AnonymousUser

Logout

मधेश प्रदेशमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले सत्ता गठबन्धनमा आबद्ध दलहरूबाट १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्।

बाल संगठनको जग्गा हिनामिना प्रकरण: तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ

काठमाडौँ जिल्ला अदालतले श्रेष्ठसहित २० जनाविरुद्ध गत वैशाख २७ मा पक्राउ पुर्जी जारी गरेको थियो।

मधेशको मुख्यमन्त्रीमा जनमतका सतिश सिंह नियुक्त

संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका बहुमत सदस्यको समर्थन दाबी परेपछि सिंह मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

चुलाचुलीका विद्यालय हाताभित्र राजनीतिक कार्यक्रम गर्न निषेध

चुलाचुली गाउँपालिकाले शिक्षकलाई कुनै राजनीतिक दलको सदस्यता लिन, त्यसका निम्ति भोट माग्न र प्रचारप्रसारमा पनि प्रतिबन्ध लगाइएको छ।

तोलामा १ लाख ४५ हजार पुग्यो सुनको मूल्य

छापावाल सुन घिल्लो दिनभन्दा प्रतितोला १ हजार रुपैयाँ बढेर १ लाख ४५ हजार पुगेको छ। गत शुक्रबार १ लाख ४० हजार ५०० रुपैयाँ थियो।

पानीको मुहान संरक्षण गर्न सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी

मुहानको शिरमा वर्षाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउन रिचार्ज पोखरी उपयोगी हुने स्थानीयको भनाइ छ।

मधेशको मुख्यमन्त्रीमा सतिश सिंहको दाबी पेश

यसअघि जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवको नेतृत्वमा सरकार बनाउने चर्चा भए पनि जनमतले सिंहलाई अगाडि सारेको हो।

अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हरायो

सुपर ओभरमा अमेरिकाले पहिला ब्याटिङ गर्दै १८ रन बनायो। जवाफमा पाकिस्तानले १३ रन मात्रै बनाएपछि अमेरिका पहिलो अन्तर्राष्ट्रिय भेटमै विजयी भएको हो। 

विश्वकप छनोट: यूएईसँग नेपाल पराजित

साउदी अरबको प्रिन्स मोहम्मद विन रंगशालामा भएको खेलमा  युएईसँग नेपाल ४-० ले पराजित भएको हो। नेपालले अन्तिम खेल जेठ २९ गते यमनसँग खेल्नेछ।

थानकोट-चन्द्रागिरि-चित्लाङ सडक असार २५ गतेसम्म बन्द हुने

सडक डिभिजन कार्यालय, काठमाडौँका इन्जिनियर रामकुमार श्रेष्ठले सडक सुधारका क्रममा सुरक्षालाई दृष्टिगत गरी एक महिनालाई सवारी आवागमन बन्द गर्न लागिएको जानकारी दिए।

बीएन्डसी मेडिकल कलेजलाई यसै शैक्षिकसत्रदेखि सम्बन्धन दिन परमादेश

चिकित्सा क्षेत्रको सुधार निषेधात्मक नभई सुधारात्मक उपचार अवलम्बन प्रक्रियाबाट सार्थक र संगतपूर्ण परिणामको अपेक्षा गर्न सकिने फ‍ैसलाको पूर्णपाठमा उल्लेख छ।

मनसुनमा कोशी र मधेश बढी प्रभावित हुने

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनमा सबैभन्दा बढी कोशी, त्यसपछि मधेश र तेस्रोमा लुम्बिनी प्रदेश प्रभावित हुने अनुमान छ।

प्रधानमन्त्री दाहाल मोदीको शपथ समारोहमा सहभागी हुने, ११ देशका राजदूतलाई फिर्ता बोलाइयो

मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मासहित ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ भने प्रधानमन्त्री दाहालको भारत भ्रमण स्वीकृत गरेको छ।

‘स्क्याम’ बन्ने खतरामा आईपीओ: कम्पनीका सञ्चालकहरू कमाउँदै, साधारण लगानीकर्ता गुमाउँदै

उच्च नाफामा जाने प्रक्षेपणसहितको प्रलोभन देखाएर सर्वसाधारणलाई भ्रममा पारी आईपीओ जारी गरेका कम्पनीहरू केही समयमै ठूलो नोक्सानीमा पुगेका छन्। यसले सर्वसाधारणको लगानी जोखिममा पर्नसक्ने देखिएको छ।

मोदीले तेस्रो कार्यकालका लागि जुन ९ मा शपथ लिने सम्भावना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो कार्यकालका लागि जुन ९ मा शपथ लिने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सुरक्षण मुद्रण विधेयक प्रतिनिधिसभाबाट पारित

मन्त्री शर्माले विदेशमा छपाइ हुने सुरक्षण मुद्रणसँग सम्बन्धित बैंकका नोट, राहदानी, हुलाक टिकट, स्टिकरलगायत सुरक्षण मुद्रणसँग सामग्री स्वदेशमै छपाई गर्न विधेयक ल्याउनु परेको बताइन्।

अत्यधिक गर्मीसँगै बाँकेमा बढे छालाका बिरामी

बढ्दो गर्मीसँगै शरीर चिलाउने, लुतो, दाग, छालामा संक्रमणलगायतका बिरामी बढिरहेको भेरी अस्पताल, नेपालगन्जले जनाएको छ।

संखुवासभामा खोलाले बगाउँदा विद्यार्थीको मृत्यु

संखुवासभाको भोटखोला गाउँपालिका–४ स्याक्सिलागोलामा खोलाले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ।

नेप्से परिसूचकमा गिरावट कायमै, ४ अर्ब ३८ करोडको कारोबार

बिहीबार इमर्जिङ नेपाल र मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

टीकापुरका इँटाभट्टामा काम गर्ने बालबालिकाको पढाइ प्रभावित

टीकापुरको मुक्तकमैया आधारभूत विद्यालयका प्रधानाध्यापक राजाराम ढकालले विद्यालयका ४० जनाभन्दा बढी बालबालिका बुबाआमासँगै कामका लागि इँटाभट्टामा जाँदा उनीहरूको पढाइ प्रभावित भइरहेको बताए।