देशका धेरैजसो स्थानमा साधारणतया बदली रही कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन तथा अनुगमनका लागि गठित संसदीय उपसमितिले सोमबार विमानस्थल र रिठ्ठेपानी डाँडाको अध्ययन तथा अनुगमन गरेको छ।
भुटानी शरणार्थी रामबहादुर राईले भुटानी राजबन्दीका रूपमा चेम्गाङ जेलमा झन्डै ३२ वर्ष कटाएर आइतबार बेलडाँगी शरणार्थी शिविर आइपुगेपछि मात्र थाहा पाए श्रीमती बितेकै १४ वर्ष भइसकेको रहेछ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीका सञ्चालक तथा पदाधिकारीहरूले सर्वसाधारणको बचतदेखि काठमाडौँ–१३ मा रहेको जग्गा धितोमा राखी लिएको ऋण हिनामिना गर्दा मालपोत र बैंकबाटै ‘सहयोग’ पाएको देखिन्छ।
प्रहरीका अनुसार जेठ २८ गतेयता बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ भने ८८ जना घाइते भएका छन्।
समस्या समाधान गर्न ‘डेडिकेटेड’ समूह बनाउने, समस्याग्रस्त बैंकका समस्या समाधान गर्दा अपनाइएका तरिकाका आधारमा अघि बढ्न सकिने प्रस्ताव पनि राष्ट्र बैंकले अघि सारेको छ।
पहिरो गएको ठाउँमा ग्यावीयन पर्खाल र नयाँ ट्र्याक खनेर मर्मत गरेपछि सडक सोमबारदेखि नियमित सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
‘अफलाइन राइडिङ’का क्रममा दुर्घटना भएपछि भागेका तीन जना मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार नेप्से परिसूचक ४.६२ अंकले घटेर २१३६.३५ को विन्दुमा कायम भएको छ।
सन् १९४० को दशकदेखि वर्षाको रेकर्ड राख्न थालिएको भए पनि जल तथा मौसम विज्ञान विभागसँग सन् १९७० यताको तापक्रम, वर्षा र बाढीको व्यवस्थित विवरण उपलब्ध छ।
मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् सरोज पुडासैनीले सोमबारदेखि केही दिनसम्म अधिकांश स्थानमा वर्षा कम हुने जानकारी दिए।
पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२९ भण्डारढिक, तालचोक, विजयपुर हुँदै मुख्य शहरी क्षेत्र प्रवेश गर्ने सडकको अवस्था नाजुक छ। वर्षात्का बेला चलिरहेको निर्माण कार्यले सडक अस्तव्यस्त देखिन्छ।
कञ्चनपुरका नौ वटै स्थानीय तह बाढी र डुबानबाट प्रभावित छन्। भीमदत्त नगरपालिका, दोधारा चाँदनी, वेदकोट र पुर्नबास नगरपालिका तथा बेल्डाँडी गाउँपालिका बाढीबाट बढी प्रभावित छन्।
जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ।
कर्णालीका चार विमानस्थलमा उडान हुन सकेको छैन भने कर्णाली राजमार्ग र कर्णाली करिडोर बाढीपहिरोले अवरुद्ध हुँदा सवारीसाधन गुड्न सकेका छैनन्।
केन्द्रमा नेपाली कांग्रेस र एमालेले नयाँ सरकार गठनका निम्ति सहमति गरेसँगै त्यसको प्रभाव प्रदेश सरकारमा परेको हो।
कैलाली र कञ्चनपुरमा डुबान र बाढीबाट आउने खतरालाई मध्यनजर गरेर कर्णाली र महाकाली नदीको पानीको सतहको प्रहरीले निगरानी गरिरहेको छ।
सोमबार बिहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरूलाई बाघले आक्रमण गरेको थियो।
गत जेठ १४ गते मुगुम कार्मारोङ गाउँपालिका–१ मा आठ जनाको हतियारधारी समूहले लुटपाट गरेको थियो।
चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न कम्पनीलाई खानी खोजतलासका लागि खानी तथा भूगर्भ विभागले प्रमाणपत्र प्रदान गरेको छ।