AnonymousUser

Logout

राहत नपाएको बाढीपीडितको गुनासो

बाढीपीडितले आफूहरूको गुनासो सुन्न कोही नआएको र विद्यालयमा आश्रय लिइरहेको बताएका छन्। तीनै तहको सरकारले गाँस, बास, कपासका लागि सहयोग नगरेको उनीहरूको गुनासो छ।

सर्वसाधारणको ४२ अर्ब बचत फिर्ता हुने आधार के?

समस्याग्रस्त सहकारीमा फसेको बचतकर्ताको ४२ अर्ब रुपैयाँ उठाउने अधिकार पाएको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय आफै उल्झनमा फस्दा बचतकर्ताको रकम तत्काल फिर्ता हुने सम्भावना न्यून देखिएको छ।

अमेरिकामा हिलिन आँधी: २१० जनाभन्दा बढीको मृत्यु

हिलिन आँधी आएको करिब एक साता बितिसक्दा पनि त्यस क्षेत्रमा सयौँ मानिस हराइरहेका छन्। करिब आठ लाख घर अझै पनि विद्युत्‌विहीन छन्।

मुस्ताङमा बढ्न थाल्यो बाह्य पर्यटकको चहलपहल

चालु आवको साउन र भदौमा सात हजार ५९९ पर्यटकले मुस्ताङको भ्रमण गरेका छन्। गत वर्ष सोही समयमा पाँच हजार १७५ जनाले घुमेका थिए।

फेरि रोकियो धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया

सर्टलिस्टमा परेका कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र डा. नवराज अधिकारीलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि मन्त्रालयले  शुक्रबार बिहान बोलाएको थियो।

तुइन र फड्केले जोडियो तातोपानी नाका

लिपिङ खोला उर्लिँदा लिपिङ र कोदारी जोड्ने पुल ध्वस्त पारेको छ। पुल बगेपछि ठप्प बनेको तातोपानी नाका जाने सडकको लार्चामा तुइन र फड्के राखिएको छ।

हेटौँडा–चित्लाङ–काठमाडौँ र हेटौँडा–पालुङ–नौबिसे सडकमा गुड्न थाले गाडी

सडकमा कुनै किसिमको अवरोध नरहेकाले यातायातका साधन पुनः सञ्चालन भएका हुन्। हेटौँडा–पालुङ–नौबिसे सडकखण्डमा हलुका सवारी सञ्चालन भएका छन् । 

बाढीपहिरो प्रभाव: नवरात्रमा पनि सुनसान पाथीभरा

हालैको बाढी र पहिरोले मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थी घटेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

नारायणीमा तटबन्ध नहुँदा बर्सेनि डुबानमा सुस्ता

नेपाल र भारत दुवै देशले ध्यान नदिँदा सुस्ताबासी बर्खामा बाढीको चपेटामा पर्ने गरेका छन्। यस वर्ष बाढीले मानवीय क्षति नभए पनि २०० भन्दा बढी घर डुबाएको छ।

त्रिकोणात्मक टी२० सिरिजको उपाधि क्यानडालाई

क्यानडाको किङ बिहीबार राति ओमानलाई ५ विकेटले पराजित गर्दै घरेलु टोली च्याम्पियन बनेको हो। सिरिजमा नेपाल दोस्रो र ओमान तेस्रो भए।

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान

वर्षाका कारण मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरोले सडक अवरुद्ध भएपछि हवाई उडानमा यात्रुको चाप बढेको छ।

सिरियामा इजरायली आक्रमणबाट घाइते भएका इरानी सैन्य सल्लाहकारको मृत्यु

दमास्कसमा यसै साताको शुरूमा इजरायलले गरेको आक्रमणबाट घाइते भएका रिभोल्युसनरी गार्डका एक इरानी सैन्य अधिकारीको मृत्यु भएको छ।

बाढीपहिरोले क्षतिग्रस्त सडक–पुल स्थायी रूपमा निर्माण गर्न २५ अर्ब लाग्ने अनुमान

 भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र तीन अर्ब रुपैयाँ लाग्ने देखिएको छ। 

यसपालि सरदरभन्दा १५ प्रतिशत बढी वर्षा, मुस्ताङमा ४ वर्षयता बढ्यो मनसुनी गतिविधि

यस वर्षको मनसुन अवधिमा १५ प्रतिशत र गत वर्षभन्दा २७ प्रतिशत बढी वर्षा भएको छ। हिमालपारिको मुस्ताङमा पनि लगातार सरदरभन्दा धेरै वर्षा हुन थालेको छ।

बांग्लादेशमा बिजुली निर्यात गर्न त्रिपक्षीय सम्झौतामा हस्ताक्षर

प्राधिकरणले एनभीभीएनलाई उपलब्ध गराएको बिजुली भारतीय संरचना प्रयोग गरेर बांग्लादेश पुर्‍याउनेछ। नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइन हुँदै विद्युत् निर्यात गर्न लागिएको हो।

कोशीको बाढी: कसैलाई कहर, कसैलाई अवसर

कोशी किनार क्षेत्रमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएकाहरू अहिले कोशीबाट निकालेको दाउरा बेचेर आम्दानी गरिरहेका छन्।

जापानको विमानस्थलमा दोस्रो विश्वयुद्धकालीन अमेरिकी बम विस्फोट हुँदा ८० उडान रद्द

जापानको मियाजाकी विमानस्थलमा दोस्रो विश्वयुद्धकालीन अमेरिकी बम विस्फोट हुँदा ८० भन्दा बढी उडान रद्द भएका छन्।

यसपालि घट्यो च्याङ्ग्राको मूल्य

मुस्ताङबाट म्याग्दीको बेनीसम्म दुईदेखि तीन दिन हिँडाएर ल्याइएका च्याङ्ग्रा बेनीदेखि ट्रक र गाडीमा राखेर देशका विभिन्न ठाउँमा लैजाने गरिन्छ।

विपद्मा परेका १७ हजार १२० जनाको उद्धार, बेपत्ता २२ को खोजी जारी : गृह मन्त्रालय

गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ उपत्यकाबाट दुई हजार १५८ जना, कोशीबाट ९०, मधेशबाट ३५, सबैभन्दा बढी बागमती प्रदेशबाट १३ हजार ६४० जनाको उद्धार गरिएको छ।