AnonymousUser

Logout

पिलीमा ६ करोड ८९ लाख खर्चेर बनाइँदै ‘युद्ध संग्रहालय’

पिलीमा युद्ध संग्रहालयसहित करिब एक हजार ९०० मिटर पैदलमार्ग, भ्युटावरलगायतका संरचना निर्माण गरिएको डिभिजन वन कार्यालयका प्रमुख महेश कुमाईंले जानकारी दिए।

तारकेश्वरमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

तारकेश्वरमा मिनी टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

२ प्रदेश जोड्दै कालीगण्डकीमा बन्यो पक्की पुल

कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण भएपछि गुल्मी र पर्वतको सदरमुकाम हुँदै अन्य जिल्लामा आवतजावतका लागि सडकको दूरीसमेत घटेको छ।

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेट

उनीहरूबीच एमालेको पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव मीना भण्डारीले जानकारी दिइन्।

घट्यो मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको बिजुली उत्पादन

आयोजना केन्द्रका प्रमुख पवन बस्नेतका अनुसार ३० मेगावाट बिजुली उत्पादन घटेको छ। अझै पानी कम हुँदै जाने र क्रमशः उत्पादन घट्दै जाने उनको भनाइ छ।

धनराज र ऋषिकेशलाई सरकारले जोगाइरहेको माओवादीको आरोप

माओवादी केन्द्रको स्थायी समिति बैठकपछि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले आफ्ना मान्छेलाई जोगाइरहेको र टाढाकालाई छानी–छानी कारबाही गरिरहेको बताए।

कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित

कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह, श्वासप्रश्वास एवं दम रोगसँग सम्बन्धित बिरामी बढिरहेको प्रदेश स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ।

भृकुटीमण्डपमा पुस्तक मेला (तस्वीरहरू)

पुस्तक प्रदर्शनीमा नेपालसहित चीन, भारतलगायतका देशका प्रकाशक, उत्पादक तथा वितरकको पनि सहभागिता छ। 

एकै परिवारले उत्पादन गरे १ वर्षमा ३४ लाखको अलैँची

सन्दकपुर गाउँपालिका–२ माइमझुवाका किसान गिरिराज खनालले मकैबारी मासेर गरेको खेतीबाट ३० मन अलैँची उत्पादन गरेको बताए।्

बिहीबार नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

बिहीबार नेप्से परिसूचक ४.६३ अंकले बढेर २५८६.२३ को विन्दुमा कायम भएको छ।

आन्तरिक पर्यटकको रोजाइमा सिमसार क्षेत्र

लहानदेखि उत्तरतर्फ पर्ने चुरे क्षेत्र आसपासका सिमसार क्षेत्र वनभोज र घुम्नका लागि उपयुक्त गन्तव्य बन्न थालेका छन्।  

अनलाइन सपिङका नाममा ठगी: सामाजिक सञ्जालमा आकर्षक विज्ञापन, रकम लिएपछि बेइमानी

पछिल्लो साढे ३ वर्षमा अनलाइन सपिङका नाममा सामाजिक सञ्जालमार्फत झन्डै ९ करोड रुपैयाँ ठगी भएको प्रहरीमा उजुरी परेको छ। सस्तो मूल्यको आकर्षक सामान राख्ने र रकम लिएपछि डेलिभरी नगर्ने घटना धेरै छन्।

राज्य व्यवस्था समितिबाट भ्रष्टाचार निवारणसम्बन्धी विधेयक पारित

विधेयकमाथिको छलफलमा उठेका विषयलाई टुंगोमा पुर्‍याउन समिति सदस्य हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरिएको थियो।

सिन्धुपाल्चोक केन्द्र भएर ४.८ म्याग्निच्युडको भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार दिउँसो १.०२ बजे ४.८ म्याग्निच्युडको भूकम्प गएको हो।

रोङमा ब्रान्डिङ गरेर तितेकरेलाको बिक्री

किसानले उत्पादन गरेको तितेकरेला गाउँपालिकाले ‘ब्रान्डिङ’ गरेर बिक्री गरिदिन थालेपछि यसको खेती पनि बढेको छ।

काम नगर्ने १२ निर्माण कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा परेका निर्माण व्यवसायी र आपूर्तिकर्ताले एकदेखि तीन वर्षसम्म कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने जनाएको छ।

उच्च शिक्षामा महिलाको पहुँच बढाउन मधेशमा छोरीलाई छात्रवृत्ति

प्रदेशका अति विपन्न तथा सीमान्तकृत समुदायका छोरीलाई उच्च शिक्षामा जोड्न प्रदेश सरकारले छात्रवृत्ति योजना अघि बढाएको छ। उच्चशिक्षा पढ्न यसपालि तोकिएका चार समूहभित्रका ६०० छात्राले यो अवसर पाउने छन्।

टिमाईको झोलुंगे पुल बन्यो नयाँ पर्यटकीय गन्तव्य

झापाको बुद्धशान्ति गाउँपालिकाको टिमाई नदीमा नवनिर्मित झोलुंगे पुलमा पर्यटकको घुइँचो लाग्न थालेको छ। भारतको सिक्किम तथा पश्चिम बंगालबाट समेत पुल हेर्न पर्यटक आउने गरेका छन्।

बाँकेका किसानले खाद्यलाई बेचे ११ करोडको धान

धान बिक्री गर्न ६७३ किसानले स्थानीय तहको सिफारिस दर्ता गरेकामा अहिलेसम्म ५६७ जनासँग खरिद गरिसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ।

तराईमा बाक्लो हुस्सु, पहाडमा आंशिक बदली रहने

दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। तराईमा बिहान लागेको हुस्सु दिउँसो क्रमशः खुल्दै जानेछ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।