका ६ लाख बालबालिका समेटिँदै

सरकारले आइतबारदेखि चैत ७ गतेसम्म जाजरकोट र रुकुम पश्चिमबाहेकका ७५ जिल्लामा दादुरा–रुवेलाविरुद्ध खोप अभियान सञ्चालन गर्दै छ। 

सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको अभियोगमा पक्राउ

सामाजिक सञ्जाल फेसबुकबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा नुवाकोट शिवपुरी गाउँपालिका–४ का २७ वर्षीय किरण थापा पक्राउ परेका छन्।

इराकमाथि नेपालको फराकिलो जित, सावित्रा भण्डारीको ५ गोल

नेपालको जितमा फरवार्ड सावित्रा भण्डारीले ५ गोल गरिन्। यससँगै उनको अन्तर्राष्ट्रिय फुटबलमा गोलसंख्या ५० पुगेको छ।

यस्तो रहनेछ शुक्रबारको मौसम

दिउँसो, कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र गण्डकीको पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना छ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।