उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा सुखोई–३४ सैन्य जेट दुर्घटना भएको छ।
मादी खोलाले सिक्लेस र ताङतिङलाई दुईतिर छुट्याएको छ। मादी गाउँपालिका–१ मा सिक्लेस र २ मा ताङतिङ पर्छ। पोखरादेखि नजिकको दुरीमा रहेका दुवै गाउँ घुमफिरका लागि चल्तीका गन्तव्य हुन्।
अमेरिकाले गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदी, प्रख्यात फुटबलर म्याराडोना, दक्षिण अफ्रिकी राष्ट्रपति नेल्सन मण्डेला, बलिउड अभिनेता शाहरूख खानलाई पनि भिसा दिएको थिएन। किन अस्वीकार हुन्छ भिसा?
निर्माण अधुरो राख्ने ठेकेदारलाई कालो सूचीमा राख्ने, सरकारी बाँकी रकम असुललगायत प्रक्रिया पूरा नगरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ।
नेपालमा बर्सेनि धान आयात भइरहेको अवस्थामा आफूहरूले उत्पादन गरेको धानले भने बजार नै नपाएर कुहिएर जाने अवस्था आउनु विडम्बना रहेको किसानको गुनासो छ।
सोमबार राति न्युयोर्कमा बांग्लादेशलाई ४ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले लगातार तेस्रो जित हासिल गरेको हो।
कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले आइतबार र सोमबार गरी १७ सामुदायिक विद्यालयले बहालमा लगाएका २३६ वटा सटरमा ताला लगाएको छ।
सीआईबीको टोलीले ठगी मुद्दामा अनुसन्धानका लागि सेन्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित नौ जनालाई पक्राउ गरेको छ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ।
मधेश प्रदेशको सांसद अनुदानबाट रामजाकी दलित आधारभूत विद्यालयमा अधुरो काम पूरा गर्न दिएको रकम हिनामिनाको आरोपमा नवराजपुरका तत्कालीन अध्यक्षसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
राष्ट्र बैंकको विवरणअनुसार चालु आर्थिक वर्षको १० महिनासम्म करिब १२ खर्ब विप्रेषण भित्रिएको छ भने एक वर्षभन्दा बढी समयका लागि वस्तु तथा सेवाको आयात धान्ने विनिमय सञ्चिति रहेको देखिएको छ।
मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा कांग्रेसका २७, राप्रपाका दुई, स्वतन्त्र सांसद एक र नेसपाका फणीन्द्र देवकोटाले मत दिए।
सरोकारवालाले सुदूरपश्चिमका मुख्यमन्त्रीसँग बयालपाटा अस्पतालको सञ्चालन तथा व्यवस्थापनका लागि अत्यावश्यक बजेटको सुनिश्चितता गरिदिन माग गरेका छन्।
सर्वोच्च अदालतले गृहमन्त्री लामिछानेविरुद्धको रिटमा जीबी राईसमेत रहेको सहकारी ठगी मुद्दाको मिसिल रुपन्देही जिल्ला अदालतबाट झिकाउन आदेश दिएको छ।
सवारी दुर्घटनामा श्रीमान् गुमाइन्, सोती हत्याकाण्डमा छोरा। वियोगैवियोगमाथि विनाशकारी भूकम्प थपियो र घर भत्कियो, उनी घाइते भइन्। शोक र भूकम्पको घाउले लक्ष्मी सुनारलाई अझै पोलिरहेको छ।
प्रश्नपत्रको गोपनीयता भंग तथा परीक्षाको मर्यादा विपरीत कार्य गरेको आरोपमा प्रहरीले दुई शिक्षकलाई काठमाडौँबाट पक्राउ गरेको छ।
सोमबार एक करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब ४९ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
काठमाडौँ महानगरपालिकाले क्षेत्रपाटीस्थित जुद्धादय माध्यमिक विद्यालयको जग्गामा निर्माण गरिएका व्यावसायिक सटरहरू बन्द गराएको छ।
कोशी प्रदेशको पूर्वी भू–भाग हुँदै मनसुन प्रणाली भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।