सडकको मापदण्ड विवादका कारण केही घरधनीले संरचना नहटाउँदा दमौली बजारको मुख्य चोक धुलाम्य छ।
नर्सरीदेखि कक्षा ३ सम्म पढाइ हुने यस विद्यालयमा पानी परेसँगै विद्यार्थी झोला लिएर ओत खोज्न जानुपर्ने बाध्यता छ।
नारायणघाट–बुटवल सडकको दुरावस्थाका कारण वार्षिक ६ लाख पर्यटकमात्र पुग्ने गरेको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए।
चार हजार ३८० मिटरको उचाइमा अवस्थित पवित्रकुण्ड स्नान गर्न बुधबारदेखि शुक्रबारसम्म एक हजारभन्दा बढी भक्तजनले सुलाद्री पर्वतको आरोहण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ।
खेलकुद मन्त्रालय र खेलकुद परिषद्बीच भएको द्वन्द्वका कारण खेलकुद पूर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदान गुम्न पुगेको छ।
१६० रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ७५ रनमा अलआउट भयो। अफगानिस्तानका राशिद खान र फजहल फारुकीले समान ४–४ विकेट लिए।
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले सार्वजनिक जग्गा एवं सम्पत्तिको संरक्षण र अतिक्रमण खाली गराउने अभियानमा सरोकारवाला निकायले पनि साथ दिनुपर्ने बताए।
‘कृत्रिम बुद्धिमत्ता अनुप्रयोग: भविष्य नेभिगेटिङ’को विषयवस्तुअन्तर्गत १० आशियान सदस्य राष्ट्रका मन्त्री र तिनीहरूका प्रतिनिधिको बैठक बसेको हो।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
तेस्रोपटक भारतको प्रधानमन्त्री नियुक्त भएका नरेन्द्र मोदीको शपथ समारोह आगामी आइतबार हुने तय भएको छ।
पहिलो खण्डको काम सम्पन्न गर्न शुरूमा ३९ करोड ७१ लाख रुपैयाँमा सम्झौता गरिएकामा अहिले लागत बढेर ४३ करोड ६५ लाख रुपैयाँ पुगेको इन्जिनियर ढकालले जानकारी दिए।
पूर्वमुख्यसचिव लीलामणि पौडेल नेतृत्वको समितिले मन्त्रालय र मातहत निकायको कार्य सम्पादन सुधार गर्न कर्मचारीको कार्य क्षमता तथा वृत्ति विकास र संगठन तथा व्यवस्थापनका विषय समेटेर प्रतिवेदन पेश गरेको छ।
काठमाडौँ विश्वविद्यालयका अनुसन्धानकर्ता प्राडा. पन्ना थापाले नेपालमा विभिन्न प्रकारका गाँजा पाइने र वैज्ञानिक अनुसन्धान गर्न स्वीकृति दिनुपर्नेमा जोड दिए।
आगामी वर्षको बजेटमा करका दर हेरफेर हुँदा भान्सामा दैनिक उपभोग्य खाद्यान्न र तरकारी/फलफूलको समेत लागत बढ्ने देखिएको छ। बजेटले दाल उद्योगको कच्चा पदार्थ गेडागुडी/दलहन आयातमा पनि अग्रिम आयकर लगाएको छ।
बांग्लादेशमा अदुवा, अलैँची, अम्लिसो तथा जडीबुटी निर्यातको सम्भावना धेरै छ। नेपाल सरकारले यी वस्तुको निर्यातमा अनुदानको व्यवस्था गरी प्रोत्साहन दिन सकेमा निर्यात बढ्ने व्यवसायीहरूको भनाइ छ।
दुई वर्षअघि राडार बिग्रिए पनि मर्मतका लागि बजेट नभएकाले बन्द गर्नुपरेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् नीराजन सापकोटा बताउँछन्।
निर्माणाधीन सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको पहिरोले पुरिएर मृत्यु भएको छ।
लेखा समितिले सरकारले उपलब्ध गराएको जग्गा उद्देश्यभन्दा फरक रूपमा प्रयोग भएकोप्रति ध्यानाकर्षण जनाउँदै सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नेलाई कारबाही गर्न भूमि व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ।
बजेट अभावको कारण देखाउँदै वीरगन्ज–रक्सौल सडक खण्डअन्तर्गत रजतजयन्तीचोकको निर्माण कार्य अघि बढाइएको छैन।
जिल्ला प्रशासन कार्यालयका अनुसार जारी भएका ती सबै नागरिकताको कागजात कार्यालयमा छैन।