AnonymousUser

Logout

कञ्चनजंघा हिमाल जाने क्रममा पहिरोले पुरिएर पर्यटन सहयोगीको मृत्यु

फक्ताङलुङ गाउँपालिका–६ को इटहरीचोकमा शनिबार बिहान पहिरो खस्दा बाटोमा हिँडिरहेका टिकाबहादुर राईको मृत्यु भएको हो। 

मन्थली–काठमाडौँ सवारी आवागमन पुन: अवरुद्ध

दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला नजिक ज्यामिरेस्थित तामाकोशी नदी किनारमा सडक भासिएपछि सवारीसाधन आवागमन अवरुद्ध बनेको हो।

८ किलो सुनसहित हेटौँडाबाट २ भारतीय नागरिक पक्राउ

पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको स्कुटर जाँच गर्ने क्रममा चालक अभिषेक र स्कुटरमा सवार राहुलको साथबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ। 

ललितपुरका बाढी प्रभावित क्षेत्रमा महामारी फैलिने जोखिम

बाढी आएपछि नख्खु खोला दुर्गन्धित भएको छ। ढल फुटेको छ। आफूहरूले मास्क लगाएर काम गरिरहेको ललितपुर नख्खु खोलाका बाढीपीडितले बताएका छन्। 

दाउन्नेमा यातायात एकतर्फी सञ्चालन

बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो।

च्यांग्रा व्यापारीको यात्रा: रारादेखि फेवातालसम्म

छिरिङ दशैँमा च्यांग्रा बेच्न यो मार्गमा यसरी हिँडेको पहिलोपटक भने होइन। विगत एक दशकदेखि नियमित जसो च्यांग्राको व्यापार गर्न उनी मुगुबाट पोखरा आउँछन्।

हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

पोर्ट सोन्डेमा भएको आक्रमणमा कम्तीमा १६ जना गम्भीर घाइते भएको र दर्जनौँ घर तथा सवारीसाधनमा आगलागी भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

४१ पालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

प्रभावित क्षेत्रमा विशेष योजनाका पुनर्निर्माण गर्ने योजनाका साथ लाग्न विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो। प्रभावित क्षेत्रमा अहिले पनि उद्धार तथा राहत वितरण जारी रहेको सरकारले जनाएको छ।

यस्तो रहनेछ शनिबारको मौसम

कोशी, मधेश, बागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। 

दाउन्नेमा फेरि भासियो सडक, सवारी आवागमन अवरुद्ध

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको दाउन्नेमा फेरि सडक भासिँदा सवारी आवागमन अवरुद्ध भएको छ।

मैवाखोलाले बगाएर दुई बालबालिका बेपत्ता

ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन्। 

डेंगी संक्रमितको संख्या १४ हजार ९७५ पुग्यो

किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले केही दिनअघि पानी परेका कारणले डेंगी संक्रमण बढेको बताए।

ललितपुरका ३ गाउँपालिकामा ८ दिनदेखि विद्युत् अवरुद्ध

दक्षिण ललितपुरका तीन गाउँपालिकामा बाढी तथा पहिरोले विद्युतका खम्बा तथा ट्रान्सफर्मरमा क्षति पुगेपछि आठ दिनदेखि विद्युत् अवरुद्ध भएको छ।

लेबनानमा नेपालीः कसैलाई ठीक छ, कोही छन् ‘भाग्यको भरमा’

‘लेबनान सानो देश छ, जुन कुनामा बम पड्के पनि आवाज यतै सुनिन्छ। अहिलेसम्म यति डरलाग्दो गरी आक्रमण भएको थाहा थिएन। जताततै ड्याङडुङ सुनिन्छ।’

२ दिनको वर्षाले ऊर्जामा साढे १६ अर्बको क्षति, माथिल्लो तामाकोशी सञ्चालनमा आउन १ वर्ष लाग्ने

बाढीपहिरोबाट एक्कासि उत्पादन तथा प्रसारण लाइनमा आएको अवरोधका कारण ११ सय मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ। क्षतिग्रस्त माथिल्लो तामाकोशी सञ्चालनमा ल्याउनै एक वर्ष लाग्ने प्रारम्भिक अनुमान छ।

बाढीपहिरो पीडितलाई राहत दिन १ अर्ब विनियोजन, बीपीबाहेक सबै राजमार्ग सञ्चालनमा

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बीपी राजमार्गमा फसेका गाडी र मानिसबाहेक सबै उद्धारका काम सकिएको बताए।

साइकलयात्रीको मृत्युपछि विराटनगर भन्सार परिसरमा प्रदर्शन, भीड नियन्त्रण गर्न टियर ग्यास प्रहार

ट्रकको ठक्करबाट घाइते भएका स्थानीय ६० वर्षीय साइकल यात्री श्याम साहको उपचारका क्रममा शुक्रबार मृत्यु भएपछि एकीकृत भन्सार जाँचचौकी परिसर तनावग्रस्त बनेको छ।

दोस्रो विश्वयुद्धकालीन अमेरिकी बम विस्फोटपछि विमानस्थलहरूमा विस्फोटक सामग्री खोज्दै जापान

दोस्रो विश्वयुद्धकालीन अमेरिकी बम मियाजाकी विमानस्थलमा विस्फोट भएपछि जापानले क्षेत्रीय विमानस्थलहरूमा खोजी गरी विस्फोटक सामग्री सफा गर्ने घोषणा गरे‍को छ।

दशैँ मनाउन घर फर्किनेको बढ्यो लहर, सोमबारयता १ लाख २६ हजारले छोडे राजधानी

काठमाडौँको नयाँ बसपार्क, कलंकी, बल्खु, कोटेश्वर क्षेत्रमा घर फर्किने यात्रुको भीड र सवारीसाधनको चाप बढेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्राथमिकतामा परेन वित्तीय संघीयता कार्यान्वयन

संविधानमा राखिएको संघीयता कसरी कार्यान्वयन भइरहेको छ भनेर कुनै पनि राजनीतिक दलले चासो नदिने गरेको काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार प्राडा. अच्युत वाग्लेले बताए।