स्टार्मरको जन्म सन् १९६२ मा बेलायतको एक मजदुर वर्ग परिवारमा भएको थियो। पेसाले वकिल रहेका ६१ वर्षीय स्टार्मर सन् २०१५ मा पहिलो पटक सांसद बनेका थिए।
काठमाडौँको सामाखुशी चोकदेखि १३ किलोमिटर सडक यात्रा र ककनीबाट चार घण्टाको पैदलयात्रामा नुवाकोटको सूर्यचौर पुग्न सकिन्छ।
आमचुनाव भएका ६५० संसदीय सिटमध्ये सरकार बनाउन ३२६ सिट आवश्यक पर्छ। पछिल्लो मतपरिणाम अनुसार लेबर पार्टीका नेता केयर स्टार्मर प्रधानमन्त्री बन्ने पक्का भएको छ।
कृषिजन्य उत्पादन बारअनुसार पोखराका फरक–फरक ठाउँमा लगेर बिक्रीवितरण गर्ने गरिएको छ। एम्बुलेन्सले कृषिजन्य उत्पादन निःशुल्क ढुवानी गर्ने प्रबन्ध मिलाइएको छ।
१५–२० जनाको समूहमा आएका व्यक्तिको कुटपिटबाट फिदिम–१४ आहालका ३७ वर्षीय दिनेशकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
३५ वर्ष अगाडि स्थापित विद्यालयमा दशक अगाडिसम्म विद्यार्थीको चाप हुँदा भुइँमै बसेर पढ्नुपर्ने बाध्यता थियो। तर अहिले भौतिक रूपमा सम्पन्न हुँदा विद्यार्थीको संख्या भने दुईमा झरेको छ।
शुक्रबार बिहान भएको क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ।
दक्षिणपूर्वी राज्य सेन्नारमा नाइल नदी पार गर्ने क्रममा डुंगा डुब्दा उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन्।
बागलुङ बजारदेखि पातिहाल्नेसम्मको १४२ किलोमिटरमध्ये सबैभन्दा बढी क्षति गलकोट खण्डमा पुगेको छ। हटियादेखि मनेवा पाटासम्मको १५ किमी सडकमा २० वटा साना पहिरो खसेको छ।
न्यूनचापीय रेखा थप केही दिन नेपालको दक्षिणी भूभाग आसपास रहने र मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारी र लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरालाई दिएको समर्थन फिर्ता लिएको छ।
अख्तियारले ‘२०७७ सालमा धापाखेलका बाढीपीडितलाई कार्यपालिकाको निर्णयबिना पैसा दिएको विषयमा बुझ्नुपर्ने’ भन्दै पत्र काटेर मेयर महर्जनलाई बयानमा डाकेको हो।
शुक्रबारदेखि आइतबारसम्म भूक्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम, शहरी तथा तराई क्षेत्रमा डुबान, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने महाशाखाले जनाएको छ।
गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाई दायर रिट निवेदनमाथि न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको राय बाझिएसँगै पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।
सडक डिभिजन कार्यालयअन्तर्गत काठमाडौँ महानगरभित्र १८० किमी सडक छ। यी सडकमा खाल्डा नभएको डिभिजन कार्यालयको दाबी छ। तर बुधबार नयाँबजार-सोह्रखुट्टे सडकको खाल्डामा कुदिरहेको मोटरसाइकल नै खसेको थियो।
एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भूसाल सर्वसम्मत चयन भएका छन्।
अख्तियारले रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश, उपप्रमुख रीता देवीसहित ११ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ।
धनुषाको धनौजी गाउँपालिका–५ बहुअर्वामा रहेको पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ।
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दीर्घकालीन असर पर्ने काम नगर्न/नगराउन ध्यानाकर्षण गराएको छ।
बिहीबार नेप्से परिसूचक १५.४६ अंकले बढेर २११९.६९ को विन्दुमा कायम भएको छ।