आइतबार नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ को बिन्दुमा कायम भएको छ।
धुलोधुवाँदेखि टाढा रहेको गाउँ प्राकृतिक हिसाबले जति सुन्दर छ, उति नै पर्यटकीय दृष्टिले आकर्षित छ। परम्परागत रूपमा धान, गहुँ, मकैखेती गर्दै आएका बोराङका किसानको जग्गा अहिले बाँझै छन्।
ठेक्का सम्झौतापछि निर्माण कम्पनीलाई कर छुटको निर्णय तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गरेका थिए। त्यसका आधारमा परियोजना कार्यान्वयन सम्झौता तत्कालीन प्रधानमन्त्री ओलीको पालामा भएको थियो।
पीपलटारीस्थित तल्लो रोहोटेका ध्रुव रेग्मीको घरको ग्यास सिलिन्डर फेर्ने क्रममा चुहिएर आगलागी हुँदा आइतबार स्थानीय ७३ वर्षीया दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो।
डोनेट्स्क–गोर्लोभका राजमार्गमा रुसी पत्रकार चढेको कारमा ड्रोन प्रहार हुँदा रुसी पत्रिका इज्वेस्टियाका सम्वाददाता अलेक्जेन्डर मार्टेमियानोभको मृत्यु भएको हो।
शुक्रबार प्रतितोला १ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आइतबार १ लाख ५२ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशको पूर्वी भूभागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ।
बेनी र बागलुङको बीचमा रहेको भाइरल गाउँ रत्नेचौरको तोरीबारीमा रमाउँदै फोटो खिच्ने तथा टिकटक र भिडियो बनाउनेको थोगी नसक्नु भिड लाग्ने गरेको छ।
काभ्रेपलान्चोकको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुंगासम्म १२ किलोमिटर सडकखण्डमध्ये आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुगेको छ।
क्यानले मलेसियामा आयोजना हुने आईसीसी यू१९ विश्वकपका लागि पूजा महतोको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ।
काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले जाडो बिदाको समयमा ‘टिचर कलेज कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकलाई क्षमता विकाससम्बन्धी तालिम दिन लागेको छ।
सिंगापुरको बिजुलीको खुद्रा बिक्रेता प्यासिफिकलाइट पावरले विकास गर्ने ‘हाइड्रोजन जेनेरेटर’को क्षमता कम्तीमा ६०० मेगावाट हुनेछ।
‘आरओपी’को जोखिम समयअगावै जन्मिएका बच्चामा देखिन्छ। समयअगावै जन्मिएका, दुई केजीभन्दा कम तौल भएका बच्चामा यो समस्या देखिने गरेको रेटिना स्पेसलिस्ट डा. इली प्रधानको भनाइ छ।
संसद्मा एकअर्कालाई खुइल्याउने, आरोप–प्रत्यारोप गर्ने परिपाटीबीच भारतीय सदनमा सत्ता–विपक्षका नेता मनमोहन सिंह र सुष्मा स्वराजको ‘शायराना अन्दाज’ अनुकरणीय थियो। नेपालको सदनमा भने त्यो बिरलै देखिन्छ।
अस्पताल भवन निर्माण नहुँदा लेकम, दुहुँ र अपि हिमालका बासिन्दा बिरामी पर्दा भारतीय अस्पताल तथा धनगढी र काठमाडौँसम्म पुग्नुपर्ने बाध्यता छ।
चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा लहान नगरपालिकाको पुँजीगत खर्च ३.४५ प्रतिशत मात्रै भएको छ।
बिहीबार साँझ राजधानी लिमाबाट उत्तरी पेरुको पोमाबाम्बाका लागि छुटेको बस शुक्रबार बिहान पाकोसबाम्बा नदीमा खसेको थियो।
माइक्रोसफ्टका उपाध्यक्ष ब्राड स्मिथका अनुसार ८० अर्ब डलरमध्ये आधाभन्दा बढी अमेरिकामा खर्च हुनेछ।
सन् २०१९ देखि मनाउन प्रारम्भ भएको यो दिवसको उद्देश्य दृष्टिविहीन र आंशिक दृष्टिविहीन व्यक्तिलाई मानव अधिकारको पूर्ण अनुभूतिमा सञ्चारको माध्यमका रूपमा ब्रेलको महत्त्वबारे चेतना जगाउनु हो।
प्रविधिको प्रयोग गरी सेवा प्रवाहमा सहजता ल्याउन, दोहोरो सुविधा हटाउने र लक्षित वर्गसम्म योजना तथा कार्यक्रमको पहुँच बढाउन अभिलेखीकरण गरिएको नगरपालिकाले जनाएको छ।