AnonymousUser

Logout

राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानून ल्याउन सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा सदस्यले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानून ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।

सेती नदीमा ट्याक्टर खस्दा २ जना बेपत्ता

ट्याक्टर सेती नदीमा खस्दा चालकसहित दुई जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

‘यागी’ चक्रवातका कारण दक्षिणपूर्वी एशियाका ६० लाख बालबालिका प्रभावित: युनिसेफ

भियतनाममा पिउने पानी र सरसफाइको अभावले करिब ३० लाख मानिस रोगको जोखिममा रहेको युनिसेफले जनाएको छ।

बझाङको माझीगाउँ केन्द्र भएर भूकम्प

बुधबार बिहान १०:०८ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ५६ हजार ७०० रहेको छापावाल सुन बुधबारका लागि एक लाख ५६ हजार ४०० रुपैयाँ निर्धारण भएको छ। 

काठमाडौँसम्म पुग्छ भोजपुरको अकबरे खुर्सानी, किसान उत्साहित

अकबरे खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको छ। खुर्सानी भोजपुरमा मात्र खपत हुँदैन। यसको माग तराईदेखि काठमाडौँसम्म पनि उत्तिकै छ। 

च्याम्पियन्स लिग: डायनामो जागरेबविरुद्ध बार्यन म्युनिखको ९ गोल

बार्यनको जितमा ह्यारी केन एक्लैले ४ गोल गरे। उनी च्याम्पियन्स लिगको एकै खेलमा ४ गोल गर्ने पहिलो इंग्लिस खेलाडी तथा च्याम्पियन्स लिगमा पेनाल्टीमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्।

पानीको मुहान सुकेपछि रित्तियो मुस्ताङको ध्ये गाउँ

मानिसले गाउँ छाडेपछि बस्ती मात्रै रित्तिएन स्थानीय परम्परा, संस्कृति र इतिहास पनि मेटिँदै गयो। घरहरू भत्किँदै गएका छन्। बस्ती खण्डहर र उराठलाग्दो बनेको छ।

देशका विभिन्न स्थानमा चट्याङसहित वर्षाको सम्भावना

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।

नेवानिले चाडपर्वमा नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउँदै

नेपाल वायुसेवा निगमले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर आफ्ना विमानको नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउने भएको छ।

दिल्लीको मुख्यमन्त्री बन्न लागेकी आतिशी को हुन्?

केजरीवालले पार्टी संसदीय दलको बैठकमा आफ्नो उत्तराधिकारीका लागि आतिशीको नाम प्रस्ताव गरेका थिए।

रास्वपाको राष्ट्रिय भेलामा आज सांगठनिक प्रतिवेदनमाथि छलफल र प्रदेशको ‘रिपोर्टिङ’

भेलाले पार्टीको राष्ट्रिय अभियान घोषणा तथा प्रथम महाधिवेशनको मिति तय गर्ने जनाइएको छ।

एक्लै विधान संशोधन गरेर यसरी गरियो हरिखेतान सामुदायिक क्याम्पस ‘कब्जा’

वीरगन्जको हरिखेतान क्याम्पसमा तीन वर्षका लागि २०७५ असार १ गते सञ्चालक समिति अध्यक्ष भएका प्रेमप्रकाश खेतानले आफ्नो मात्र हस्ताक्षरले विधान संशोधन गरेर आफैलाई अध्यक्षमा निरन्तरता दिइरहेका छन्।

२ महिनाको सरकारी बजेट खर्च ७ प्रतिशत

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा कूल विनियोजनको ७.३९ प्रतिशत अर्थात् एक खर्ब ३७ अर्ब ५५ करोड २७ लाख रुपैयाँ बराबर बजेट खर्च भएको हो।

विश्वकप क्रिकेटमा महिला र पुरुषको पुरस्कार बराबर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले ऐतिहासिक निर्णय गर्दै महिला र पुरुष टी–२० विश्व कपको पुरस्कार रकम बराबर बनाएको छ।

एन्फा महिला लिग: विभागीय टोली एपीएफ विजयी

एन्फा महिला लिग फुटबल प्रतियोगितामा संकटा क्लबलाई विभागीय टोली एपीएफले हराएको छ।

खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव भेटियो

दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन गर्नुपूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता एक तीर्थयात्रीको शव फेला परेको छ।

३ हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालनमा

संघीय, स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा शीतभण्डार निर्माण गरिएको हो।

नाइजेरियामा बाढीका कारण ४ लाख मानिस प्रभावित

बाढीका कारण नाइजेरियामा तीन करोड २० लाख मानिस गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेको ओसीएचएले पुष्टि गरेको छ।

महोत्तरीमा १५० किलो गाँजासहित २ जना पक

धादिङ धुनीबेँसी नगरपालिका–६ बस्ने ३० वर्षीय सञ्जीप खत्री र चितवन खैरेनी नगरपालिका– १ बस्ने १८ वर्षीय सुदिप अधिकारी गाँजासहित पक्राउ परेका छन्।