AnonymousUser

Logout

अर्घाखाँचीमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ घाइते

अर्घाखाँचीको जयठाटीमा बसले देउसीभैलो खेलिरहेकाहरूलाई ठक्कर दिँदा एक जनाको मृत्यु छ भने आठ जना घाइते भएका छन्।

धान भित्र्याउने बेलाको वर्षाका कारण उत्पादन घट्ने अनुमान, आयात बढ्न सक्ने

असोजमा परेको भारी वर्षाका कारण कोशी, मधेश र बागमती प्रदेशमा धानलाई असर पारेको छ, जसका कारण दुई प्रतिशतसम्म उत्पादनमा ह्रास आउन सक्ने कृषि मन्त्रालयको अनुमान छ।

हुम्लामा ३ दिनपछि पुनः शरू भयो हवाई उडान

सोमबार नेपालगन्जदेखि सिमकोटका लागि तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेका हुन्। 

रामपुरको एउटै फार्मबाट बिक्यो २ लाखको फूल

बुटवल, तानसेन, पोखरालगायत बजारबाट माग आएको भए पनि पठाउन नसकिएको फार्म सञ्चालक लालबहादुर थापा बताउँछन्।

उत्तराखण्डको मार्चुला बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुग्यो

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले अल्मोडा बजारनजिकैको जंगलमा भएको उक्त दुर्घटनाबारे अनुसन्धान गर्न निर्देशन दिइसकिएको बताएका छन्।

अमेरिकी राष्ट्रपति निर्वाचन: यसरी विभाजित छन् नेपाली आप्रवासी

ट्रम्प र ह्यारिस दुवैलाई रुचाउने नेपाली आप्रवासीहरूको खास चासो भने आर्थिक मुद्दा र आप्रवासीहरूको हितमा कसले ज्यादा काम गर्छ भन्नेमा जोडिएको छ।

 कार्यविधि नबन्दा १ वर्षदेखि टिनको टहरामा भूकम्पपीडित

संघीय सरकारले पुनर्निर्माणका लागि कार्यविधि ल्याउन नसकेकाले भूकम्पपीडितको आवास निर्माण ढिलाइ भएको सानीभेरी गाउँपालिका–४ का वडा अध्यक्ष मनोज बुढाथोकीको भनाइ छ।

युवकलाई बेपत्ता पारेको आरोपमा १ जना पक्राउ

रामेछापको मन्थलीका वीरबहादुर भुजेल तामाकोशी नदीमा बेपत्ता भएको घटना अनुसन्धानका क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

उत्तराखण्डको मार्चुलामा बस दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु

सोमबार बिहान उत्तराखण्डको अल्मोडा जिल्लामा पर्ने मार्चुला क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।

चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न

समुद्री सतहबाट ६८० देखि २६०० मिटरसम्म पर्ने भूभागमा बनेको प्रसारण लाइनका लागि ७६ वटा टावर निर्माण गरिएका छन्।

पानी परेसँगै हवाई उडान प्रभावित

काठमाडाैँ उपत्यकालगायत देशका विभन्न भागमा वर्षा भएसँगै हवाई उडान सामान्य प्रभावित भएको छ।

संस्कृत पढाउने ११५ वर्ष पुरानो विद्यालयः आधुनिक पाठ्यक्रम, गुरुकुल शैली

जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत विद्यालयमा संस्कृतसँगै प्राविधिक र अन्य विषय पनि पढाइन्छ। तर छात्रावासमा संस्कृत पढ्ने विद्यार्थी मात्र बस्छन् र उनीहरूले पढाइसँगै आम्दानी पनि गरिरहेका छन्।

कमला ह्यारिसले चुनाव जितेको हेर्न चाहन्छ युरोप

यदि डोनाल्ड ट्रम्प राष्ट्रपतिमा पुन: निर्वाचित भए युरोपले गम्भीर समस्याहरूको सामना गर्न सक्छ। सुरक्षा र स्वतन्त्र व्यापार सम्झौता खतरामा पर्न सक्छ।

कोरलामा नेपालतर्फ खानेपानी र शौचालयकै अभाव, चीनतर्फ भने भव्य महल

कोरलाको चीनतर्फ निर्माण भएका भवनभित्र पसलहरू छन्। भवन पछाडि ठूलो बस्ती बसेको छ। नेपालतर्फ भने व्यवसायीहरूले त्रिपालको अस्थायी टहरा बनाएर चिया तथा खाजा पसल सञ्चालन गरेका छन्।

स्पेनिस ला–लिगामा बार्सिलोनाको अर्को जित

आइतबार घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले इस्प्यानयोलमाथि ३–१ को जित हासिल गरेको हो।

उच्च पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै बांग्लादेश तथा भारतको मणिपुर आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

तिहार सकिएसँगै थालियो छठको तयारी

राजधानीका गुह्येश्वरी, कमलपोखरी, नागपोखरीलगायत स्थान तथा तराईका जिल्लामा छठ मनाउन छठ घाट निर्माण भइरहेको छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइन्छ।

मंगलबारदेखि मौसममा क्रमिक सुधार हुने

सोमबार बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान वर्षाको सम्भावना रहेको छ।

प्रदूषणका कारण पाकिस्तानको लाहोरमा विद्यालय बन्द

पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरको आकाश धुलोधुवाँ, प्रदूषण मिश्रित कुहिरोले ढाकिएपछि सरकारले एक हप्ताका लागि प्राथमिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

तिहारमा सुनसान छन् गाउँघर

गाउँघरमा देउसी भैलो खेलेर रमाइलो गर्ने मान्छे कम भएपछि गाउँका सबै एकै ठाउँमा जम्मा भएर ‘साउन्ड सिस्टम’बाट गीत बजाएर देउसी खेलेको मुक्लीका स्थानीय गणेश विकले बताउँछन्।