AnonymousUser

Logout

मुग्लिन–पोखरा सडकः रातिको अवरोध हट्यो

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा सोमबारदेखि उक्त अवरोध हटेको हो।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

हरेक बर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ। दिवसको यस वर्षको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ।

यस्तो रहनेछ मंगलबारको मौसम

दिउँसो कोशीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

नेपालले अन्तर्राष्ट्रिय अदालतसामु माग्यो जलवायु न्याय

नेपालले अन्तर्राष्ट्रिय अदालतसामु जलवायु परिवर्तनको वर्तमान अवस्था, यसका कारणले परेको असरबारे आफ्नो अवस्था दर्साउँदै जलवायु न्याय (क्लाइमेट जस्टिस)को माग गरेको छ।

म्याग्दीको मुनामा संकटापन्न रेडपाण्डा भेटिएपछि संरक्षणमा जुट्दै स्थानीय

धौलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बञ्चरेडाँडा जंगलमा भेटिएको संकटापन्न रेडपाण्डा जोगाउन समुदायलाई नै थप सक्रिय बनाइने बताएका छन्।

सानो पाइला सहकारीको बचत अपचलनबारे बयान लिन रवि लामिछानेलाई पुर्‍याइयो पर्सा

वीरगन्जको सानो पाइला सहकारीको रकम ठगी प्रकरणमा अनुसन्धानका लागि सोमबार पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखराबाट हवाई उडानमार्फत पर्सा पुर्‍याइएको छ।

लरेन्स विश्नोईको नाममा दुर्गा प्रसाईंले चलाएका थिए ‘असुली’, व्यवसायी धम्क्याउन भारतमा रहेका फुएलको प्रयोग

दुर्गा प्रसाईंले व्यवसायीहरूलाई धम्क्याउन हरिचन्द्र फुएल नाममा भारतीय आधारकार्ड लिएका नवीन प्रधानलाई प्रयोग गरेको, उनले नेपालका २४० जनालाई विश्नोईको नामबाट फोन गरेको खुलेको छ।

आगलागीमा परी १ जनाको मृत्यु, ९ घाइते

काठमाडौँसहित सात जिल्लामा भएका आगलागीका घटनामा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।

संक्रमणकालीन न्याय आयोगका पदाधिकारीको श्रेष्ठसूची सच्याउन माग

अधिकारकर्मीले संक्रमणकालीन न्याय आयोगका अध्यक्षको श्रेष्ठसूचीप्रति द्वन्द्वपीडितले आपत्ति जनाइसको अवस्थामा उनीहरूको नेतृत्वमा गठन हुने आयोग पनि विश्वसनीय नहुने भन्दै सूची सच्याउन माग गरेका छन्।

उमेर ढाँटी लाभ लिएको आरोपमा बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले उमेर ढाँटी लाभ लिएको आरोपमा बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको छ।

सोमबार पनि घट्यो नेप्से परिसूचक, साढे ५ अर्बको कारोबार

सोमबार नेप्से परिसूचक १२.८७ अंकले घटेर २६७६.१२ को विन्दुमा सीमित भएको छ।

पानी अभावले रित्तिँदै गाउँ, बस्नेलाई उस्तै सास्ती

भूकम्पपछि खानेपानी अभावले जाजरकोटका बस्ती रित्तिँदै छन्। मध्यम आर्थिक अवस्था भएका बसाइँ सरिसकेका छन्। निम्न आर्थिक अवस्था भएका कि सास्तीमा छन्, कि परिवारै लिएर कालापहाड जान बाध्य छन्। 

दक्षिण कोरियाली राष्ट्रपतिलाई देश छोड्न रोक

दक्षिण कोरियाको न्याय मन्त्रालयले राष्ट्रपति युन सुक योललाई सैनिक शासनको घोषणा गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै उनीमाथि यात्रा प्रतिबन्ध लगाएको जनाएको छ।

भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता जाहेर गर्दै माइतीघरमा प्रदर्शन

संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका साथै भ्रष्टाचारविरुद्ध तथा सुशासनका पक्षमा क्रियाशील विभिन्न सामाजिक संघ संस्थालेसमेत विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाएका छन्।

अर्थमन्त्री पौडेल र अमेरिकी सहायक विदेशमन्त्री लुबीच छलफल

अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न मन्त्री लुलाई आग्रह गरे।‍

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : नेपालको अवस्था झन् खस्कँदै

भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ।

हुम्लाको सदरमुकाम सिमकोटमा यो वर्षकै पहिलो हिमपात

सोमबार बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको छ।

अपदस्थ सिरियाली राष्ट्रपति असद परिवारसहित मस्कोमा, पुटिनले दिए राजनीतिक शरण

विद्रोही समूहले आइतबार राजधानी दमास्कस कब्जा गरेसँगै असद आफ्नो परिवारसहित देश छाडेर भागेका थिए। यसबीच उनी कहाँ गए भन्नेबारे कुनै तथ्य सामने आएको थिएन।

बाँदरले सुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित

पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरू समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताए।

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी र बागमती प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।