AnonymousUser

Logout

जथाभाबी फोहोर फाल्नेबाट वीरगन्ज महानगरले उठायो २७ लाख

जरिबानाको नियम लागू भएयता ९०० जना कारबाहीमा परिसकेका छन्, जसबाट वीरगन्ज महानगरले २७ लाख जरिबानाबापत राजस्व संकलन गरिसकेको छ।

दर्जनभन्दा बढी कानून ‘फास्ट ट्र्याक’बाट संशोधन गर्ने सरकारको तयारी

सञ्चारमन्त्री शर्माले मन्त्रिपरिषद् बैठकमा पनि वैदेशिक लगानी ल्याउन कानूनी रूपमा असहजता देखिएको बारेमा छलफल भएको भन्दै ‘फास्ट ट्र्याक’बाट कानून संशोधन गर्ने तयारी गरिरहेको बताइन्।

चितवनमा ७०० भन्दा बढी बैंकिङ कसुरका उजुरी

बैंकिङ कसुर शाखामा परेका उजुरीमध्ये २० प्रतिशतमा आपसी मेलमिलाप भएको शाखाका वरिष्ठ प्रहरी नायब निरीक्षक राम कार्कीले बताए।

कपनबाट पेस्तोलसहित एक जना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँले गुण्डागर्दी तथा समाजमा भय त्रास सिर्जना गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको जनाएको छ।

चैते झरीले बाटो हिलाम्मे, ३० मिनेटको दूरी पार गर्न ३ घण्टा

मुग्लिन पोखरा सडक आयोजना पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले वर्षायामअघि सडकको नाली बनाउने योजना भए पनि नाली तयार नभइसकेकाले यो समस्या आएको बताए।

कामै नगर्ने ठेकेदारलाई निरन्तर म्याद थप, भौतिक प्रगतिभन्दा दोब्बर भुक्तानी 

सम्झौताअनुसार १५ र १८ महिनाको निर्माण अवधि लम्बिएर चैत ६ मा दुई वर्ष पुगेको छ। यसबीचमा दुई पटक थपिएकोमध्ये पछिल्लो म्याद चैत २६ मा सकिँदै छ। तर भौतिक प्रगति झन्डै डेढ वर्षअघिकै बिन्दुमा अड्किएको छ। 

प्रतितोला दुई हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन एक लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ।

विद्यार्थीलाई व्यावसायिक कृषिमा लाग्न प्रेरित गर्दै प्राविधिक शिक्षालय

शिक्षालयका धानखेत, च्याउ र तरकारी गरी आठ वटा ‘टनेल’सँगै व्यवस्थित कृषि फार्म भएकाले विद्यार्थीलाई उत्पादन र बिक्रीमा सहज हुने गरेको छ।

दुर्गा प्रसाईंले हतियार राख्न लिएको इजाजतपत्रबारे छानबिन गर्न समिति गठन 

समितिलाई दुर्गाप्रसाद प्रसाईंले झापा प्रशासनबाट हतियार राख्न लिएको इजाजतपत्र तथा त्यसको नवीकरण सम्बन्धमा छानबिन गरी दोषी उपर कारबाहीको सिफारिस गर्नेलगायत कार्यादेश दिइएको छ। 

सशस्त्र प्रहरीका एसएसपी दीपक अधिकारी डीआईजीमा बढुवा सिफारिस 

बिहीबार बसेको बढुवा समितिको सचिवालय बैठकले सशस्त्र प्रहरी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक अधिकारीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ।

सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल बुझाउन प्राधिकरणको आग्रह 

प्राधिकरणले ग्राहक नबनेका, महसुल नतिर्ने तथा प्राधिकरणको स्वीकृति बिना सडकबत्ती बाल्ने स्थानीय तहको जुनसुकै बेला बत्ती काट्न सक्ने चेतावनी दिएको छ।

बेलायतमा ५ मध्ये १ शिक्षकले विद्यार्थीको दुर्व्यवहार सामना गर्छन्: अध्ययन 

कोभिड लकडाउनका कारण सामाजिकीकरणमा भएको समस्याका कारण राष्ट्रव्यापी रूपमा कक्षा कोठामा अपमानजनक व्यवहारमा वृद्धि भएको रिपोर्टले देखाएको छ।

इटहरी गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज र आर्मी भिड्ने

चर्च ब्वाइजको जितमा समीर तामाङले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ८९औँ मिनेटमा निर्णायक गोल गरेका थिए। 

यस्तो रहनेछ शुक्रबारको मौसम

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

प्रधानमन्त्री कार्यालयले कार्यान्वयन गरेन मानव अधिकार आयोगको सचिव नियुक्तिको सिफारिस

मन्त्रिपरिषद्को कार्यालयले मानव अधिकार आयोगलाई पत्र पठाएर कानूनबमोजिम भएर आएमा मात्र सचिव नियुक्तिको सिफारिस अगाडि बढाउने जानकारी दिएको छ।

उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न त्रिविले बनायो उच्चस्तरीय समिति

त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न पूर्वरजिस्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ।

काठमाडौँ महानगरले भन्यो – ‘नेपालीपन झल्कने गरी’ विद्यालयको नामकरणको निर्णय १ महिनाभित्र पेश गर्नू

काठमाडौँ महानगरले संस्थागत विद्यालयलाई ‘नेपालीपन झल्कने गरी’ विद्यालयको नामकरणको प्रक्रिया अघि बढाई एक महिनाभित्र व्यवस्थापन समितिको निर्णयसहित निवेदन पेस गर्न भनेको छ।

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सबीचको खेल तालिका परिवर्तन

पहिलो खेल वर्षाका कारण रद्द भएपछि क्यानले खेल तालिका परिवर्तन गरेको छ।

शिक्षा मन्त्रालयले २० कर्मचारीलाई सोध्यो स्पष्टीकरण

कार्यकक्षमा नभेटिने तथा कार्यालय समयको पालना नगर्ने कर्मचारीलाई स्पष्टीकरण सोधिएको र स्पष्टीकरण चित्तबुझ्दो नआएमा कानूनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ।

रास्वपाले इलाम–२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने

रास्वपाले इलाम–२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।