AnonymousUser

Logout

चित्तल मारेर लैजाँदै गरेका १ जना पक्राउ

रत्ननगर नगरपालिका–११ शीतल टोलमा दुई वटा चित्तल मारेर बोरामा लैजान लागेका एक जना पक्राउ परेका छन्।

बाढीपहिरोले क्षतिग्रस्त सडक–पुल मर्मतसम्भार अभियानमा सेना

विपद्बाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्त्वको पक्की पुल र ग्रामीण सडक मर्मत गर्न ६ हजार सकल दर्जा खटिइरहेको नेपाली सेनाले जनाएको छ।

पूर्वसचिव खनालको नेतृत्वमा आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

सरकारले पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा विज्ञहरूको पाँच सदस्यीय उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ।

नेप्से परिसूचक २७ अंकले घट्यो, साढे चार अर्बको कारोबार

मंगलबार नेप्से परिसूचक २७.३९ अंकले घटेर २६६३.३२ को विन्दुमा सीमित भएको छ।

मानव अधिकार आयोग दशैँमा पनि खुल्ने

राष्ट्रिय मानव अधिकार आयोगले केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय दशैँ अवधिमा खुला रहने जनाएको छ।

पदयात्राका क्रममा पोल्यान्डका नागरिकको मृत्यु

हिमाली पदयात्राका क्रममा रसुवा र नुवाकोटको सिमानास्थित सूर्यकुण्ड आसपासमा पोल्यान्डका नागरिक २३ वर्षीय सोविन्का अग्निएस्ज्काको मृत्यु भएको छ।

साफ महिला च्याम्पियनसिप कात्तिक १ देखि

प्रतियोगितामा नेपाल, मालदिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंग्लादेशले सहभागिता जनाउँदै छन्।

जनकपुरको साढे ७ दशक पुरानो विद्यालय: पूर्वविद्यार्थीको पहलमा साख फर्काउने प्रयास

पूर्वराष्ट्रपति डा.रामवरण यादव, पूर्वगभर्नर सत्येन्द्रप्यारा श्रेष्ठलगायतले पढेको सरस्वती माविमा अहिले पूर्वाधार बनेका छन् तर व्यवस्थापन भद्रगोल नै छ। ७ वर्षपछि बल्ल व्यवस्थापन समिति गठन हुने तयारी छ।

कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

बेलौरी नगरपालिका– ६ ढक्काचाँदरस्थित घरतर्फ जाँदै गरेका उमेश चौधरीको जंगली हात्तीको आक्रमणमा मृत्यु भएको कुण्डा सबडिभिजन वन कार्यालयले जनाएको छ।

सप्तकोशीमा जेटबोट सञ्चालन, पहाडी भेगका यात्रुलाई सहज

जेटबोट सञ्चालन भएपछि भोजपुरको दक्षिणी क्षेत्र, धनकुटाका सिम्ले, अखुवाटार, त्रिवेणी, सांमालगायत ठाउँमा आउजाउ तथा खाद्यान्न ढुवानी सहज भएको छ।

काठमाडौँमा बढ्यो अधिकांश तरकारीको मूल्य 

घिउ सिमी ९०, टाटे सिमी ९०, तिते करेला ९०, परवर ९०, चिचिन्डो ६०, घिरौँला १००, भिण्डी ७० प्रतिकिलोमा कारोबार भइरहेको समितिले जनाएको छ।

छतमा यात्रु बोक्ने सवारीलाई २० हजारसम्म जरिबाना

यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच यात्रु बोक्नेक्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कडाइ गरेको छ।

कोशी, मधेश, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिक बदली रहेको छ। कोशी र बागमतीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

गाउँघरमा छैन दशैँको उमङ्ग

अधिकांश युवापुस्ता जिल्ला बाहिर बस्छन्, गाउँघरमा बुढापाका। बाढीपहिरोले बाटोघाटो बिग्रिए शहर बजारमा रहेका छोराछोरी आउन नपाएपछि बुढापाकाका लागि यस वर्षको दशैँ खल्लो हुने भएको छ।

चाडबाड सिजनमै मलहरूमा छैन चहलपहल (तस्वीरहरू)

महँगी बढेकाले मलहरूमा चहलपहल कम भएको व्यापारीहरूको अनुमान छ। यही अवस्था रहिरहे व्यवसायबाटै विस्थापित हुनुपर्ने अवस्था आउने उनीहरू बताउँछन्।

बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या २४६ पुग्यो, १८ जना बेपत्ता

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बाढी, पहिरो तथा डुबानमा परेर मृत्यु हुनेको संख्या २४६ पुगेको छ भने १८ जना बेपत्ता छन्।

अस्पतालका फार्मेसीमा अनलाइन भुक्तानी सुविधा नपाउँदा सास्तीमा सेवाग्राही

काठमाडौँका अधिकांश सरकारी अस्पतालका औषधि पसलमा अनलाइन भुक्तानीको व्यवस्था छैन। सजिलो विकल्प नहुँदा नगद जुटाउने झन्झट झेल्नुपरेको सेवाग्राहीको गुनासो छ।

सिन्धुलीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुवाहक बस सिन्धुलीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

‘माइक्रोआरएनए’ पत्ता लगाउने एम्ब्रोस र ग्यारीलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

‘माइक्रोआरएनए’ आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा यसको योगदानका लागि अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रुभ्कनलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ।

नेप्से परिसूचक ३७ अंकले बढेर २६९० को विन्दुमा, ७ अर्बको कारोबार

कारोबार भएका १३ उपसमूहमध्ये सोमबार दुई उपसमूहको शेयर मूल्य घट्दा ११ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ।