सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिकाअन्तर्गत नेपालभित्र सञ्चालित अन्य सामाजिक सञ्चाललाई समेत यथाशीघ्र सूचीकरण गराउन मन्त्रालयले विज्ञप्ति जारी गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलका लागि नेपाली राजदूतमा प्रा धनप्रसाद पण्डितलाई नियुक्त गरेका छन्।
मनसुनी बाढीले मात्र नभई हिमताल विष्फोट र अचानकको वर्षापछिको बाढीले गर्ने क्षति तथा सुक्खायाममा अनुमानभन्दा बढी नदी सुक्ने कारण ऊर्जामा आत्मनिर्भर बन्ने नेपालको लक्ष्यमा चुनौती थपिएको छ।
आज नेप्से १.८८ अंकले घटेर २ हजार ६७५.५१ को विन्दुमा सीमित भएको छ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्।
नेपालमा अहिले डेंगी संक्रमणको ४५औँ हप्ता चलिरहेको छ। ४२औँ हप्ताबाट डेंगी संक्रमण घट्न थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
गाजामा दुईतिहाइ अर्थात् १ लाख ६३ हजारभन्दा बढी भवन खण्डहर छन्, ३६ मध्ये १७ अस्पताल मात्र आंशिक रूपमा सञ्चालनमा छन्। ८७ प्रतिशत विद्यालय भवन पूर्ण क्षतिग्रस्त छन्। गाजा अनिकाल र भोकमरीको चपेटामा छ।
मानव विकास सूचकांकमा कम वरियता भएका देशमा क्यान्सरका बिरामी र मृत्युदर तीन गुणाले बढ्ने अनुमान गरिएको छ।
खेतमा काटेर सुकाएको धानको निहिन र पराल सोमबार र मंगलबारको वर्षाले डुबाएको किसानले बताएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँ तोकिएको छ।
अमेरिकाको ४७औँ राष्ट्रपति छान्न मंगलबार निर्वाचन भएको थियो। रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस प्रतिस्पर्धामा छन्।
एयर अरेबियाको विमान चढेर काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यानमारका नागरिक मंगलबार साँझ पक्राउ परेका हुन्।
खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीन जनामध्ये एक जनाको मृत्यु भएको छ।
लिभरपुलले भने च्याम्पियन्स लिगमा आफ्नो उत्कृष्ट लयलाई कायम राख्दै बायर लेभरकुजनलाई ४–० ले पराजित गरेको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।
मानव बेचबिखन मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादीलाई कुवेतबाट पक्राउ गरी नेपाल ल्याइएको छ।
छठ पूजाका लागि कमलपोखरी झिलिमिली बत्ती राखेर सजाइएको छ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पोखरा विमानस्थलका लागि लिइएको चिनियाँ ऋणलाई अनुदानमा बदल्ने प्रयास नेपालले गरिरहँदा चिनियाँ राजदूतले ‘चिनियाँ ऋण अनुदानमा परिणत भएको नजिर नभएको’ बताएका छन्।
अनुसन्धान आयोगले हसिनाको निष्कासनपछि पाँच जनालाई गोप्य हिरासत केन्द्रबाट रिहा गरिएको तर अझै धेरैको विवरण नआएको जनाएको छ।
उच्च अदालत पाटनले दीपक मनाङेलाई गरेको पाँच वर्ष कैद सजायको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको छ।