संसदीय समितिले प्रस्तावित निर्वाचन आयुक्त प्रधानविरुद्धका उजुरीकर्ताको धारणामा विचारविमर्श गर्न थप समय चाहिने भन्दै सुनुवाइ स्थगित गरेको छ।
म्याग्दी प्रशासनले बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ।
बाँकेमा फरार प्रतिवादी पक्राउ गर्ने क्रममा स्थानीय बासिन्दाले अवरोध गरेपछि प्रहरीले गोली प्रहार गरेको छ।
युवा पंक्तिको रोजाइमा घनश्याम भुसाल देखिए पनि एमालेबाट गरेको विद्रोहलाई वैधता दिनुपर्ने आवाज ठूलो भएकाले अहिलेकै स्थितिमा नेतृत्वमा माधव नेपाल आउने निश्चित जस्तै छ।
१० स्थानीय तह रहेको जिल्लामा बाढीबाट ८५ परिवारका ३२० र पहिरोबाट ४३९ परिवारका एक हजार ७६१ जना उच्च जोखिममा रहेको प्रहरीको तथ्यांक छ।
कोरियाबाट ल्याइएका होलस्टाइन जातका गाई कमलामाई नगरपालिकाका किसानलाई दिइएको थियो। ती गाईले दैनिक ३६ लिटरसम्म दूध दिएपछि किसान मक्ख छन्। दैनिक चार पटकसम्म दुहुनुपर्ने उनीहरू बताउँछन्।
भवन निर्माणका लागि ल्याइएका फलामे रड खिया लागेर काम नलाग्ने भएका छन्। अस्थायी टहराबाट अस्पतालको सेवा सञ्चालन गरिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बुधबारको तुलनामा तोलामा १ हजार ६०० रुपैयाँ बढेको छ।
प्रत्यक्षदर्शी र स्थानीय अधिकारीहरूका अनुसार विवाह समारोह भइरहेका बेला आक्रमणकारीले गाउँलाई घेरेर आक्रमण गरेका थिए।
२०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको कोषले २०७६ साउन १ देखि योगदान रकम संकलन गर्न थालेको थियो ।
रास्वपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले डा. ढकाललाई पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै सात दिनका लागि पदबाट निलम्बन गर्ने निर्णय गरेको थियो।
कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
रास्वपाको अनुशासन आयोगको सिफारिसमा महामन्त्री एवं प्रवक्ता डा. ढकाललाई केन्द्रीय समितिले निलम्बन गरेको हो।
१३ वटा ब्रान्डका खाने तेलको नमूना परीक्षण गर्दा चार वटा ब्रान्डमा नेपाल सरकारले तोकेको पारोक्साइडको मात्रा अत्यधिक भएको पाएपछि जरिबाना गरिएको महानगरले जनाएको छ।
सबै ८ जना मन्त्रीहरूले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा बुझाएसँगै दाहाल नेतृत्वको सरकारबाट एमाले बाहिरिएको छ।
टेन्डरको प्रक्रिया टुंगिएसँगै यही असारबाट काम शुरू हुने काठमाडाैँ महानगरको सम्पदा तथा पर्यटन विभागले जनाएको छ।
प्रतियोगिता माल्दिभ्सको मालेमा असार ३१ देखि साउन ९ गतेसम्म हुनेछ।
नौबिसे खोलामा बन्दै गरेको पुलको काम गर्न लागिएकाले बुधबार र बिहीबार राति १० बजेदेखि बिहान ३ बजेसम्म दुईतर्फी सडक बन्द हुने भएको हो।
महामन्त्री ढकालले बुझाएको प्रतिवेदन ठिकै भए पनि व्यवहार गलत र गैरजिम्मेवार रहेको भन्दै सबै सदस्यले कारबाही गर्नुपर्ने अभिमत राखेका मनिष झाले बताए।
मुलुकको सर्वोच्च न्यायालयका इजलासहरू धेरैजसो सरकार, राज्य संयन्त्र र दलीय विषय जोडिने राजनीतिक मुद्दामा व्यस्त हुँदा आमनागरिकले अदालतबाट न्याय पाउने आशा भने झन् पछि झन् दुरुह बनिरहेको छ।