AnonymousUser

Logout

टर्कीको स्थानीय चुनावमा विपक्षीको जित, राष्ट्रपति एर्दोगानलाई ठूलो झट्का

राष्ट्रपति बनेपछि देशका मुख्य मुख्य शहरमा आफ्नो पार्टीका उम्मेदवारलाई मेयरमा विजयी गराउने एर्दोगानको सपना पूरा हुन पाएन।

ब्राइटनलाई हराउँदै लिभरपुल शीर्ष स्थानमा, म्यानचेस्टर सिटी र आर्सनलले अंक बाँडे

घरेलु मैदान एनफिल्डमा आइतबार ब्राइटनविरुद्ध २–१ गोलको पुनरागमन जित निकाल्दै लिभरपुल प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

आईपीएल: दिल्लीसँग चेन्नई २० रनले पराजित

आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गरेको हो।

यस्तो रहनेछ सोमबारको माैसम

गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

निगमले प्रतिलिटर ४ रुपैयाँले बढायो पेट्रोलको मूल्य

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँका दरले बढाएको छ।

नक्कली बिल र स्टिकरबारे आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

आन्तरिक बजारलाई व्यवस्थित तुल्याउँदै बिल लिने–दिने प्रणाली प्रभावकारी बनाउनुपर्ने प्रधानमन्त्री दाहालले बताए।

कास्की जिप दुर्घटनामा २ जनाको मृत्यु

कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा भएको दुर्घटनामा परी घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।

‘अव्यवस्थित बसोबासी’लाई जग्गा जिम्मा लगाउने प्रधानमन्त्रीको जोडबलमा अर्थमन्त्रीको छेकबार

पर्ती–ऐलानी जग्गा ओगटेकालाई राजस्व छुटमा सोही जग्गा दिन प्रधानमन्त्रीको निर्देशनमा भूमि व्यवस्था मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको प्रस्तावलाई मन्त्री वर्षमान पुनले ‘रेड सिग्नल’ देखाएका छन्।

अनलाइनमार्फत ठगी गरेको आरोपमा वीरगन्जबाट ३ चिनियाँ नागरिक पक्राउ

अनलाइन लोटरी तथा सपिङको प्रलोभन देखाइ नेपाली तथा विदेशी नागरिकलाई ठगी गरेको आरोपमा प्रहरीले तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

क्यानडा पठाइदिने भन्दै ४० लाख ठगी, १ जना पक्राउ

क्यानडामा पठाइदिने नाममा आकर्षक तलबको प्रलोभनमा पारी पीडितबाट ४० लाख रकम लिई सम्पर्कविहीन भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

वर्षमा दुईपटक भर्नाको नीति ल्याउने शिक्षा मन्त्रालयको तयारी

शिक्षासचिव सुरेश अधिकारीले माध्यमिक शिक्षा परीक्षा (एसईई) र विश्वविद्यालयको शिक्षामा वर्षमा दुईपटक भर्ना गराउने गरी नीतिगत प्रबन्ध गरिने बताएका छन्।

महाराजगन्ज नगरपालिका–२ का वडा अध्यक्ष १५ हजार घुससहित पक्राउ

अख्तियारले कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ का वडा अध्यक्ष उजेर अलिलाई घुससहित पक्राउ गरेको छ।

कर प्रणाली सुधार समितिको प्रतिवेदन– संकुचनकारी नीतिले वित्त परिचालन सुधार भएन

करको जोखिमभार हेर्न छुट्टै निकाय जरुरी रहेको तथा राजस्व न्यायाधीकरणको विद्यमान संरचनामा परिवर्तन जरुरी रहेको निष्कर्ष प्रतिवेदनको छ।

लप्चीबासीले मागे गोठालो जान ‘सीमा पास’

चौँरी चरनमा समस्या भएपछि लप्ची नाकाका स्थानीयले तीन दिन लगाएर सदरमुकाम चरिकोटस्थित जिल्ला प्रशासन कार्यालय आइपुगेर प्रमुख जिल्ला अधिकारीसमक्ष ‘सीमा पास’ मिलाइदिन अनुरोध गरेका छन्।

सुनिल र विकललाई २१ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

विशेष अदालतले गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका सुनिल पौडेल र विकल पौडेललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको छ।

नेप्से परिसूचकमा १७.३० अंकले घट्यो, ३ अर्ब बराबरको कारोबार

मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ।

एचडीयू उपकरण किन्दा अनियमितता, स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशकसहित ६ जनाविरुद्ध मुद्दा

एचडीयू उपकरण खरिद गर्दा अनियमितता गरेको अभियोगमा स्वास्थ्य निर्देशनालय, धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहतासहित ६ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

असिनापानीले पाक्न लागेको हिउँदेबालीमा क्षति

असिनापानीले गहुँ, मकै, जौ, सागलगायत हिउँदेबाली नष्ट गरेको गंगाजमुना गाउँपालिका–१ रिगाउँस्थित किचेतका दिनेश तामाङले बताए।

साँगा–धुलिखेल सडक विस्तार ठप्प

आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालका अनुसार अदालतको उत्प्रेषण आदेशपछि उक्त क्षेत्रमा निर्माणाधीन संरचनाको कार्य रोकिएको हो। वैकल्पिक सडकमा हिलो र धुलोका कारण सवारी आवागमनमा सकस भएको छ।

लक्षण देखिनुभन्दा वर्षौं अगाडि नै शरीरमा क्यान्सरको संकेत देखिन सक्छः अनुसन्धान

मानव कोशिकाहरू ट्युमरको रूपमा विकास हुनुभन्दा धेरै वर्ष पहिले नै त्यसमा केही न केही परिवर्तनहरू देखिने गरेको अनुसन्धानले जनाएको छ।