नेपाली सेनाको सडक निर्माण कार्यदल सिस्नेरी बेस क्याम्पमा कार्यरत सेनाका लेसनायकको करेन्ट लागेर मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
व्रतालुहरूले पोखरी, तलाउ तथा नदी किनारमा निर्माण गरिएका छठघाटमा अस्ताउँदै सूर्यलाई अर्घ्य दिएर तेस्रो दिनको छठ पर्व मनाएका छन्।
इन्टरनेट सेवा प्रदायक दर्जनौँ कम्पनीका तारको आ–आफ्नो सञ्जाल छ। उपभोक्ताले कुनै कम्पनीको सेवा बन्द गरेपछि तार ननिकालिँदा पोलमा भार थपिने गरेको छ। प्रयोगविहीन तिनै तार दुर्घटनाको कारण बनेका छन्।
इरानले अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयलाई अमेरिकाका लागि विगतका ‘गलत नीति’को पुनरावलोकन गर्ने अवसर भएको बताएको छ।
रामेछाप, मन्थली, खाडादेवी गोकुलगङ्गा, लिखु तामाकोसीसहितका पालिकामा ड्रागन फ्रुटको व्यावसायिक खेती विस्तार हुँदै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ।
परीक्षा निरीक्षकले शिवकुमार राईको उत्तरपुस्तिका नियतवश केरमेट गरेर अनुत्तीर्ण गराएको उजुरीका आधारमा पुनः परीक्षण गर्दा उनी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
नेपालले दिएको १३१ रनको विजयी लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा अलआउट हुँदै २२ रनमा समेटियो।
फेसबुक र इन्स्टाग्राम सञ्चालन गरेको मेटा कम्पनीले सरकारले पेस गर्न चाहेको जुनसुकै पनि उमेर सीमालाई सम्मान गर्ने जनाएको छ।
टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको हो।
बुधबार तोलाको १ लाख ६८ हजार ५०० रुपैयाँ रहेको छापावाल सुन बिहीबार १ लाख ६४ हजार ५०० रुपैयाँमा झरेको छ।
चिलिमे–मैलुङखण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर मल्टी सर्किट लाइन निर्माण गरिएको छ।
गभारोका कारण पोखराको फेवाफाँटस्थित एक हजार रोपनी क्षेत्रफलमा लगाएको जेठोबुढो धानबाली सखाप भएको छ।
स्थानीय तहले क्षतिको पूर्ण विवरण तयार गर्न नसक्दा केन्द्र सरकारबाट प्राप्त हुने सहयोग उपलब्ध गराउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कोदोखेती गर्ने किसानलाई सरकारले आर्थिक अनुदान र प्रोत्साहन गरिदिए सहज हुने किसानको भनाइ छ। बीउ मात्रै उपलब्ध गराए पनि धेरै सहयोग पुग्ने उनीहरू बताउँछन्।
पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले ट्रम्पलाई बधाई दिँदै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा उनको दोस्रो कार्यकालको पूर्ण सफलताको कामना गरेका छन्।
राजनीतिक नेतृत्व रिझाएर लामो समय सूचना प्रविधि र सुरक्षण मुद्रणको क्षेत्रमा लुट मच्चाएका विकल पौडेलले खेपिरहेका ६ वटा मुद्दा राजनीति संरक्षित उनको ‘नेक्सस’ बुझाउन पर्याप्त छन्।
आईसीसी महिला यू–१९ विश्वकपको एशिया छनोटमा नेपालले थाइल्यान्डलाई पराजित गर्दै प्रतियोगतामा सुखद शुरूआत गरेको छ।
वन तथा वातावरण मन्त्रालयले कुनै पनि भूमिका नभएका दुई दर्जनभन्दा धेरै कर्मचारीलाई संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२९ मा सहभागी गराउँदै छ।
रुकुमदेखि काठमाडौँका लागि छुटेको ना८ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटनामा परेको हो।