थारू समुदायमा वंशाणुगत स्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेलबाट यो समुदायका झन्डै १२ प्रतिशत नागरिक प्रभावित भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।
नेपाल पर्यटन बोर्डका अनुसार भारतीय र चिनियाँ पर्यटक घटेका छन् भने अमेरिकी पर्यटक बढेका छन्।
सोखले मिथिला चित्र कोरिरहेका महिलालाई सीप सिकाउँदै आर्थिक उपार्जनसँग जोड्न तीन दशकअघि खुलेको नारी विकास केन्द्र आफ्नै नेतृत्वको बदमासी र स्थानीय सरकारको बेवास्ताले बन्द हुन ठिक्क परेको छ।
पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर सूर्यदर्शन सहकारीको बचत रकम अपचलनको अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।
तिहारको बिदापछि खुलेको शेयर बजारमा नेप्से परिसूचक ०.२१ अंकले घटेर २६७७.४० मा सीमित भएको छ।
बजारमा छठ पर्वमा आवश्यक पर्ने सरसामान तथा फलफूल किन्नेको चहलपहल बढेको छ।
एक जना शिक्षकले मार्चयता तलब नपाएको, आफूसँग अन्य कुनै आयस्रोत नभएकाले आधारभूत आवश्यकता पूरा गर्न आफन्तहरूबाट ऋण लिइरहेका बताए।
असोज १२ गते माइखोलाको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका–१ र ७ स्थित धोद्रेबेँसीमा चार वटा टावरमा क्षति पुर्याएको थियो।
गाउँमा रहेका २६० घरधुरी चारवटा धाराको पानीमा निर्भर छन् । कहिलेकाहीँ धारामा पानी नआउँदा एक घण्टा पैदल दूरीमा रहेको तिला नदीको पानी पिउन बाध्य छन्।
इरानी एजेन्टसँग काम गरिरहेका आतंककारी कार्यकर्ता पक्राउ गर्न इजरायली सेना सिरियामा प्रवेश गरेका थिए।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाला सुन प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँ तोकेको छ।
पानीले अन्य बालीमा असर नपुगे पनि काटेको धानलाई क्षति पुर्याएको र के कति क्षति भयो भन्ने तथ्यांक संकलन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
कारमा सवार महोत्तरीको गौशाला–२ का ३१ वर्षीय जनक यादव भने पौडिएर बाहिर निस्किन सफल भएका थिए।
पुनर्वासको व्यवस्था नहुँदा ललितपुरका पीडितले आफन्तको घर, टहरा र डेरामा यसपटकको दशैँतिहार मनाएका छन्।
कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यमिक विद्यालयको पोखरीमा गएर डुबेको थियो।
ग्राउन्ड प्रेरी क्रिकेट रंगशाला टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा २६ रन बनाएको अवस्थामा खेल रोकिएको थियो।
कोशी, बागमती र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।
अर्घाखाँचीको जयठाटी बस दुर्घटनामा एक जनाको घटनास्थलमै र घाइते एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
वर्षासँगैको पहिरोले मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबार साँझदेखि अवरुद्ध भएको छ।
त्रियुगा नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको र एक बेपत्ता रहेको प्रहरीले जनाएको छ।