AnonymousUser

Logout

बर्सिम घाँसको बीउबाट आम्दानी गर्दै दाङका किसान

बर्सिम घाँस खेतमा छर्न थालेपछि हिउँदको समयमा घाँस खोज्न जान परेको छैन, समयको बचत भएको छ। किसानले घाँसको बीउ बिक्री आम्दानीसमेत गर्न थालेका छन्।

सुरौदी जलाधारः पुल नहुँदा जोखिम, कटान नियन्त्रण नहुँदा बगर

जलाधार क्षेत्रको सुरौदी खोलामाथि तिखेढुंगा र पहरे जोड्ने झोलुंगे पुल नहुँदा यस क्षेत्रमा खेतीपाती र आवतजावत गर्नेहरूले वर्षात्‌को समयमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। 

दिउँसो देशभर आंशिक वर्षाको सम्भावना

देशका पहाडी भागका केही तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

नेपालमा २५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी

सन् २०३० सम्म दिगो विकास लक्ष्य प्राप्तिका लागि पाँच वर्षमुनिको मृत्युदर २० प्रतिहजार जीवित जन्मभन्दा कममा झार्ने लक्ष्य रहेको छ।

मकालु हिमाल आरोहणका क्रममा १ अमेरिकी नागरिकको मृत्यु

मकालु हिमाल आरोहणका क्रममा अमेरिकी नागरिकको भएको र शव हेलिकप्टरमार्फत ल्याउन ट्रेकिङ कम्पनीसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

कीर्तिपुरस्थित क्रिकेट रंगशालाको प्यारापिट र फ्लडलाइट जडानमा ढिलाइबारे प्रधानमन्त्रीको चासो

कीर्तिपुरस्थित क्रिकेट रंगशालामा प्यारापिट र फ्लडलाइट जडान तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा प्रधानमन्त्री ओलीले आइतबार सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर सोधपुछ गरेका छन्।

सेवासुविधा जनतानजिक पुर्‍याउन केन्द्र विस्तार गर्दै तनहुँका स्थानीय तह

तनहुँका स्थानीय तहका वडा कार्यालयको केन्द्रबाट टाढा रहेका जनतालाई नजिकबाट सेवासुविधा प्रदान गर्ने उद्देश्यसहित वडाको सेवा केन्द्र विस्तार गरिरहेका छन्।

गैँडाकोटको जुक्तिखोलामा डुबेर २ किशोरको मृत्यु

आइतबार गैँडाकोट नगरपालिका–३ स्थित जुक्तिखोलामा पौडी खेल्ने क्रममा डुबेर चितवनका दुई किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ।

नीति तथा कार्यक्रममाथि ३७ संशोधन प्रस्ताव, के भन्छन् प्रतिपक्षी दलका सांसद?

प्रतिपक्षी दलका सांसद नीति तथा कार्यक्रमले विद्यमान समस्या समाधानको प्रयास नगरेको, पुरातनवादी र पश्चगनशैलीलाई प्रशय दिएको, नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा गर्न नसक्ने बताउँछन्।

नेप्से परिसूचक २६१० को विन्दुमा, ७ अर्बको शेयर कारोबार

सोमबार नेप्से परिसूचक ९.९८ अंकले घटेर २६१०.४० को विन्दुमा कायम भएको छ।

विदेशमा निर्मित चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाहिर बनेका सबै चलचित्रलाई शतप्रतिशत कर लगाउने प्रक्रिया शीघ्र शुरू गर्न वाणिज्य मन्त्रालयलाई आदेश दिएका छन्।

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर १ जनाको मृत्यु

बुटवलको कालिकापथमा मोटरसाइकल हाइटेन्सन लाइनको पोलमा ठक्किँदा एक जनाको मृत्यु भएको छ।

धरानबाट भोजपुर आउँदै गरेको बस दुर्घटना हुँदा १ को मृत्यु, १३ जना घाइते‍

धरानबाट भोजपुरतर्फ आउँदै गरेको बस धनकुटाको गोठगाउँमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

संसद्मा सत्तापक्ष–प्रतिपक्षबीच घोचपेच, सुशासन र भ्रष्टाचार मामलामा आ–आफ्नै दाबी

सत्तारुढ एमाले सांसद सूर्यबहादुर थापा र प्रतिपक्षी माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीबीच भ्रष्टाचार निवारण र सुशासन कायममा अघिल्लो र अहिलेको सरकार कसरी चुकिरहेको छ भनेर सदनमा घोचपेच चलेको छ।

हनुमानढोका दरबार क्षेत्रमा ढुंगा बिछ्याएको ६ महिना नबित्दै फेरि खन्न शुरू (तस्वीरहरू)

काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रमा ढुंगाहरू बिछ्याएको ६ महिना नबित्दै विद्युतीय तार भूमिगत गर्नका लागि फेरि खन्न थालिएको हो।

प्रिसा साहको मृत्यु: छानबिनका लागि पहल गर्न सरकारलाई निर्देशन

भारतको उडिसा राज्यस्थित केआईआईटीमा अध्ययनरत छात्रा प्रिसा साहको शंकास्पद मृत्युबारे छानबिनका लागि पहल गर्न संसद्ले सरकारलाई निर्देशन दिएको छ।

पोर्चुगलले १८ हजार अवैधानिक आप्रवासीलाई निष्कासन गर्ने

पोर्चुगलमा एक लाखको हाराहारीमा नेपाली छन्। अन्य युरोपेली देशभन्दा आप्रवाशन खुकुलो गरेकाले पोर्चुगलमा आप्रवासन एउटा ठूलो समस्या बनेको छ।

दोधारा–चाँदनी सुख्खा बन्दरगाह निर्माण गर्न रुख कटान शुरू

दोधारा चाँदनी नगरपालिका–१ स्थितसुख्खा बन्दरगाह निर्माणका लागि एक हजार  ५९३ रुख काट्नुपर्ने छ।

बढ्यो सुनको मूल्य

अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

एमबाप्पेको दुई गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

ला लिगामा किलियन एमबाप्पेले दुई गर्दै रियल मड्रिडलाई आइतबार सेल्टा भिगोविरुद्ध ३–२ को जित दिलाएका छन्।