वर्षाका कारण काम दुई हप्ता पछाडि धकेलिएको र अन्य पूर्वाधारका काम पनि प्रभावित भएको पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका प्रमुख राजेशप्रसाद पौडेल भनाइ छ।
अख्तियारले एमडीएमएस सेवा खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १९ जना र २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
प्रधानमन्त्री दाहालले उपलब्ध बजेट पूर्ण रूपमा खर्च हुने गरी विकास निर्माणका कामको नेतृत्व गर्न सबै मन्त्री तथा मुख्यमन्त्रीलाई निर्देशन दिए।
राष्ट्रियसभा उपाध्यक्ष पदबाट उर्मिला अर्यालले राजीनामा दिएकी छन्।
कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ।
उनीहरूलाई जारी एसईईमा निरीक्षकका रूपमा बस्न नदिने गरी निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिए।
सुदूरपश्चिम प्रदेश सरकार गठनमा निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीका सात प्रदेशसभा सदस्यमध्ये पाँच जना मन्त्री भइसकेका छन्।
मध्यपहाडी लोकमार्गले जोडिएसँगै यातायातका साधन सञ्चालनले व्यापार, व्यवसायका साथै पूर्वाधार निर्माणमा सहजता थपेको छ। यसअघि निसीखोलाको माथिल्लो भाग सबै धानखेत थियो। धानखेत अहिले घर तथा भवनले भरिएका छन्।
मदन आश्रित प्रतिष्ठान धनकुटाले सञ्चालन गरेको बाल पुनर्स्थापना केन्द्रमा आएको सहयोग रकम तत्कालीन कोषाध्यक्ष घनिन्द्र न्यौपानेले अपचलन गरेका छन्। रकम नतिरेपछि ‘घरखर्च’का लागि ऋण दिएको कागज गराइएको छ।
त्रिशूली नदीको बहाव, जैविक विविधता, जलचरको वासस्थान, प्रजननमा दीर्घकालीन असर पार्ने, नदी प्रणालीको पहिचान, सदिऔँदेखि धार्मिक रूपमा सम्मान गर्दै आइएको त्रिशूलीको अस्तित्व नै समाप्त हुने रिटमा उल्लेख छ।
कोरोना भाइरससँग सम्बन्धित स्वास्थ्य चुनौतीको प्रारम्भिक पहिचान, जोखिम मूल्यांकन र प्रतिक्रियामा डब्ल्यूएचओका सदस्य राष्ट्रको तयारी बढाउने उद्देश्यले प्रयोगशालाका प्रतिनिधिले जेनेभामा छलफल गरेका छन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार शुरू हुने तय भएको टी२० शृंखलाअन्तर्गतको पहिलो खेल वर्षाका कारण रद्द भएको छ।
शिवसताक्षी–११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा भेटुवालको घटनास्थलमै मृत्यु भएको छ।
बिहान ७ः १२ बजे धनगढीबाट उडेको जहाज मौसम खराब भएका कारण काठमाडौँ अवतरण गर्न नसकेपछि भैरहवामा अवतरण गरिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको छ।
मुस्किलले १२ हजार रुपैयाँ बराबरको अन्न उत्पादन हुने खेतबारीमा सागसब्जी र फलफूलखेती गरेपछि अहिले वार्षिक तीन लाखदेखि पाँच लाखसम्म आम्दानी हुने गरेको किसानले बताएका छन्।
बुधबार राति मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका नेता रायमाझीलाई चिकित्सकको निगरानीमा राखिएको छ।
भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रूपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने योजनासहित भवन निर्माण थालिएको थियो।
प्रहरी प्रधान कार्यालयले करिब आठ महिनादेखि रिक्त एसपीमा बढुवाका लागि आठ जना डीएसपीको नाम सिफारिस गरेको छ।
देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ।