नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया निर्धारित ६ ओभरमा सबै विकेट गुमाएर १०० रनमा समेटियो।
धनगढी क्षेत्रमा घरायसी प्रयोजनका लागि मात्रै फूल रोप्ने चलन रहेकामा पछिल्ला वर्षमा व्यावसायिक रूपमा पुष्पखेती गर्नेहरू बढ्दै गएका छन्।
कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
स्पेनमा बुधबार आएको भीषण बाढीका कारण शुक्रबारसम्म ज्यान गुमाउनेको संख्या २०० नाघेको छ।
गुल्मीको पश्चिमी क्षेत्रका विपन्न परिवारका महिला पाकेका अम्बा टिपेर बिक्रीका लागि तम्घास ल्याउने गर्दछन्। उनीहरूले अम्बा बिक्री गरेर तिहारका लागि नुनतेल तथा चिनी किन्ने खर्च जुटाउने गर्छन्।
युक्रेनमाथि ‘विजयसम्म सधैँ रुसी सेनासँग दृढतापूर्वक उभिने’ विदेशमन्त्री चो सोन-हुईले रुसी समकक्षी सर्गेइसँगको वार्तापछि मस्कोमा घोषणा गरेकी हुन्।
दिङ्बोचे स्वास्थ्य चौकीमा सामान्य उपचारपश्चात् उनलाई काठमाडौँ फर्कने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
पाकिस्तानको पश्चिमी क्षेत्रमा पोलियो खोप लगाउनेहरूको सुरक्षार्थ खटिएका प्रहरीलाई लक्षित बम विस्फोटमा परी पाँच बालबालिकासहित सात जनाको मृत्यु भएको छ।
पालिकाहरूले यातायात व्यवसायीबाट गैरकानूनी रूपमा सडकमा कर उठाइरहेको गुनासोपछि गृह मन्त्रालयले त्यस्ता गतिविधि रोक्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ।
राज्यले वासस्थान बनाइदिने दिने आस पालेर बसेका बाढीपहिरो पीडितको एक महिना त्यतिकै बितेको छ। तर अहिलेसम्म सरकारले उचित व्यवस्थापनसमेत नगरेको उनीहरूको गुनासो छ।
निर्माण कम्पनीको लापरबाहीले सडकको काम पूरा नभएको हो। सडक हेर्ने पूर्वाधार कार्यालयले पनि ठेकेदारलाई ताकेता गर्न सकेको छैन। बरु म्याद थप्दै बसेको छ।
टोखा–छहरे सडकमा बिहीबार राति भएको दुर्घटनामा तादी गाउँपालिका–३ का ३५ वर्षीय विनोद चौलागाईंको मृत्यु भएको छ।
डोल्पामा प्रशस्त च्यांग्रापालन भए पनि बजार नपाउने नभएकाले धेरै किसानले भुवा निकाल्ने गरेका छैनन्। निकालेको भुवा पनि चिनियाँ बजारमा जाने गरेको छ।
इंग्ल्यान्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले ४.२ ओभरमा बिना कुनै विकेटको क्षति ९९ रन बनायो।
पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आयल निगमले डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँका दरले घटाएको छ।
स्पेनी अधिकारीहरूले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन आग्रह गरेका छन्।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार थाई एयर एशियाले माफी मागेपछि काठमाडौँ र भैरहवाबाट उडान गर्ने शर्तसहित उडान प्रतिबन्ध फुकुवा गरिएको हो।
तिहारका अवसरमा काठमाडौँ उपत्यकाका अधिकांश घर, भवन, मठमन्दिर झिलिमिली बत्तीले सजाइएका छन्। बिहीबार साँझ घरघरमा दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिँदै छ।
पटकाबाट निस्कने विषाक्त धुवाँ र ग्यासले एलर्जी, आँखा पोल्ने, छाला चिलाउने, दम, कलेजो, फोक्सो, मुटु तथा श्वासप्रश्वाससम्बन्धी समस्या हुनसक्ने भन्दै सतर्कता अपनाउन जनस्वास्थ्यविद्हरूले आग्रह गरेका छन्।