AnonymousUser

Logout

चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन

पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा होटल व्यवसाय गर्ने स्थानीय कम थिए। तर अहिले ढोरपाटन उपत्यकामा मात्रै करिब ४० हाराहारी होटल सञ्चालनमा छन्।

प्राकृतिक विपद्: १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बीमा दाबी

नेपाल बीमा प्राधिकरणका अनुसार, तीन हजार ६८६ वटा दाबीको आवेदन परेको छ। सोमध्ये हालसम्म एक हजार ८०९ वटा दाबीको १ अर्ब ७८ करोड ८१ लाख ३८ हजार रुपैयाँ भुक्तानी भएको छ।

यस्तो रहनेछ शनिबारको मौसम

दिउँसो देशभरको मौसम मुख्यतया सफा रहने सम्भावना छ। राति हिमाली क्षेत्रमा आंंशिक बदली रहनेछ।

बाक्लो कुहिरोका कारण दिल्लीमा हवाई उडान र रेलसेवा प्रभावित

बाक्लो कुहिरोका कारण शुक्रबार भारतको हवाई उडान र रेल सञ्चालनमा असर परेको छ।

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनलाई पक्रने प्रहरीको प्रयास विफल

युनको सुरक्षा दस्ता तथा दक्षिण कोरियाली सेनाले प्रहरीलाई रोक्नका लागि बाटोमा सवारीसाधनसमेत तेर्स्याएको थियो।

कहाँ ‘हराए’ दुई वर्षमा विश्वविद्यालय भर्नायोग्य २ लाख ६३ हजार विद्यार्थी?

स्तरीय पढाइ हुने ठूला क्याम्पसमा पहिलेभन्दा विद्यार्थी बढ्दा धेरैजसो क्याम्पसमा भने विद्यार्थी ह्वात्तै घटेका छन्। यसका पछाडि विदेश मोहभन्दा विश्वविद्यालयहरूको खस्कँदो स्तर ज्यादा जिम्मेवार छ, कसरी?

निरन्तर किन खुम्चिँदै छ टेलिकम सेवाप्रदायकको आम्दानी?

विश्व बैंकको नेपालसम्बन्धी प्रतिवेदनमा सन् २०१६ मा दूरसञ्चार कम्पनीले मुलुकको जीडीपीमा करिब ४ प्रतिशत योगदान गरेकोमा सन् २०२३ मा आइपुग्दा यो आधाभन्दा बढीले कम भएको उल्लेख छ।

फ्लूबाट दीर्घरोगी र ज्येष्ठ नागरिक बढी जोखिममा

फ्लूबाट बच्नका लागि बिरामी भएका व्यक्तिसँग भौतिक दूरी कायम गर्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, मास्क लगाउने, सरसफाइमा ध्यान दिनेलगायत सुझाव चिकित्सक दिन्छन्।

क्यालिफोर्नियामा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु, १९ घाइते

क्यालिफोर्नियाको एक व्यापारिक भवनमा विमान ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन्।

तराई क्षेत्रमा बढ्दै चिसो, सतर्कता अपनाउन चिकित्सकको आग्रह

प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. जामुनप्रसाद सिंहले केही दिनदेखि अत्यधिक चिसो बढेकाले सतर्कता अपनाउन आग्रह गरे।

स्वास्थ्य बीमा सुधार गर्न गठित समितिले बुझायो प्रतिवेदन

स्वास्थ्य बिमा क्षेत्र सुधार गर्न गठित सुधार समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेको छ।

वीरगन्जबाट बढ्यो धानचामल आयात

वीरगन्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा ३ अर्ब ९३ करोड ६३ लाख २० हजार रुपैयाँको धान आयात भएको छ। 

महाकाली सन्धिका २९ वर्ष: नेपाललाई पानी दिन भारतको बेवास्ता

महाकाली सन्धि भएको करिब तीन दशक बितिसक्दा पनि शारदा बराजबाट नेपालतर्फ पानी पठाउन भारतले लिंक नहर बनाएको छैन। जबकि, सन्धिमा भारतले त्यतातर्फको ११ सय मिटर नहर बनाउनु पर्ने उल्लेख छ।

सामूहिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै सिसवोनीका दलित महिला  

खेती गर्न आफ्नो पर्याप्त जमिन नभएको र बढी जग्गा भाडामा लिएर खेती गर्दा सस्तो पर्ने भएकाले सामूहिक तरकारीखेतीमा लागेको लहान नगरपालिका–२२ स्थित सिसवोनीका महिलाले बताएका छन्।

तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ५३ हजार ५०० रुपैयाँ पुगेको छ।

मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प

बिहीबार दिउँसो पनि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प भएको थियो। 

गाउँभरि केराखेती, बजारको अभाव

खबरा गाउँमा १५० परिवारको बसोबास छ। सबैले व्यावसायिक केराखेती गरेका छन्। गाउँबाट वार्षिक २ करोड रुपैयाँभन्दा बढीको केरा बिक्री हुने गरेको छ।

बझाङमा जिप दुर्घटना: ५ जनाको मृत्यु

बिहीबार राति तलकोट गाउँपालिकाबाट चैनपुर आउने क्रममा धमेना नजिकै जिप दुर्घटना हुँदा चार जना र मष्टा गाउँपालिका–१ कोटदेवलमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

१९ वर्षमा सिक्टा आयोजनाको प्रगति ४१ प्रतिशत, साढे ७ अर्बको लागत पुग्यो ५३ अर्ब

अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले बाँकेको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइको लक्ष्य लिएको छ।

देशभरको मौसम सफा रहने पूर्वानुमान

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भागमा आंशिकदेखि साधारणतया  बदली भएको छ। बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।