AnonymousUser

Logout

गाजामा युद्धविराम गर्न कायरोमा वार्ताको तयारी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सकारात्मक संकेत गरेसँगै वार्ताको वातावरण बनेको हो। वार्ता इजिप्टको कायरोमा आइतबार शुरू हुँदैछ। 

बाबर आजम पुनः पाकिस्तान क्रिकेट टिमको कप्तान नियुक्त

पाकिस्तान क्रिकेट बोर्डको चयन समितिबाट सर्वसम्मत सुझाव आएपछि टी२० र एकदिवसीय दुवै टिमका लागि बाबर आजम कप्तान नियुक्त भएका हुन्।

बाजुरामा शैक्षिकसत्र शुरू हुनुअघि नै पाठ्यपुस्तक

हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका बाजुराका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र शुरू हुनु एक महिना पहिले नै पाठ्यपुस्तक पाएका हुन्।

नदी सफाइ स्वर्णिम योजना: ५ महिनामा २ हजार २४८ मेट्रिक टन फोहोर संकलन 

आइतबार रुद्रमती र बागमतीको दोभानबाट रुद्रमतीतर्फ सफाइ शुरू भएको छ। श्रम बैंकबाट लिइएका ५५ जना जनशक्तिलाई ४ समूह बनाएर सफाइ थालिएको महानगरले जनाएको छ। 

महालेखा परीक्षकमा तोयम राया सिफारिस

संवैधानिक परिषद्को आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायलाई महालेखा परीक्षकमा सिफारिस गर्ने निर्णय गरेको छ।

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ र मनाङलाई जोड्ने एक मात्र यस सडकखण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका– ४ श्रीचौरमा वर्षासँगै पहिरो जाँदा  सडक अवरुद्ध भएको हो।

कालीगण्डकी करिडोरः तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र

६ वटा खण्डमा ८५ किलोमिटर ग्राभेल र ४८ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ। यस सडकमा १३ वटा पक्की पुल र तीनवटा बेलीब्रिज निर्माण भएका छन्।

इटहरी गोल्डकपको उपाधि चर्च ब्वाइजलाई

शनिबार राति इटहरी रंगशालामा सम्पन्न फाइनलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो।

यस्तो रहनेछ आइतबारको मौसम

कोशी प्रदेशसहित पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ। 

ठमेललाई चौबिसै घण्टा खुलाउने निर्णयप्रति स्थानीयको असन्तुष्टि

ठमेलका घरधनीको शनिबारको बैठकले यस क्षेत्रलाई २४सै घण्टा खुलाउने निर्णयको विरोधमा जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो।

मनकामना जाँदै गरेको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु

उकालो बाटोमा चढ्न नसकेपछि अनियन्त्रित भई जिप सडकको नालीमा पल्टिएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

बागमतीमा एमालेका जगन्नाथ थपलिया बने आर्थिक मामिलामन्त्री

मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले शनिबार एमालेका जगन्नाथ थपलियालाई आर्थिक मामिलामन्त्रीमा नियुक्त गरेका छन्।

अरुण नदीमा फेरी बन्द भएपछि यातायात अवरुद्ध

फेरीमा समस्या आएपछि शुक्रबार दिउँसोदेखि संखुवासभा र भोजपुर आवतजावत ठप्प भएको षडानन्द नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईंले जानकारी दिए।

सेक्युरिटी पालका संस्थापक पुकार : दार्चुलादेखि अमेरिकासम्मको यात्रा

बिल गेट्स, मार्क जुकरबर्ग, जेफ बेजोशलगायत अर्बपतीहरूलाई भेटेपछि पुकारले आफैँलाई मूल्यांकन गरे। ६ महिनापछि काम गरिरहेको ‘गिभिङ २.०’ छाडिदिए र आफ्नै नयाँ स्टार्टअप शुरू गरे।

गृहमन्त्रीमाथि संसदीय छानबिन पूर्वाग्रहबाट प्रेरित : एमाले प्रमुख सचेतक

प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा आवश्यकता नभई सरकारबाट बाहिरिनुपरेको बदलाका रूपमा उठाएको सत्तारुढ दल एमालेका प्रमुख सचेतक महेश बर्तौलाको भनाइ छ।

बिलासी घडीबारेको अनुसन्धानका क्रममा पेरुका राष्ट्रपतिको घरमा छापा

बिलासी घडीबारेको अनुसन्धानका क्रममा पेरुका राष्ट्रपति डिना बोलुआर्टेको घरमा शनिबार अधिकारीहरूले छापा मारेका छन्।

एक खेलअगावै आयरल्यान्ड उल्भ्सले जित्यो नेपाल ‘ए’सँगको टी२० श्रृंखला 

आयरल्यान्ड उल्भ्सले एक खेलअगावै नेपाल ‘ए’सँगको टी२० श्रृंखला जितेको छ।

 प्रभावकारी बन्दै ‘दिगो सडक’ कार्यक्रम, कृषिउपजको बजारीकरणमा राहत

पहिलो कार्यकालमा शुरू भएको दिगो सडक कार्यक्रमलाई जैमिनीले नमूनाका रूपमा कार्यान्वयन गरिरहेको नगर उपप्रमुख हरिहर शर्माले बताए।

नागरिकता बिक्री प्रकरण: २ अधिकृत पुर्पक्षका लागि थुनामा

विदेशी नागरिकलाई नागरिकता बिक्री गरेको अभियोगमा लागेका दुई अधिकृतसहित तीन जनालाई काभ्रेपलान्चोक जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

जिल्लाभरका एसईई परीक्षार्थी एउटै कोठामा

केन्द्राध्यक्ष श्यामकृष्ण पन्तका अनुसार परीक्षामा प्रकाशज्योति माविबाट १९, लोकप्रिय माविबाट १७, अन्नपूर्ण माविबाट एक र लोकप्रिय माविबाट (खुला) दुई गरी ३९ जना सहभागी भएका छन् ।