AnonymousUser

Logout

साताको चौथो दिन शेयर बजारमा ५.५८ अंकको गिरावट 

समग्रमा बजार घटे पनि म्युचुअल फन्डसँगै लघुवित्त, उत्पादन तथा प्रशोधन र फाइनान्स उपसमूह बढेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए राजीनामा, कहिले हुन्छ नयाँ सरकार गठन?

राष्ट्रपतिले प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई नयाँ सरकार गठन नभएसम्म कार्यभार सम्हाल्नसमेत आग्रह गरेकी छन्।

विपद‍्बाट नागरिकलाई जोगाउन यस्तो छ सरकारको पूर्वतयारी

यही जेठ १९ देखि आगामी असोज १९ सम्मको अवधिलाई मनसुनजन्य जोखिम हुने समय तय गरी गृह मन्त्रालयले विभिन्न तयारी थालेको छ।

भारतीय लोकसभा निर्वाचन: कुन दलले कति सिट जिते? 

भारतको निर्वाचन आयोगका अनुसार सत्तारूढ भारतीय जनता पार्टीले सबैभन्दा बढी २४० सिट जितेको छ। कांग्रेस ९९ सिटमा जित्दै दोस्रो ठूलो दल बनेको छ।

चाबहिलमा श्रीमती र ३ छोरी जलाएर आफूलाई पनि लगाए आगो, २ जना गम्भीर

चाबहिलको सरस्वतीनगरमा ५५ वर्षीय चञ्चलबहादुर सिंहले मंगलबार बेलुका श्रीमती र तीन छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएपछि आफैँलाई पनि आगो लगाएका छन्। 

तराई–मधेशमा बढिरहेका आपराधिक घटनाका दोषीलाई कारबाही गर्न माग

बुधबारको बैठकमा जनमत पार्टीका सांसद अब्दुल खानले तराई–मधेशमा हत्या, हिंसा र अपहरणका घटना दिनदिनै बढिरहेको भन्दै ती घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।  

डोटीमा जिप दुर्घटना: २ जनाको मृत्यु, ७ घाइते

दुर्घटनामा घाइते भएका सात जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। उक्त जिपमा चालकसहित नौजना सवार थिए।

भाजपा नेतृत्वको गठबन्धनले जित्यो २९३ सिट, तेस्रोपटक प्रधानमन्त्री बन्दै नरेन्द्र मोदी

भाजपाले मात्रै २४० सिटमा जित हासिल गरेको छ। तर एक्लैले बहुमत ल्याउन भने सकेन। निर्वाचन परिणामले भारतमा भाजपाको लोकप्रियता घटेको देखाएको छ । 

तराईमा अत्यधिक गर्मीका कारण खोप अभियान प्रभावित

सरकारले २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार ७१२ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ। अभियान जेठ २६ गतेसम्म सञ्चालन हुनेछ। 

केराको थामबाट फाइबर, धागो र कम्पोस्ट मल बनाएर आयआर्जन

बेनी–२ खबराका २५ जनाले थामबाट रेसा निकालेर फाइबर धागो बनाउने र कम्पोस्ट मल बनाउने सीप सिकेका छन्। सोही वडाको भकुन्डेमा सेनेटरी प्याड बनाउने तालिम पनि दिइएको छ। 

देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, मधेश, लुम्बीनी र कर्णालीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

विश्वकप क्रिकेट: पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १९.२ ओभरमा १०६ रन बनाउँदै आलआउट भयो। उक्त लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। 

पाँचौँपटक विश्वासको मत लिँदै मुख्यमन्त्री यादव, सरकारबाट बाहिरियो एकीकृत समाजवादी

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले डेढ वर्षको अवधिमा बुधबार पाँचौँपटक विश्वासको मत लिन लागेका छन्।

‘ब्यान्डविथ प्लेटफर्म’को सम्भावना अध्ययन समितिले बुझायो प्रतिवेदन

प्रतिवेदन बुझ्दै मन्त्री शर्माले समितिले दिएका सुझाव कार्यान्वयन गर्न आफू तत्पर रहेको बताइन्।

मोदी वाराणसीबाट तेस्रो पटक निर्वाचित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा सदस्यमा वाराणसीबाट तेस्रो पटक निर्वाचित भएका छन्।

टिपरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

उदयपुरमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

श्रीलंकामा मनसुनी वर्षाबाट २६ जनाको मृत्यु, राहत बाँड्न सेना परिचालन

श्रीलंकामा भारी मनसुनी वर्षा र पहिरोबाट कम्तीमा २६ जनाले ज्यान गुमाएका छन् भने एक लाख ३० हजार मानिस घरबारविहीन भएका छन्।

लुम्बिनीको नीति तथा कार्यक्रम बहुमतले पारित

लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्त लिएको आरोपमा २ शिक्षकविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्त लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

शेयर बजारमा सामान्य सुधार, कारोबार रकम बढ्यो

मंगलबार शेयर बजारमा चार अर्ब आठ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।