सर्वोच्च अदालतले गत पुस ३ गते काठमाडौँ उपत्यकाको बागमती र यसका सहायक नदी किनारमा थप २० मिटरभित्र संरचना बनाउन नपाइने फैसला गरेको थियो।
ईयूका सदस्य राष्ट्रले बुल्गेरिया र रोमानियालाई अर्को वर्षको शुरूदेखि सीमारहित सेन्जेन क्षेत्रको पूर्ण सदस्य बन्न स्वीकृति दिएका छन्।
भारत भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेकी छन्।
विदेशी मुद्रा सञ्चितिले १८ महिनाको वस्तु र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ।
नेपालीलाई कुनै समय जर्मनी र फ्रान्सजस्ता शक्तिशाली देशले पनि अन–अराइभल भिसा दिन्थे, तर अहिले युद्धमा फसेको र नेपाली शान्ति सेना जाने लेबनानले पनि पत्याउँदैन। किन कमजोर भयो नेपालको राहदानी?
काठमाडौँ जिल्ला अदालतले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा छोड्न आदेश दिएको छ।
पहिलोग्रस्त क्षेत्रमा जोखिम अत्यधिक भएकाले पाँच किमी सडक कालोपत्र नगरी राखिएको योजनाका सूचना अधिकारी, इन्जिनियर अरुण खत्रीको भनाइ छ।
एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुरले काठमाडौँलाई ५ विकेटले पराजित गर्दै एक खेलअगावै प्लेअफमा स्थान बनाएको छ।
बिहीबार कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारीको बचत रकम अपचलन मुद्दामा अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।
बिहीबार नेप्से परिसूचक १.१३ प्रतिशत घटेर २६८२.२९ को विन्दुमा सीमित भएको छ भने ६ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
क्यालिफोर्नियास्थित भान्डेनबर्ग स्पेस फोर्स बेसमाथि ड्रोन उडाएको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
सडक भासिएर क्षतिग्रस्त बनेको इच्छुमती (टुकुचा) खोलाको एघार मिटर लामो कलभर्टको निर्माण भएसँगै सडक सञ्चालनमा आएको हो।
एनपीएलको इतिहासमै पहिलो सुपर ओभरमा पोखराले विराटनगरलाई १३ रनले हराएको हो।
कर्णाली प्रदेशकै ‘नमूना’ भनिएको बसपार्क सञ्चालन गर्ने जिम्मा लिएको ठेकेदार कम्पनी भागेपछि विरेन्द्रनगर नगरपालिका बसपार्कका व्यवसायीबाट आफैंले तोकेको भाडा उठाउन सकिरहेको छैन।
अमेरिकाले खलील हक्कानीको बारेमा जानकारी दिनेलाई ५० लाख डलर पुरस्कार तोकेको थियो। हक्कानी नेटवर्क अमेरिकामा 'विदेशी आतंकवादी संगठन' को सूचीमा छ।
नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन्।
जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
यस्तै स्पेन, पोर्चुगल र मोरक्कोलाई सन् २०३० को विश्वकपको संयुक्त आयोजनाको अधिकार दिइएको छ।