आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा ६ दिन छलफल हुने भएको छ।
सरकारी खर्चमा विनियोजन कुशलता वृद्धि गरी उच्च प्रतिफलयुक्त आयोजनामा लगानी केन्द्रित गर्ने, अनावश्यक सार्वजनिक संरचना खारेज, गाभ्ने या पुनर्संरचना गर्नेलगायतका विषय नीति तथा कार्यक्रममा समेटिएका छन्।
सरकारको वार्षिक नीति तथा कार्यक्रमले मुलुकलाई दुई वर्षभित्र सम्पत्ति शुद्धीकरण निवारण मामलाका सबै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने लक्ष्य राखेको छ।
नीति तथा कार्यक्रममा शिक्षा ऐन चालू अधिवेशनबाटै, विद्युत् अभाव हुन नदिन तथा आयात प्रतिस्थापन गर्न जलाशययुक्त आयोजना कार्यान्वयन, जेनजी पुस्तालक्षित स्टार्टअप प्रवर्द्धनसहितका विषय समेटिएका छन्।
सूचना प्रविधि पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गर्ने भएको छ।
विकास कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका सरकारबीच दोहोरोपन हटाउन एकीकृत परियोजना बैंक प्रणाली लागू गरिने पनि सरकारको नीति तथा कार्यक्रममा जनाइएको छ।
सरकारले सम्पन्न हुने सम्भावना नभएका परियोजना स्थगन र त्रुटिपूर्ण परियोजना खारेज गर्ने भएको छ।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार प्रिसाको शव अहिले एमएस अस्पतालमा राखिएको र परिवारका सदस्य पुगेपछि मात्रै पोस्टमार्टम गरिने ओडिशा प्रहरीले जानकारी गराएको छ।
तामाकोशी नदीले रामेछाप र दोलखाको सिमानामा पर्ने मिल्ती खोलादेखि देवीटार बजार क्षेत्रसम्म कटान गरिरहेको छ।
गत वर्षको बाढीपहिरोका कारण धेरै सडक जीर्ण छन्, कतिपय पुनर्निर्माण र विस्तारका क्रममा छन्। त्यसैले यो वर्ष मनसुनमा अझ ठूलो क्षति हुनसक्ने भन्दै विज्ञहरूले सचेत गराइरहँदा सरकारको पूर्वतयारी के छ?
कालीगण्डकीमा पुल नहुँदा थासाङ गाउँपालिका–२ सौरु र सिरकुङ गाउँका स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। उनीहरूलाई स्याउ, उवा, फापर, जौ, सिमी, बोडी र सागसब्जी बजार पुर्याउन समस्या छ।
वन क्षेत्रमा कार्यरत हजारौँ श्रमिक ज्यान जोखिममा राखेर दैनिक जोखिमपूर्ण वातावरणमा काम गर्ने भएकाले उनीहरूलाई राज्यले बीमाको व्यवस्था गरिदिनुपर्ने भन्दै माग गरिएको हो।
वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते शिकार गर्न बोलपत्र आह्वान गरी १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको शिकार गर्ने अनुमति दिएको थियो।
परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा आपत्ति प्रकट गर्दै भ्रामक सूचनाका पछाडि नलाग्न आग्रह गरिएको छ।
देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
भारतको ओडिसा प्रान्तस्थित भुवनेश्वरमा रहेको केआईआईटी विश्वविद्यालयको होस्टेलमा अर्को नेपाली छात्रा मृत अवस्थामा फेला परेकी छन्।
उदयपुरको कटारीमा सवारी दुर्घटना हुँदा दमक नगरपालिकाका कानून अधिकृतको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
मे दिवसको प्रदर्शन रोक्नका लागि प्रहरीले इस्तानबुलबाट बिहीबार ४०० भन्दा बढी मानिसलाई पक्राउ गरेको छ।
आन्दोलन भएको २९औँ दिनमा सरकार र शिक्षक महासंघबीच कतिपय मागमा सहमति भयो भने, कतिपय थाती रहे। यो सहमतिले आन्दोलन स्थगित त भयो, तर विद्यालय कर्मचारी र शिक्षक नै सन्तुष्ट हुन सकेनन्।
३१ वटा संघसंस्थाका प्रतिनिधिले सरकारलाई डिजिटल प्लेटफर्मसँग लोकतान्त्रिक संवाद गर्न, पारदर्शिता अपनाउन र मानव अधिकारमैत्री नीति तथा नियमनको निर्माणमा सहकार्य गर्न अपिल गरेका छन्।