AnonymousUser

Logout

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनलाई संशोधन गर्न बनेको विधेयक फिर्ता

दैलेखको नारायण नगरपालिकालाई फोहोरमैला संकलन, व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माणका लागि राष्ट्रिय वनको तीन हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको पनि मन्त्री शर्माले जानकारी दिइन्।

गाजा युद्धको ६ महिना पूराः युद्धविराम अनिश्चित, इजरायली नागरिक सरकारको विरोधमा

गाजामा ७ जना राहतकर्मी मारिएपछि इजरायलमाथि युद्धविरामको दबाब बढीरहेको छ। यहीबीच इजरायलले गाजाबाट आफ्ना सेनाको संख्या घटाउने निर्णय गरेको छ।

गैरकानूनी रूपमा काठमाडौँमा बसिरहेका १० बांग्लादेशी नागरिक पक्राउ

शंकास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा १० जना बांग्लादेशी नागरिकलाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

लुम्बिनी विकास कोषका योजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

जग्गा किन्दाको रकम ठेकेदारलाई तिराएको खुलेपछि लुम्बिनी विकास कोषका योजना प्रमुख, इन्जिनियर सरोज भट्टराई र उनकी आमाविरुद्ध आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ।

गण्डकीका मुख्यमन्त्री अधिकारी र २ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी र मन्त्रीद्वय हरिबहादुर चुमान र राजीव गुरुङले शपथ लिएका छन्। 

नेपाल ‘ए’विरुद्धको शृंखलामा आयरल्यान्ड उल्भ्सको ‘क्लिनस्विप’

आइतबार भएको शृंखलाको अन्तिम खेलमा जितका लागि २८५ रनको लक्ष्य पाएको नेपाल ‘ए’ले ३९.४ ओभरमा सबै विकेट गुमाउँदै २१५ रन मात्र बनाउन सक्यो।

न्यायाधीशको परीक्षामा न्यूनतम ४० अंक कायम गर्ने सहमति

संसदीय समितिमा जिल्ला न्यायाधीशका लागि लिइने परीक्षामा न्यूनतम उत्तीर्ण अंक ४० प्रतिशत कायम गर्ने विषयमा सहमति भएको छ।

सिरहामा हतियारधारी समूहले लुट्यो मनी ट्रान्सफरको १५ लाख रुपैयाँ

सिरहामा आइतबार दिउँसो हतियारधारी एक समूहले ‘मनी ट्रान्सफर’को रकम लुटपाट गरेको छ।

म्यानपावर व्यवसायी र सरकारबीच सधैँ किचलो– श्रमिक कसले पठाउने?

इजरायल र दक्षिण कोरियामा कामदार पठाउन म्यानपावर व्यवसायीलाई दिने निर्णय कार्यान्वयनमा नगई सरकारले स्थगित गरेको छ। जर्मनी, जापानलगायत देशमा पनि कामदार पठाउन पाउनुपर्ने व्यवसायीले माग गरिरहेका छन्।

नेप्से परिसूचक २२.७५ अंकले बढ्यो, ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

आइतबार नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स र गुँरास लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

अमेरिकाको फ्लोरिडामा गोली चल्दा २ जनाको मृत्यु, ७ घाइते

अमेरिकाको फ्लोरिडा राज्यको उपनगर ‘मियामी’मा गोली चल्दा दुई जनाको मृत्यु भएको छ।

लुम्बिनीमा मुख्यमन्त्री र ३ मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री र तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

गण्डकीमा मुख्यमन्त्रीको नियुक्ति ‘असंवैधानिक’ रहेको कांग्रेसको ठहर

प्रदेश प्रमुख डिल्लीराज भट्टलाई पठाइएको पत्रमा समर्थन गरेका भनिएका ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरको आधिकारिक सनाखत हुनुपर्ने माग गरिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए।

आयरल्यान्ड ‘ए’ले नेपाललाई ‘ए’लाई दियो २८५ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको हो। 

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी पेस

अधिकारीले ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाएर प्रदेशप्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीमा नियुक्त गर्न निवेदन बुझाएको एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपालीले जानकारी दिए। 

प्रतितोला १ लाख ३५ हजार ६०० पुग्यो सुनको मूल्य

नेपाली बजारमा छापावाल सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार ९०० रुपैयाँले वृद्धि भएको छ।

दूध र गोबर बिक्रीबाट मासिक १ लाख ५० हजार, ७ जनालाई रोजगारी

गौशालामा अहिले १११ गाई छन्। धनगढी उपमहागरपालिका–३ स्थित शान्ति सामुदायिक वनले उपलब्ध गराएको करिब एक बिघा जमिनमा गौशाला सञ्चालित छ।

अस्वाभाविक हिमपात र हिमपहिरो: यार्सा संकलन जोखिमपूर्ण, उत्पादन घट्दा जीविकोपार्जन मुस्किल

जलवायु परिवर्तनले भइरहेको अस्वाभाविक मौसमी गतिविधिका कारण यार्सागुम्बा संकलन गर्नेहरूले ज्यानै गुमाउने गरेका छन्। यही कारण यार्सा उत्पादनमा कमी आउँदा स्थानीयको जीविकोपार्जन पनि मुस्किल हुन थालेको छ। 

पर्सा राष्ट्रिय निकुञ्जमा बढ्यो पर्यटकको चहलपहल

चालु आर्थिक वर्षको आठ महिनामा निकुञ्ज घुम्न ६१३ जना पर्यटक आएका छन्। अघिल्लो आवको आठ महिनामा १४० पर्यटक मात्र आएका थिए।

क्विटोस्थित दूतावासमा आक्रमणपछि मेक्सिकोले तोड्यो इक्वेडरसँगको कूटनीतिक सम्बन्ध

डिसेम्बरदेखि मेक्सिकाली दूतावासमा बस्दै आएका पूर्वउपराष्ट्रपति जर्ज ग्लासलाई गिरफ्तार गर्न इक्वेडरको प्रहरी राजधानी क्विटोस्थित दूतावासमा प्रवेश गरेको थियो।