रिया अहिले क्याम्पस भर्ना हुन आर्थिक जोहो कसरी गर्ने भन्ने चिन्तामा छिन्। घरको आर्थिक अवस्था कमजोर हुँदा पढाइ मात्र नभई आफ्नो खेल पनि प्रभावित हुने गरेको उनी बताउँछिन्।
सभामुख घिमिरेले राजनीतिक दल र जनप्रतिनिधिमा चेतना अभावका कारण स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन्।
कामको भुक्तानी नगरेर निर्माण कम्पनीले आफूलाई पीडा दिएको मजदुरहरूले गुनासो गरेका छन्।
प्रधानमन्त्री दाहालले यसपटक आफूले संघीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको बताए।
सडक डिभिजन कार्यालय बागलुङको कार्यक्षेत्रमा रहेका तीन जिल्लाका चार ठूला सडक कालोपत्र गर्ने योजना बजेट अभावमा रोकिएको छ।
प्रारम्भिक अनुसन्धानमा उक्त भवनको पहिलो तलामा आगलागी भएको र उक्त स्थानमा विद्युतीय साइकल राखिएको पाइएको छ।
बैठकमा प्रधानमन्त्री दाहालले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारी गराए।
अध्यक्ष पदका उम्मेदवारहरू डेजी पाण्डे र दुर्गा जोशीलाई पराजित गर्दै ढुंगाना निर्वाचित भएका हुन्। उनले २८७, पाण्डेले २१८ र जोशीले ६३ मत प्राप्त गरे।
क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले २० लाख बराबरको चेक शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका छन्।
सडक अवरुद्ध भएपछि बागलुङ बजार, जैमिनी र बरेङ गाउँपालिकाबाट बुटवललगायत ठाउँमा चल्ने सवारीसाधन बाटोमै रोकिएका छन्।
शिशु भक्तपुरको काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।
पहिचान भएका एक हजार ७३१ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ।
बहुपक्षीय मञ्च ‘रायसिना संवाद’ को नवौँ संस्करणमा भाग लिन भारतको नयाँ दिल्ली पुगेका मन्त्री साउद र विदेशमन्त्री जयशंकरबीच शुक्रबार साँझ भेटवार्ता भएको हो।
गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी स्थानको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
उनले अनियमितता तथा भ्रष्टाचार गर्ने जो सुकै, जुन घराना, पार्टी वा समुदायको भए पनि नछाडिनेमा जोड दिँदै अपराधी हो वा होइन भन्ने विषय भने हेरिने बताए।
काठमाडौँ– काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट नवजात शिशु (बालिका) हराएको छ। काभ्रेपलान्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सबिना श्रेष्ठले आफ्नो शिशु चोरी भएको भन्दै मौखिक सूचन…
बिहीबार र शुक्रबार दिनभरि सडक डिभिजन कार्यालय जुम्लाले एक्स्काभेटर र सडक रक्षकद्वारा हिउँ पन्छाएर सडक सञ्चालनमा ल्याइएको सुपरभाइजर जग्गी विकले जानकारी दिए।
अख्तियारले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालय ललितपुरका नासु प्रदीप पौडेलसहित पाँच जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
भारतीय विदेश मन्त्रालयले आफ्नो मुलुकका केही नागरिक रुसी सेनासँगको ‘सहायक नोकरी’का लागि भर्ती भएको पुष्टि गर्दै उनीहरूको घर फिर्तीका सम्बन्धमा मस्कोसँग संवाद भइरहेको जनाएको छ।
उपकुलपति प्राडा बरालले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्य सञ्चालनमा पनि असहजता थपेको बताए।