बाढीमा परेका राजपुर गाउँपालिका–२ का ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने सशस्त्र प्रहरीले हस्नापुर घाटबाट उद्धार गरेको छ।
पहिरोमा पुरिएर बेपत्ता ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक रायले जानकारी दिए।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो। टाइब्रेकरमा उरुग्वे ४-२ ले विजयी भयो।
विपद्जन्य घटनामा परेर ६ जना बेपत्ता तथा सातजना घाइते भएका छन्। देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको छ।
सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन्। बिहान ६ बजे ब्यारेजमा तीन लाख १६ हजार ८०० क्युसेक पानी मापन गरिएको छ।
देशभर साधारणदेखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
नेदरल्यान्ड्सले टर्कीएविरुद्ध २–१ को पुनरागमन जित हासिल गर्यो। इंग्यान्डले भने स्विट्जरल्यान्डलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।
शुक्रबार रातिदेखिको अविरल वर्षपछि आएको बाढीपहिरोमा परी अहिलेसम्म पाँच जनाको मृत्यु हुनुका साथै सात जना बेपत्ता भएका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपालले बागमती नदीमा फसेका तीन जनाको उद्धार गरेको छ।
अविरल वर्षासँगै आएको बाढीका कारण देशभरका विद्युत् उत्पादन गृहहरू प्रभावित भएका छन्।
बिरुवा गाउँपालिका ६ का वडा अध्यक्ष कृष्णबहादुर क्षेत्रीका अनुसार पहिरोको जोखिम नभएको ठानी सुरक्षित भनेर राखिएको ठाउँमा शनिबार दिउँसो अचानक पहिरो खसेर घर पुरिँदा उनीहरूको मृत्यु भएको हो।
सप्तकोशी नदीमा शनिबार यस वर्षकै सबैभन्दा उच्च जलसतह मापन गरिएको छ।
बागमती, विष्णुमती, धोबिखोला, मनोहरा खोला तथा हनुमन्ते खोलामा जलसतह बढ्दा किनारमा केही रहेका टहरा डुबानमा परेका छन्।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गरेका छन्।
मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार चितवनको इच्छाकामना–४ घोप्टेभीर र वडा नम्बर ३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको हो।
उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमती, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला, जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको छ।
दाङमा राप्ती नदीमा बगेर राजपुर गाउँपालिकाका एक युवक बेपत्ता भएका छन् भने गङ्गदी खोलाले ट्र्याक्टर पल्टाउँदा गढवा गाउँपालिकामा एक जनाको मृत्यु भएको छ।
मधेश प्रदेशका मुख्यमन्त्री सिंहले माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई पदमुक्त गरेका छन्।
निरन्तर वर्षाका कारण लेदोसहित आएको बाढी पहिरोले पुर्दा शनिबार बिहानदेखि दुवै राजमार्ग अवरुद्ध भएका थिए।
रोल्वालिङ खोलाको बाढीमा परेर रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी छन्।