AnonymousUser

Logout

काठमाडौँसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

वर्षा नभएका ठाउँमा पनि बदली कायम रहने भएकाले गर्मीबाट केही राहत मिल्ने मौसमविद्ले बताएका छन्।

सरकार र आवासीय चिकित्सकबीच चारबुँदे सहमति

सरकार र आवासीय चिकित्सकबीच सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता हुने भएको छ।

पश्चिमबाट पूर्वतर्फ सर्दै पानी पार्ने बादल, ठाउँ–ठाउँमा वर्षा

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अझै केही दिन पानी पार्ने बादल कायम रहने भएकाले सावधानी अपनाउन अनुरोध गरे।

नागढुंगा–नौबिसे सडकखण्ड रातिमा बन्द हुने

नागढुंगा–पिप्लामोड सडक निर्माण तथा मर्मत गर्न नागढुंगा–नौबिसे खण्ड वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ।

स्वास्थ्य बीमा बोर्डको भुक्तानी क्षमता बढाउन अस्थायी जनशक्ति थपिने

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको दाबी भुक्तानी मूल्यांकन क्षमता बढाउन ४०० भन्दा बढी अस्थायी दरबन्दी थप गर्ने भएको छ।

अस्ट्रेलियाको निर्वाचनमा सत्तारूढ लेबर पार्टी विजयी

अस्ट्रेलियाको आम निर्वाचनमा प्रधानमन्त्री एन्थोनी अल्बानिजको लेबर पार्टी विजयी भएको छ।

कालीगण्डकी करिडोरले फेरिँदै हर्मिचौरवासीको जीवनस्तर

कालीगण्डकी करिडोर निर्माणपछि सदरमुकाम तम्घाससम्मको आवतजावत, विद्यालय तथा स्वास्थ्य संस्थासम्मको पहुँच सहज भएको छ। त्यसैगरी बुटवल, पोखरा र काठमाडौँसम्मको दूरी पनि छोट्टिएको छ।

भारत र पाकिस्तानको सिमानाकामा रहेका बासिन्दा फिर्ता

पाकिस्तानी र भारतीय सेनाबीच द्वन्द्व बढ्ने त्रासका कारण भारतीय सीमा क्षेत्रका बासिन्दालाई स्थानान्तरण गरिएको छ।

तटबन्ध निर्माण रोक्न प्रजिअलाई ज्ञापनपत्र, अविलम्ब कूटनीतिक पहल थाल्न माग

महाकाली नगरपालिका–४ र ५ भएर बग्ने महाकाली नदी किनारमा भारतले तटबन्ध निर्माण गरिरहेको छ।

नेपालमा बितेको वर्ष प्रेस स्वतन्त्रता हननका ७३ घटना

सन् १९९१ मा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहोकमा भएको पत्रकारहरूको सम्मेलनले प्रेस स्वतन्त्रताको पक्षमा घोषणापत्र जारी गरेको थियो।

भारतको गोवास्थित मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु

आगो बाल्नका लागि हजारौँ मानिस भेला भएको बेला भएको घटनामा कम्तीमा ८० जना घाइते भएको र उनीहरूको उपचार भइरहेको गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले बताएका छन्।

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

प्रहरीले अहिलेसम्मको अनुसन्धानमा मृतकले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको र परिवारसँगको समन्वयमा शव व्यवस्थापनको तयारी भएको नेपाली दूतावासले जनाएको छ।

१३ वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी

२०६८ सालमा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो। तर, पटक–पटक म्याद थपेर १३ वर्ष बितिसक्दा पनि पुल निर्माणको काम अधुरै छ।

‘धराप’ बने काठमाडौँका फुटपाथ [तस्वीरहरू]

हतारमा भत्काउने तर बनाउन समय लगाउने भएकाले राजधानीवासी धराप फुटपाथमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ।

कोशीमा लगानी सम्मेलन: १ खर्ब ५२ अर्बको सम्झौता

शुक्रबार सकिएको सम्मेलनमा निजी क्षेत्रका १९ र सार्वजनिक–निजी साझेदारीका २७ वटा परियोजनासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको प्रदेश लगानी प्राधिकरणले जनाएको छ।

महिमानसिंह विष्टलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

तथ्यांक सुरक्षालाई लिएर ईयूमा टिकटकलाई ५३ करोड युरो जरिबाना

युरोपेलीहरूको व्यक्तिगत तथ्यांक चिनियाँ अधिकारीको पहुँचमुक्त रहेको भनी सुनिश्चितता गर्न नसकेको आरोपमा ईयूको तथ्यांक सुरक्षा अनुगमन संस्थाले टिकटकलाई ५३ करोड युरो जरिबानाको घोषणा गरेको छ।

सम्भावनायुक्त रुग्ण उद्योग पुनः सञ्चालनदेखि खराब कर्जा व्यवस्थापन कम्पनी खोल्नेसम्मको लक्ष्य

बढीमा सातामा २० घण्टाको कामको न्यूनतम ज्याला निश्चित गरी कमाउँदै पढ्दै नीति लागू गरिने र विकट भौगोलिक क्षेत्रलक्षित आवासीय विद्यालय खोल्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

चैत २१ पछि बालेन शाहः कार्यालयमा नरम, सामाजिक सञ्जालमा संयम

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं महानगर कार्यालय फर्किएपछि कर्मचारीसँग बालेनको व्यवहार फेरिएको छ, सामाजिक सञ्जालमा पनि कमै सक्रिय छन्। उनले एक्लो महसुस गरिरहेको कर्मचारीहरू बताउँछन्।