AnonymousUser

Logout

पहिरोले देवीघाट–गल्छी सडक अवरुद्ध

देवीघाट–गल्छी सडकको दुई स्थानमा पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ। 

इथियोपिया पहिरो: मृत्यु हुनेको संख्या २२९ पुग्यो

दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा आइतबार साँझ र सोमबार बिहान पहिरो गएको थियो। पहिरोमा परी मृत्यु हुनेमा १४८ पुरुष र ८१ महिला छन्।

नुवाकोटमा अविरल वर्षापछिको पहिरोबाट ९ परिवार विस्थापित

सूर्यगढी गाँउपालिका–४ अर्चलेमा मंगलबार बस्ती माथिबाट आएको पहिरोले कमलबहादुर तामाङको पक्की घर र किराना पसल बगाएको छ।

यस्तो रहनेछ बुधबारको मौसम

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

एशिया कप : समूह चरणबाटै बाहिरियो नेपाल

एसीसी महिला एशिया कपअन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएको छ।

बुटवल–पाल्पा सडकखण्ड भासिएपछि राति सवारी चलाउन रोक

सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिकास्थित हिउँदे खोलानजिकै सडक भासिएपछि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

लागुऔषध सेवन गरी गाडी चलाउँदा दुर्घटना, चालक प्रहरीको नियन्त्रणमा

प्रहरीले लागुऔषध सेवन गरी लापरबाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको भन्दै एक जनालाई नियन्त्रणमा लिएको छ।

मनसुनी विपद्मा परी मृत्यु हुनेको संख्या १३३ पुग्यो, ७ जना बेपत्ता

बाढीका कारण १८४ घर डुबानमा परेका, २३५ वटा घर, ८६ वटा गोठ, ४३ वटा पुल, दुई/दुई विद्यालय र सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ।

पूर्वमन्त्री महतोले घुस दिएको घटना छानबिन गर्न ३ सदस्यीय समिति गठन

समितिलाई समकक्षताको प्रमाणपत्र दिँदा भएका काम कारबाहीका सम्बन्धमा प्रतिनिधिसभा सदस्यबाट उठाइएको विषयमा आवश्यक छानबिन गरी सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न भनिएको छ।

कांग्रेसका लामा बागमतीको मुख्यमन्त्री नियुक्त, शपथ बुधबार

 बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिं लामा नियुक्त भएका छन्।

६ उद्योगमा विद्युत् जोड्ने प्राधिकरणको निर्णय

विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता भुक्तानी विवादका कारण ६ उद्योगमा काटिएको विद्युत् लाइन हालका लागि जोडिदिने भएको छ।

यौन दुर्व्यवहारको मुद्दा खेपेका प्रस्तावित निर्वाचन आयुक्त प्रधानको सुनुवाइ बुधबार

प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानविरुद्ध संसदीय सुनुवाइ समितिमा यौन दुर्व्यवहारसँग सम्बन्धित विभिन्न चार वटा उजुरी परेका छन्।

७५ अंकले बढेर २५६३ को विन्दुमा पुग्यो नेप्से परिसूचक

मंगलबार १४ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने ६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सहकारीको रकम अपचलन छानबिन समिति: २ महिनापछि आरोपीसँग सोधपुछ गर्ने तयारी

सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन भएको दुई महिनापछि बल्ल सहकारी सञ्चालकसहितका आरोपीहरूलाई छलफलमा बोलाउने तयारी गरिएको छ। समितिको समयसीमा तीन महिना छ।

जीर्ण बन्दै सुकुमबासीका लागि बनाएको अपार्टमेन्ट (तस्वीरहरू)

काठमाडौँका विभिन्न नदी–किनारमा बस्दै आएका सुकुमबासी परिवारलाई स्थानान्तरण गर्न भनी नागार्जुनमा बनाइएको अपार्टमे‍न्ट प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ।

फुङलिङ नगरपालिकाका इन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्दा

अख्तियारले खेलकुद मैदान निर्माणका क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। 

पहिरो हटाएर कान्ति लोकपथ सञ्चालनमा

ललितपुर र मकवानपुरको सिमाना नजिकै पर्ने छबेलीमा पहिरो जाँदा सोमबार बेलुकादेखि हेटौँडा–काठमाडौँतर्फको यातायात अवरुद्ध भएको थियो। 

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिंह लामाको दाबी पेस

बागमतीमा नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित सात र एमालेले ६ मन्त्रालय लिने सहमति भएको जनाइएको छ।

बांग्लादेशको विभिन्न सरकारी निकायका वेबसाइट ह्याक

प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैंक र प्रहरीको आधिकारिक वेबसाइटमा ‘अपरेसन हन्टडाउन, विद्यार्थीको हत्या रोकौँ। अब यो विरोध मात्र नभई एक युद्ध हो’  भनी रातो अक्षरमा सन्देश जारी गरिएको  छ।  

चेम्गाङ जेलमा रिन्जिनलाई लुगाफाटो दिएर निस्किएका रामबहादुर राई

रामबहादुरले भुटानको चेम्गाङ जेलबाट ल्याएका ‘कैदी कुर्ता–सुरुवाल’ २४ वर्षपछि टेकनाथ रिजाललाई फिर्ता दिइदिए। आफ्नो त के थियो र! भएका लाउने र ओछ्याउने पनि जेलमै सबै गुमाउन बाध्य रिन्जिनलाई सुम्पिएका थिए।