AnonymousUser

Logout

कालीकोटको सान्नी त्रिवेणीमा मृत भेटिए प्रधानाध्यापक

सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँमा एक प्रधानाध्यापक मृत अवस्थामा भेटिएका छन्।

मुसीकोटमा मन्दिरको गेट निर्माणका क्रममा च्यापिएर १ जनाको मृत्यु

रुकुमपश्चिमको मुसीकोट नगरपालिका–४ मुसीडाँडामा गेट निर्माणका क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ। 

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

अमेरिकाले आगामी महिनाभित्र सिरियाबाट आफ्ना एक हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको छ।

वर्षाका कारण खेल रद्द हुँदा नेपाल विश्वकपमा छनोट हुन असफल

वर्षाका कारण मैदानमा असर परेर अफगानिस्तानसँगको खेल रद्द हुँदा नेपाल आईसीसी यू१९ विश्वकपमा पुग्न असफल भएको छ।

सरकारले ९ महिनामा उठायो ३ खर्ब ६६ अर्ब ऋण

सरकारले यस आर्थिक वर्षका लागि ३ खर्ब ३० अर्ब आन्तरिक ऋण र २ खर्ब १७ अर्ब बाह्य ऋण उठाउने लक्ष्य राखेको छ।

नेपालगन्ज रंगशालामा ६ वर्षपछि खेलकुदको रौनक

बाँकेमा आठौँ राष्ट्रिय खेलकुद पछि करिब ६ वर्षसम्म ठूलो प्रतियोगिता हुन नसक्दा सुनसान रहेको नेपालगन्ज रंगशालामा लुम्बिनी कप फुटबलले खेलकुदको रौनक ल्याएको छ।

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनमा सहयोगी बनेका करिडोर सडक

चोक–चोकमा हुने सवारी जामका कारण सर्वसाधारणले हैरानी खेप्नु परेको अवस्थामा करिडोर सडक यसको विकल्प बनेका छन्। उपत्यकाको भित्री बस्तीका लागि त यी सडक ‘लाइफलाइन’ नै बनिरहेका छन्। 

सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी विजयी

नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ विजयी भए।

बसाइँ सरेको १८ वर्षपछि आफ्नै गाउँ फर्किए वेदबहादुर 

जन्मभूमिप्रतिको माया र छिमेकीको सद्भाव बिर्सिन नसकेर गाउँ फर्किएको खोटाङ बराहपोखरी गाउँपालिका–६ का वेदबहादुर खड्का बताउँछन्। उनलाई पालिकाले प्रोत्साहनस्वरुप १ लाख रुपैयाँ प्रदान गरेको छ।

काठमाडौँसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

दाङमा शुक्रबार बेलुका यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा २ जनाको मृत्यु भएको छ।

बारामा कार र टिपर ठोक्किँदा २ जनाको मृत्यु 

जीतपुर सिमरा उपमहानगर–१६ स्थित पथलैया–निजगढ सडक खण्डमा कार र टिपर ठोक्किँदा हुँदा दुई जनाको मृत्यु भएको छ।

सत्तागठबन्धनले रोजेका गुणाकर भट्ट: गभर्नर बन्न अड्चन छ कि छैन?

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले गभर्नरमा ‘टुंगो लगाएका’ गुणाकर भट्टविरुद्ध सर्वोच्चमा निवेदन दर्ता भएको छ। भट्टलाई राष्ट्र बैंकको नेतृत्वमा पुर्‍याउने तारतम्यसामु कानूनीलगायत अड्चन के छन्?

सरकारको बेइमानीले सडकमा शिक्षक, शिक्षा सुधार अझै दुरूह

२०७५ सालयता शिक्षकहरू चौँथो पटक आन्दोलनमा छन्। यसअघि तीन पटक भएका सम्झौता कार्यान्वयन नभएको भन्दै विद्यालय नै ठप्प पारिएका छन्। के हो आन्दोलन र शिक्षक–सरकार सहमतिको माखेसाङ्लो?

प्रि–मनसुन अवधिमा विपद्जन्य घटनामा ४१ जनाको मृत्यु, करोडौँको क्षति

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसपालिको प्रि–मनसुनको हालसम्मको अवधिमा विपद्जन्य घटनामा परी हालसम्म ४१ जनाको मृत्यु र २५७ जना घाइते भएको जनाएको छ।

यमनमा अमेरिकी हवाई आक्रमणबाट ५८ जनाको मृत्यु, १२५ जना घाइते

रास इसा इन्धन बन्दरगाहमा भएको आक्रमणको उद्देश्य इरान समर्थित हुथी विद्रोहीका लागि आपूर्ति र कोषको स्रोत बन्द गर्नुरहेको अमेरिकी सेनाले जनाएको छ।

भारतमा सिकेको स्याउखेतीको सीप मुस्ताङमा प्रयोग गर्दै खेमबहादुर

जाजरकोट खेमबहादुर शाहीले भारतमा सिकेको स्याउखेतीसम्बन्धी सीपलाई हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–४ उपल्लो घाँसामा नर्सरी स्थापना गरी प्रयोग गरिरहेका छन्।

कृषि पर्यटनले बढायो रोजगारी

अर्ग्यानिक फार्म हाउसले युवाका लागि रोजगारी सिर्जना गर्नुका साथै व्यावसायिक कृषि र पर्यटनको संयोजनमार्फत आत्मनिर्भरतातर्फको बाटो खोलिदिएको छ।

अमेरिकाबाट भुटान पठाइए, न्यायिक निरूपण भने काठमाडौँको सर्वोच्च अदालतमा 

पूर्वी सीमाबाट नेपाल भित्रिएका चारजना भुटानी शरणार्थीका हकमा बिहीबार सर्वोच्च अदालतबाट आएको बन्दी प्रत्यक्षीकरण आदेशअनुसार अबको प्रक्रिया अघि बढ्ने भएको छ। 

युक्रेन र अमेरिकाबीच प्राकृतिक स्रोत तथा खनिजसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

फेब्रुअरीमा राष्ट्रपति डोनाल्ड ट्रम्प र भोलोदिमिर जेलेन्स्कीबीच उत्पन्न असमझदारीले सम्झौता प्रक्रियामा अवरोध पुर्‍याएको थियो।