AnonymousUser

Logout

बांग्लादेशको अन्तरिम सरकार प्रमुखमा नोबेल पुरस्कार विजेता युनुस नियुक्त 

अन्तरिम सरकार गठनका लागि राष्ट्रपति र आन्दोलनको अगुवाइ गरेका विद्यार्थी नेताबीच मंगलबार साँझ वार्ता भएको थियो।

बागलुङ पहिरो:  घाइतेलाई अस्पताल पुर्‍याउन कठिन, बेपत्ता ४ जनाको खोजी जारी

निरन्तरको वर्षा, ठाउँठाउँमा खसेको पहिरो र भौगोलिक विकटताका कारण उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म पनि पुर्‍याउन नसकिएको स्थानीय प्रशासनले जनाएको छ।

पहिरोले मुग्लिन–मलेखु सडक अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत चितवनको  इच्छाकामना–४ नाग्दीखोलामा बुधबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

दक्षिण कोरियामा गर्मीका कारण मृत्यु हुनेको संख्या १४ पुग्यो

दक्षिण कोरियामा अत्यधिक गर्मी कम्तीमा अगस्ट १५ सम्म जारी रहने मौसम एजेन्सीले पूर्वानुमान गरेको छ।

बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सहकारीका सचिवसहित ३ जना पक्राउ

काठमाडौँको सत्कार बचत तथा ऋण सहकारी संस्थाका सचिव गोविन्द पुरी र कोषाध्यक्ष महेश श्रेष्ठ र व्यवस्थापक ध्रुवराज कार्कीलाई जनालाई पक्राउ गरेर अनुसन्धान शुरू गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

यस्तो रहनेछ बुधबारको मौसम

देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिमका केही र गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बेलायतमा रहेका नेपालीलाई प्रदर्शन र हुलदंगामा सहभागी नहुन दूतावासको अनुरोध

लन्डनस्थित नेपाली राजदूतावासले बेलायतमा रहेका नेपाली नागरिकलाई हुलदंगा भएको स्थानमा नजान र प्रदर्शनमा सहभागी नहुन अनुरोध गरेकोछ।

४ जिल्लामा देखियो हैजा, सबैभन्दा धेरै संक्रमित ललितपुरमा 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ, ललितपुर, कैलाली र प्युठानका ३० जनामा हैजा पुष्टि भएको छ।

मौसमजन्य विपद्मा परी मंगलबार ११ जनाको मृत्यु, ४ बेपत्ता

मनसुनजन्य विपद्का घटनामा परी मंगलबार देशका विभिन्न जिल्लामा ११ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन्।

‘सहकारीका बचतकर्ताले पैसा माग्दा सम्पत्ति शुद्धीकरणमा लिस्ट पठाइदिने धम्की दिएको पाइयो’

समिति सदस्य लेखनाथ दाहाल अहिलेसम्मको अध्ययनका क्रममा सहकारीका सञ्चालकले बचतकर्ताको ठूलो रकम बाहिर लगेको र त्यसलाई फिर्ता ल्याउने पर्याप्त कानूनी आधार नभेटिएको बताउँछन्।

नेपाल काभा भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

काभा महिला नेसन्स लिग भलिबलको सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा पुगेको छ।

भारी वर्षाको सम्भावना रहेका ३४ जिल्लामा रात्रि बस नचलाउन आग्रह

प्राधिकरणले रातको समयमा सडक क्षेत्रमा बाढी र पहिरोको आकलन गर्न कठिन हुने भएकाले भारी वर्षाको उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउन सचेत गराएको छ।

लघुवित्तपीडितका समस्या समाधानका लागि विकल्पसहितको प्रतिवेदन पेश

प्रतिवेदनमा सरकारबाट हुनुपर्ने सम्बोधन, नेपाल राष्ट्र बैंक, लघुवित्त वित्तीय संस्था र लघुवित्तीय संस्थाका सदस्यले गर्नुपर्ने कार्यबारे सुझाव दिइएको छ।

श्रीलंकालाई पराजित गर्दै भारत काभा भलिबलको फाइनलमा

काभा महिला नेसन्स लिग भलिबलमा भारतले श्रीलंकालाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ।

बांग्लादेशका राष्ट्रपतिले विघटन गरे संसद्

बांग्लादेशका राष्ट्रपतिले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मंगलबार संसद् विगठन गरेका छन्।

दुर्गममा छैनन् विशेषज्ञ चिकित्सक, किन दिँदैनन् लोकसेवा परीक्षा?

पछिल्लो पटक लोकसेवा आयोगले विभिन्न विशेषज्ञ चिकित्सकतर्फ १६ जनाको माग गर्दा कुनै आवेदन परेन। विशेषज्ञ चिकित्सकको विज्ञापनमा पटकपटक दरखास्त शून्य हुँदा दुर्गममा भने उपचार नपाउने अवस्था छ।

बागलुङमा पहिरोमा परेर ७ जनाको मृत्यु, ४ को उद्धार

बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चार जनाको उद्धार भएको छ।

नेप्से परिसूचक १४५ अंकले घट्दा पनि २३ अर्बको कारोबार

नेप्से परिसूचक १४५.०५ अंकले ओरालो लागेर २६५१.३२ को विन्दुमा सीमित भएको छ।

जलमग्न टेकु क्षेत्र (तस्वीरहरू)

मंगलबार बिहानैदेखिको वर्षाका कारण काठमाडौँका टेकुलगायतका स्थान जलमग्न भएका छन् भने जनजीवन प्रभावित भएको छ।

बांग्लादेश : अन्तरिम सरकारको नेतृत्व गर्न नोबेल पुरस्कार विजेता युनुस सहमत

नोबेल पुरस्कार विजेता प्राडा मुहम्मद युनुस बांग्लादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकारका रूपमा नेतृत्व गर्न सहमत भएका छन्।