AnonymousUser

Logout

सौर्य गठबन्धन स्थापनासम्बन्धी प्रस्ताव प्रतिनिधिसभाबाट पारित

सुख्खा याममा ऊर्जा आयात गर्नुपर्ने बाध्यता अन्त गर्न पनि सम्झौता उपयोगी हुने मन्त्री बस्नेतले बताए।

‘केही नेपाल ऐन संशोधन विधेयक’का सम्बन्धमा १० मन्त्रालयबीच छलफल

कानूनमन्त्री पदम गिरीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’का सम्बन्धमा १० वटा मन्त्रालयसँग सम्बन्धित विषयमा समितिमा सहमति जुटिनसकेकाले छलफल थालिएको बताए।

सगरमाथा क्षेत्र घुम्न आउने पर्यटकलाई सहजीकरण गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदले सगरमाथा क्षेत्र घुम्ने पर्यटकलाई सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

युरोप पुग्ने खाडीको बाटो : अवसरभन्दा जोखिम धेरै

कामदारका रूपमा गएका मात्र होइन भिजिट भिसामा खाडीक्षेत्रका देश गएका नेपाली पनि उतैबाट युरोप तथा अमेरिका जाने क्रम बढेको छ। तेस्रो देश भएर युरोप र अमेरिका जाने प्रयासमा धेरै नेपाली समस्यामा फसिरहेका छन।

अन्तर्राष्ट्रिय मुद्रा कोषको टोली र अर्थमन्त्री पुनबीच भेटवार्ता 

भेटमा कोषले नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको चौथो किस्ताबापत, ५ अर्ब ५९ करोड रुपैयाँ उपलब्ध गराउने विषयमा छलफल भएको थियो।

झापामा स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु

मेचीनगर नगरपालिका–१२ धाइजनस्थित मेची–लोकमार्गमा बिग्रिएर रोकिराखेको जिपलाई स्कुटरले ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो । 

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ४४ हजार पुग्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

दक्षिणकालीको केराबारीमा २ जना मृत फेला

शव नजिकै बागमती मोटरसाइकल पनि भेटिएकाले उनीहरू दुर्घटनामा परेका हुनसक्ने कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए। 

हुरीले पोल ढालेपछि वीरगन्जमा ९ घण्टादेखि विद्युत् आपूर्ति अवरुद्ध

बुधबार राति आएको हावाहुरीले पोल ढालेको र उठाउने काम भइरहेको नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रले जनाएको छ। बिहीबार अपराह्नसम्म बिजुली आपूर्ति सुचारु हुने सम्भावना छ। 

काठमाडौँका १८ हजार विद्यार्थीलाई छात्रवृत्ति, नदिने विद्यालयलाई कारबाहीको चेतावनी

महानगरले छात्रवृत्ति विवरण पेस हुन बाँकी रहेका विद्यालयलाई तीन दिनभित्र उपलब्ध गराउन बिहीबार एक सूचनामार्फत पुनः अनुरोध गरेको छ। 

गण्डकीमा १ हजार ५०० किलोमिटर सडक स्तरोन्नति

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार चालु आवको करिब ११ महिनामा सालबसाली र बहुवर्षीय आयोजनामार्फत थप १०० किलोमिटरभन्दा बढी ग्राभेल भएको छ।

मधेशमा नयाँ सरकार गठनका लागि आह्वान

मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा भण्डारीले शुक्रबारसम्म नयाँ सरकार गठनको आह्वान गरेकी हुन्। 

देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र बागमतीका थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ।

विश्वकप क्रिकेट: आयरल्यान्डमाथि भारतको सहज जित

बुधबार राति न्युयोर्कमा भएको खेलमा भारतले आयरल्यान्डमाथि ८ विकेटको सहज जित दर्ता गरेको छ।  ९७ रनको विजयी लक्ष्य भारतले ४६ बल बाँकी छँदा २ विकेट गुमाएर पूरा गर्‍यो।

विद्यार्थी संख्या कम भएपछि एउटै गाउँपालिकाका १७ विद्यालय समायोजन

कालीकोटको नरहरिनाथ गाउँपालिकाले १७ वटा विद्यालय समायोजन गरेको छ।

कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, कृषिमा जोड

कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको बुधबार बसेको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

चुहिने छानामुनि पढ्न बाध्य छन् कुँडेढोरका विद्यार्थी

५२ जना विद्यार्थी अध्ययनरत विद्यालयमा शैक्षिक सामग्रीदेखि आधारभूत पूर्वाधारको अभाव छ।

प्रतिनिधिसभा बैठकमा ३ वटा विधेयक पेस

अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ बैठकमा पेस गरेका हुन्।

आप्रवासीहरूले अमेरिका–मेक्सिको सीमामा शरण नपाउने, राष्ट्रपति बाइडेनले जारी गरे आदेश

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका–मेक्सिको सीमामा शरण खोज्ने आप्रवासीलाई प्रतिबन्ध लगाउन मंगलबार आदेश जारी गरेका छन्।

विश्व वातावरण दिवसको अवसरमा उकालोकर्मी पोखरेलसहित ४ पत्रकार पुरस्कृत

अनलाइन, रेडियो, टेलिभिजन र छापा माध्यम विधाबाट चार जनालाई ‘वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार, २०८०’ प्रदान गरिएको हो।