AnonymousUser

Logout

दशैँ मान्न भारतबाट घर फर्किँदै नेपाली

कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिने क्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म धनगढीले जनाएको छ।

फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत मर्मत

खोटाङबाट तराईका जिल्लासँग सिधा सम्पर्क हुने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा निर्माण गरिएको मोटरेबल पक्की पुल असोज १२ गते आएको बाढीले बगाएको थियो।

नेप्से परिसूचक ५६ अंकले बढ्यो, ६ अर्बको कारोबार

आइतबार नेप्से परिसूचक ५६ अंकले बढेर २६५३ को विन्दुमा पुगेको छ भने ६ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

खसीबोकाको बिक्री खुला, सिङमा हरियो रङ लगाएका खरिद गर्न सुझाव

काठमाडौँमा पश्चिम तराई र आसपासका  सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट खसीबोका ल्याइएको छ। हरेक वर्ष दशैँमा ४५ हजार खसीबोका ल्याइने गरेको छ।

भकुण्डे–तेमाल मेच्छेपौवा सडक खुल्यो, बीपी राजमार्गमा रोकिएका सवारी गन्तव्यतर्फ

बीपी राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका सवारीलाई वैकल्पिक मार्गबाट गन्तव्यसम्म पुर्‍याउने प्रयास भइरहेको मंगलटारस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।

बाढीपहिरो: १७ हजारभन्दा बढी प्रभावितको उद्धार 

सबैभन्दा बढी काभ्रेपलान्चोकमा ७२ जनाको मृत्यु भएको छ। त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको गृह मन्त्रालयले जनाएको छ।

विपद्‌को पूर्वतयारी र उद्धार प्रभावकारी हुन नसकेको सरोकारवालाको निष्कर्ष

जल तथा मौसम विज्ञान विभागले समयमा नै जानकारी प्रदान गरे पनि अन्य सरोकारवाला निकायले समयमा नै आवश्यक पूर्वतयारी गर्न नसकेको सहभागीले बताएका छन्। 

मर्मतका क्रममा पुनः पहिरो खसेपछि मेची राजमार्ग सञ्चालन अनिश्चित

सडकको चारैतिर धाँजा फाटेर जोखिम बढेपछि माईखोला–भन्ज्याङखण्डमा जारी मर्मतसम्भारको काम शनिबार साँझदेखि रोकिएको हो।

ला लिगा: रियल मड्रिडको अपराजित यात्रा कायमै

रियल नौ खेलबाट २१ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। एक खेल कम खेलेको बार्सिलोना समान अंक भए पनि शीर्षस्थानमा छ। 

यस्तो रहनेछ आइतबारको मौसम

लुम्बिनी र गण्डकीसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

लेबनानबाट चीनले गर्‍यो आफ्ना २१५ नागरिकको उद्धार

इजरायलले लेबनानमा बमबारी तीव्र पारेपछि चीनले २१५ नागरिकलाई उद्धार गरेको छ। रुस, फ्रान्स, स्पेन, जर्मनी र बेलायतलगायतका देशले पनि लेबनानबाट आफ्ना नागरिक झिकाउने अभियान थालेका छन्।

दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन चलाउन रोक

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डमा ट्रकलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

विपद्पश्चात् महामारीजन्य रोग फैलिएको जानकारी छैन : स्वास्थ्य मन्त्रालय

विपद्ले पानीका स्रोत प्रदूषित हुने हुँदा महामारीजन्य रोगको सम्भावना अधिक रहने भएकाले सबैले सतर्कता अपनाउन जरुरी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको भनाइ छ।

हुम्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

हुम्लामा जिप दुर्घटना हुँदा दशैँ मनाउन जाँदै गरेका दुई जनाको मृत्यु भएको छ।

पैयुँ गाउँपालिकामा कोदोको उत्पादक बढाउन किसानलाई प्रोत्साहन

कोदोको माग दैनिकजसो बढ्दै गए पनि उत्पादनतर्फ कृषकको आकर्षण बढ्न नसकेपछि अनुदान दिएर कोदोको व्यावसायिक उत्पादनमा आकर्षित गर्न थालिएको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए।

पहिरोमा परी कञ्चनजंगा आधार शिविर जाँदै गरेको पर्यटक टोलीका सहयोगीको मृत्यु

कञ्चनजंगा आधार शिविरतर्फ गइरहेको पर्यटक टोलीका एक सदस्यको पहिरोसँगै खसेको ढुंगाले लागेर मृत्यु भएको छ।

लेबनान नछाड्ने राष्ट्रसंघीय शान्ति सेनाको घोषणा

स्थानान्तरण हुन इजरायलले गरेको अनुरोधका बाबजुद संयुक्त राष्ट्रसंघीय शान्ति सेनाले दक्षिणी लेबनान नछोड्ने घोषणा गरेको छ।

बाढीबाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

आयोजनाले सर्लाही र रौतहट जिल्लामा करिब ४६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको छ। बाढीले क्षति पुर्‍याउँदा सिँचाइमा असर पुगेको आयोजनाका डिभिजन प्रमुख अनुभव चौधरीले बताए।

दशैँमा बालबालिकाको चंगा‍‍ उमंग (तस्वीरहरू)

बालबालिका दशैँका बेला हातमा लटाइ बोकेर निलम आकाशमा असीमित दूरीसम्म चंगा पुर्‍याउन र साथीभाइसँग मिलेर चंगा जुधाएर चेट बनाउन उत्साहित हुन्छन्।

लमजुङ जाँदै गरेको गाडी दुर्घटनामा १ जनाको मृत्यु, ५ घाइते

काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।