AnonymousUser

Logout

भन्सार छलीको गाडी प्रयोगको आरोपमा चिनियाँ नागरिकसहित ३ जना पक्राउ

प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकसहित तीन जनाबाट भन्सार छलीको गाडी र स्रोत नखुलेको १४ लाख ६० हजार रुपैयाँ बरामद भएको जनाएको छ।

सिमकोट विमानस्थलमा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

दुई दिनको हिमपात भएपछि सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएर मंगलबार हवाई सेवा सञ्चालनमा आएको छ।

यस्तो छ बीआरआई फ्रेमवर्क सम्झौता

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको बीआरआई सहकार्यको फ्रेमवर्क सम्झौता परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ।

अदालतको अवहेलना मुद्दामा रास्वपा नेताहरूसँग लिखित जवाफ माग

सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा रास्वपाका सांसदसहित केन्द्रीय पदाधिकारीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ।

कार्यदल गठन गर्ने सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको निर्णय  

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ।

जलवायु परिवर्तनको असर : सगरमाथा क्षेत्रका महिलाको स्वास्थ्यमा संकट

हिमाली क्षेत्रमा बेमौसमी हिमपात र अस्वाभाविक तापक्रम वृद्धिले प्रजनन स्वास्थ्यमा समेत प्रभाव पारेको छ। महिलाहरूले समयमै चिकित्सकीय परामर्श नपाउँदा समस्या गम्भीर हुने गरेका छन्।

मोटरसाइकलको भयावह यात्राः दुर्घटना निम्त्याउने प्रमुख सवारीसाधन

सवारी दुर्घटनाबाट हुने कुल मृत्यु वा घाइतेमध्ये ६८ प्रतिशत मोटरसाइकलका कारणले हुन्छ। ट्राफिक नियम मिचेकोमा सबैभन्दा धेरै कारबाहीमा पर्ने पनि मोटरसाइकल चालक नै छन्।

धनुषा र महोत्तरीमा गहुँखेतीका लागि डीएपी मल अभाव

पहिलो चरणमा प्राप्त डीएपी मल बिक्री भइसकेको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरका निमित्त प्रमुख वेचनकुमार साहले जानकारी दिए।

एनपीलमा कर्णालीसँग पोखरा ७ विकेटले पराजित

विलियम बोसिस्टोको कीर्तिमानी प्रदर्शनमा एनपीलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको छ।

तराई क्षेत्रमा बाक्लो हुस्सु, उडान प्रभावित

तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण उड्डयन क्षेत्र प्रभावित भएको छ।

शेयर बजारमा लगातार गिरावट, २६७० विन्दु तल झर्‍यो नेप्से

मंगलबार नेप्से परिसूचक ६.३२ अंकले घटेर २६६९.८२ को विन्दुमा सीमित भएको छ भने चार अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

नारायणगढ–बुटवल सडक: म्याद थपिएको ५ महिनापछि विस्तारको काम शुरू

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि शुरू भएको छ।

एनपीएल : पोखराले कर्णालीलाई दियो १०४ रनको लक्ष्य

एनपीएलमा मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।

गुगलले बनायो नयाँ ‘कम्प्युटिङ चिप’, १० सेप्टेलियन वर्ष लाग्ने काम मिनेटभरमै

विलोको सहायतामा क्वान्टम कम्प्युटर यति शक्तिशाली हुनेछन् कि सुपर कम्प्युटरले खर्बौं वर्ष लगाएर गर्ने काम क्षणभरमै गर्न सक्नेछन्।

रोहितको अलराउन्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र जोड्न सक्यो। 

हुस्सुले ढाक्दै मधेशः चिसोले जनजीवन प्रभावित

मंसिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि मधेशको जनजीवन कष्टकर बन्दै गएको छ।

विवादले घेरिरहने बेलायती राजपरिवार, के हो पछिल्लो विवाद?

जनताको करमा पालिएको संस्थाले निजी सम्पत्ति भाडामा लगाउने प्रवृत्तिमाथि गम्भीर प्रश्न चिह्न खडा भएको छ। विभिन्न संघ–संस्थाले दुवै डचीहरूको पूर्ण र पारदर्शी समीक्षाका लागि आह्वान गरेका छन्।

रोहित र जफरको अर्धशतकमा लुम्बिनीले चितवनलाई दियो १६८ रनको लक्ष्य

त्रिवि मैदानमा टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ६ विकेटको क्षतिमा १६७ रन जोड्यो।

रौतहटमा स्कर्पियो दुर्घटना, ८ जनाको मृत्यु

बाराको गढीमाई दर्शन गरेर फर्किँदै गरेका दर्शनार्थी बोकेको स्कर्पियो चन्द्रपुर–४ धन्सारपुल नजिक जंगलमा मंगलबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ।

यू१९ महिला एशिया कपका लागि नेपाली टोलीको घोषणा

यू१९ महिला एसिया कपमा भारत र पाकिस्तानसँगै नेपाल समूह ‘बी’मा रहेको छ। नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पुस १ र भारतसँग पुस २ गते खेल्नेछ।