डुबेको रकम फिर्ता आउने टुंगो नभएपछि नक्कली भुटानी शरणार्थी प्रकरणका जाहेरीकर्ता तथा अमेरिका जान भनी रकम बुझाएकाहरूले थप प्रमाणसहित अदालत जाने तयार गरेको बताएका छन्।
एक महिनापछि सेनाको कमान्ड सम्हाल्ने जर्नेलले मिडियादेखि संसद्मा समेत जन्ममिति सच्याउन ‘किर्ते गरेको’ आरोप खेपिरहेका छन्। भावी सेनापतिलाई यो अवस्थामा पुर्याउन कसरी जोडिएका छन् वर्तमान प्रधानसेनापति?
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा ‘युद्धले समस्याको समाधान नगर्ने’ बताएका छन्।
मनसुनजन्य घटनाबाट झापाका विभिन्न ११ स्थानमा करिब एक करोड आठ लाख ५०० रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ।
त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
गगनेखोलामा पहिरो पन्छाएपछि सडक एकतर्फी खुला भएको जुम्लास्थित डिभिजन सडक कार्यालयले जनाएको छ।
मंगलबारको कारोबारमा नेप्से परिसूचक ०.७३ प्रतिशतले बढेर २१५२.१४ को विन्दुमा पुगेको छ।
कानून व्यवसायी नानी थापासँग सम्बन्धित घटनाको सीसीटीभी फुटेज अध्ययन गरी दोषीउपर कानूनबमोजिम कारबाही अगाडि बढाउनुपर्ने काठमाडौँ जिल्ला अदालतका कर्मचारीको माग छ।
नेपाल र मेलिसियाबीच सन् २०१८ मा भएको 'एमओयू' र मलेसियाको कानून विपरीत रोजगारदाता कम्पनीले कामदारको पासपोर्ट र कागजपत्र राखिदिँदा धेरै नेपाली श्रमिक प्रहरीको फन्दामा परिरहेका छन्।
अबिरल वर्षाका कारण सात दिनदेखि अवरूद्ध हवाई उडान मंगलबारदेखि पुनः सञ्चालनमा आएको हो।
विसं २०७८ जेठ १४, २९ र असार १ मा मर्स्याङ्दी नदीमा आएको बाढीले तालगाउँ डुबानमा परेपछि बस्तीको सुरक्षाका लागि मेसिनरी पर्खाल लगाइएको थियो।
प्राधिकरणले ७ दिनभित्र बोलपत्र स्वीकार गरेको लिखित सूचना दिनु पर्नेछ। त्यसपछि बीपीडीबीले विद्युत् बिक्री सम्झौताको मस्यौदा प्राधिकरणलाई उपलब्ध गराउने छ।
आँपलाई प्राविधिक रूपमा एक वर्ष प्रशस्त फल्यो भने अर्को वर्ष कम फल्ने फल मानिन्छ। यो वर्ष आँपका लागि ‘अफ इयर’ हो। तर अफ इयरमा यसपटक किन आँपको उत्पादन घटेन?
जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परेर ७८ जनाको मृत्यु भएको छ। ९० जना घाइते र पाँचजना बेपत्ता भएका छन्।
सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैचा, बेलबारी आसपासमा भारी वर्षा भएको छ।
सिंगल राउन्ड रोविनका आधारमा खेलाइने च्याम्पियनसिपमा चार टोलीको सहभागिता छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटको सहयोगमा भेरी नगरपालिका–१ च्याउपानीका ११ परिवारलाई पहिरोबाट जोगाउन सुरक्षित ठाउँमा सारिएको छ।
बेँसीशहर नगरपालिका– १ दलालमा मंगलबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन्।
विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन्।
पाँचखाल नगरपालिका–८ स्थित राजमार्गमा सोमबार राति पहिरो खसेर करिब १५० मिटर सडक अवरुद्ध भएको छ।