AnonymousUser

Logout

वेस्टइन्डिज ‘ए’ले टस जित्यो, नेपालले पहिला फिल्डिङ गर्दै

शनिबार भएको पहिलो खेलमा वेस्टइन्डिज ‘ए’ नेपालसँग ४ विकेटले पराजित भएको थियो। नेपाली टोलीले पहिलो खेलबाट ५ परिवर्तन गरेको छ। 

तेस्रो लगानी सम्मेलन शुरू, १ हजार ६०० लगानीकर्ता सहभागी 

लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिएका छन्।

इलाममा ११ बजेदेखि मतगणना शुरू हुने

मतदानपछि मतपेटिका संकलन गर्न बिहान ४ बजेसम्म लागेकाले पनि गणना शुरू गर्न ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ। 

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना: १ जनाको मृत्यु, १२ घाइते

घाइते चार जनाको पाल्पा र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट गणना

साइपाल गाउँपालिका–३ को काडा मावि र वडा नं. ५ को सामुदायिक भवन मतदान केन्द्रको मतपेटिका लिन हेलिकप्टर पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कम्बोडियामा विस्फोट हुँदा २० सैनिकको मृत्यु

विस्फोटका कारण कार्यालय भवन र नजिकैको ब्यारेक ध्वस्त भएको छ भने आसपासका २५ वटा घरमा पनि क्षति पनि भएको छ।

आईपीएल: राजस्थानसँग लखनउ ७ विकेटले पराजित 

शनिबार राति जितका लागि पाएको १९७ रनको लक्ष्य राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो।

तराईमा अत्यधिक गर्मी: तातो हावा चल्ने भएकाले सतर्कता अपनाउन आग्रह

आइतबारदेखि बिहीबारसम्म तातो हावा तथा तातो लहर चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

इलाममा शनिबार रातिबाटै मतगणना थाल्ने तयारी

शनिबार राति १०–११ बजेसम्ममा सबैतिरबाट मतपेटिका ल्याइसक्ने अपेक्षा मुख्य निर्वाचन अधिकृतको कार्यालयको छ। चाँडै मतपेटिका आए शनिबार रातिबाटै मतगणना गरिने प्रमुख जिल्ला अधिकारी  इन्द्रदेव यादवले बताए।

सुक्खा मौसम शुरू भएसँगै धरानमा खानेपानीको अभाव

धरान खानेपानी व्यवस्थापन बोर्डका व्यवस्थापक इन्जिनियर राजु पोख्रेल खोलानाला सुकेर पानी ट्यांकीमा जम्मा हुन नसकेका कारण वितरण गर्न नसकिएको बताउँछन्। 

लगानी सम्मेलनमा १ हजार ६०० जनाको सहभागिता सुनिश्चित

तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६०० जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको लगानी बोर्डले जनाएको छ।

बाजुरामा हुरी बतासबाट ४० परिवारका घरमा क्षति

शनिबार आएको हुरी बतासले बाढीपहिरो र भूकम्प प्रभावित ४० परिवारले निर्माण गरेका टहराको जस्तापाता उडाएको वडा सदस्य चदाराले बताए।

बझाङ उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान

बझाङ प्रदेशसभा १ मा शनिबार भएको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ३० हजार ३२८ मत खसेको छ।

इलाममा मतदान सम्पन्न, ५७ प्रतिशत खस्यो मत

उपनिर्वाचन शान्तिपूर्ण, उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

जेब्राक्रसबाटै ‘युटर्न’ लिँदा बढ्दै दुर्घटनाको जोखिम (भिडियो)

काठमाडौँका मुख्य सडकमा सवारी विपरीत लेनतर्फ जान बनाइएका ‘युटर्न’ प्रायः जेब्राक्रससँगै हुने गरेका छन्। कतिपय ठाउँमा सवारीचालकले लापरबाहीपूर्वक जेब्राक्रसबाटै सवारी मोड्ने गरेको देखिन्छ।

सहकारीबाट गैरकानूनी रूपमा ऋण लिने कम्पनी र सञ्चालकलाई पनि कारबाही गर्न माग

सहकारीका बचतकर्ता पीडितहरूले कानून विपरीत सहकारीबाट ऋण लिएर सञ्चालित कम्पनीका सञ्चालक, प्रबन्ध निर्देशक, महाप्रबन्ध निर्देशक पदमा रही काम गरेका व्यक्तिलाई पनि कारबाही गर्न माग गरेका छन्।

उपनिर्वाचन : इलाममा ५२ र बझाङमा ४३ प्रतिशत मतदान

शनिबार दिउँसो ३:३० बजेसम्ममा इलाममा ६० हजार मत खसेको छ भने बझाङमा २६ हजार ५०० मतदाताले मतदान गरेका छन्।

रोहित पौडेलको शतकप्रेरित नेपाल वेस्टइन्डिज ‘ए’माथि ४ विकेटले विजयी

कप्तान रोहित पौडेलको शतकप्रेरित नेपालले पाँच खेलको टी२० सिरिजअन्तर्गत पहिलो खेलमा वेस्टइन्डिज ‘ए’लाई ४ विकेटले पराजित गरेको छ।

पर्वतमा निर्माण सामग्री अभावले पूर्वाधारका योजना प्रभावित

कास्की, तनहुँ, म्याग्दीलगायत जिल्लाबाट निर्माण सामग्री ढुवानी गरेर पर्वतका योजनामा प्रयोग गर्ने गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। 

छुट्टाछुट्टै घटनामा सर्लाहीमा २ जनाको मृत्यु

सर्लाहीको सदरमुकाम मलंगवामा र ब्रह्मपुरी गाउँपालिकामा एक/एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।