ऋणपत्र, प्रत्याभूति पत्र, स्वपुँजी कोषलगायत विभिन्न वित्तीय वा मौद्रिक उपकरणमार्फत वैकल्पिक वित्त परिचालन गर्न आवश्यक रहेको भन्दै सरकारले विधेयक ल्याउने तयारी गरेको हो।
सोमबार नेप्से परिसूचक १.८९ प्रतिशतले बढेर २६४०.६८ को विन्दुमा पुगेको छ भने ६ अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
वासिङ्टन पोस्टकी कार्टुनिस्ट एन टेल्नइसले आफ्ना प्रकाशक जेफ बेजोस तथा राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पलक्षित कार्टुन प्रकाशन नभएपछि पदबाट राजीनामा दिएकी छन्।
अख्तियारले मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा.नम्रता सिंहसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा सरकारी वकिल र जाहेरवाला सहकारीपीडित पक्षका कानून व्यवसायीले बहस गरेपछि प्रतिवादी तर्फका कानून व्यवसायीको बहस चलिरहेको हो।
बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापामाथि बनाउन थालिएको 'बायोपिक'को छायांकन गत वैशाख १० गते नै सकिए पनि पोष्ट प्रोडक्सनमा गएको छैन। बरु निर्देशक दीपेन्द्र के खनाल नयाँ फिल्मतिर लागेका छन्।
काठमाडौँ उपत्यकाको वायु प्रदूषण २०५ एक्यूआई छ। १५१ देखि २०० सम्मको एक्यूआईलाई अस्वस्थ र त्यसभन्दा माथि वायु प्रदूषण भएमा अत्यधिक अस्वस्थ भएको मानिन्छ।
पश्चिम नवलपरासीको कारागारमा क्षमताको तीन गुणाभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ।
आँधीका कारण अमेरिकाको जनजीवन प्रभावित भएको छ। भारी हिमपात र न्यूनतम तापक्रमले पछिल्लो दशकको रेकर्ड नै तोडेको छ।
कर्णालीका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले २०७३ साल भदौ २३ गते चामल अनुदानको व्यवस्था गर्ने निर्णय गरेको थियो।
हमासले सूचीमा रहेका धेरै बन्धकहरू बिरामी रहेको बताएको छ। यद्यपि इजरायलले भने हमासले बन्धकहरूको सूची अझै उपलब्ध नगरेको जनाएको छ।
ओस्माने डेम्बेलेले अतिरिक्त समयमा गोल गरेपछि पीएसजीले मोनाकोलाई १–० ले हराउँदै फ्रेन्च सुपर कप जितेको छ।
नेपाल प्रहरीले चालु आर्थिक वर्षको पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट दुई अर्ब २४ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
माओवादी केन्द्रले आगामी फागुन १ भित्र सबै केन्द्रीय सदस्यले आफू र परिवारको सम्पत्ति विवरण पार्टीमा बुझाउनु पर्ने र जीवननिर्वाहको स्रोत खुलाउनु पर्ने प्रस्ताव पारित गरको छ।
भारी हिमपात र वर्षाले आइतबार युरोपभर, विशेष गरी बेलायत र जर्मनी बढी प्रभावित भएका छन् भने यहाँका प्रमुख विमानस्थलहरू हवाई उडान स्थगित गर्न बाध्य भएका छन्।
वायुसेवा सञ्चालक संघले खुम्बुक्षेत्रमा हेलिकप्टर उडानमा अवरोध भइरहेकाले सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म उडान स्थगन गरिएको जनाएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार गठन भएयता मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार भइरहेको तर अपेक्षित गति लिन नसकेको बताएका छन्।
स्वर्णलक्ष्मी सहकारीको बचत रकम दुरूपयोग अभियोगमा सो सरकारीका अध्यक्ष गितेन्द्रबाबु राई, पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित ३९ जनाविरुद्ध मुद्दा दायर भएको छ।
बागमती–५ स्थित बागमती नदी उकास जमिनमा किसानले ठूलो क्षेत्रफलमा तरुलखेती गर्ने गरेका छन्। बालुवा तथा खोलाको पाँगो माटो भएका जग्गामा तरुल उत्पादन राम्रो हुने गरेको स्थानीय किसान हीरालाल मण्डलको भनाइ छ।