AnonymousUser

Logout

वनहराको बगरमा तरबुजाखेती: मुक्तकमैयाको आयआर्जनको स्रोत

बगरमा उत्पादन भएको तरबुजा, काँक्रोलगायतको साजसब्जी बिक्री गर्न मुक्तकमैया परिवारले पूर्वपश्चिम राजमार्ग नजिक टहरा नै बनाएका छन्।

जिल्ला अदालतलाई ‘ढोग्ने’ पीडित परिवार उच्च अदालतको फैसलाविरुद्ध धर्नामा

करिब डेढ वर्षअघि फूलमाला र बाजासहित रुकुमपश्चिम जिल्ला अदालत पुगेर ढोकामा ढोग्ने रुकुम हत्याकाण्डका पीडित परिवार अहिले काठमाडौँ आएर सात दिनदेखि माइतीघरमा धर्ना बसिरहेका छन्।

उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु

हेलिकप्टरमा पाइलटसहित सात जना सवार थिए। गम्भीर घाइते एक जनाको उद्धार गरिएको छ।

चितवनमा रेबिज लागेर १ जनाको मृत्यु

इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको रेबिज लागेर मृत्यु भएको छ। उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

तीनकुनेमा बसको ठक्करबाट १ जनाको मृत्यु, ३ घाइते

बसको ठक्करबाट मोटरसाइकलमा सवार नुवाकोटकी २३ वर्षीय नगिना तामाङको मृत्यु भएको छ।

जुम्लाको गुठीचौरमा विद्युत् अवरुद्ध हुँदा ४८० घरधुरी अन्धकारमा 

अदालीखोला लघुजलविद्युत् आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आएपछि नापानी, गढिगाउँ, मणि साँघु, डिल्लीकोट र मणि गाउँमा विद्युत् आपूर्ति ठप्प भएको छ।

मानव विकासको गति सुस्त, ३५ वर्षयताकै न्यून प्रगति: यूएनडीपी

प्रतिवेदनमा सन् २०२४ को प्रक्षेपण अनुसार विश्वका सबै क्षेत्रहरूमा मानव विकास सूचकांकमा उल्लेखनीय सुधार नदेखिएको उल्लेख गरिएको छ।

बागलुङमा हलगोरु पाल्ने १७८ किसानले पाए पोषणभत्ता

हलगोरु पाल्ने र जोत्ने परम्परा हट्दै जान थालेपछि यसको संरक्षणका लागि कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

च्याम्पियन्स लिगको उपाधिका लागि पीएसजी र इन्टर मिलान भिड्ने

पीएसजीले आर्सनल र इन्टर मिलानले‍ बार्सिलोनालाई हराउँदै फाइनलमा पुगेका हुन्। फाइनल खेल जुन १ मा हुनेछ।

यस्तो रहनेछ बिहीबारको मौसम

पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का

एक महिनादेखि दुई दर्जन डोजरले प्रकृति दोहोन गरिँदा नजिकैको स्थानीय सरकारदेखि, डिभिजन वन कार्यालय र जिल्लाका सबै सरोकारवाला निकाय बेखबर झैं भए।

काभ्रेबाट ४९ रोहिंग्या शरणार्थीलाई काठमाडौँ फर्काइयो

काठमाडाैँको कपनबाट गएर गत सोमबार साँझदेखि धुलिखेल नगरपालिका–१२ मा बस्दै आएका उनीहरूलाई काठमाडाैँ फिर्ता गरिएको हो।

कोशी प्रदेश सरकारले नागरिकका नाममा लगानी गर्ने

प्रदेश सरकारले नीति एवं कानून निर्माण गरी गरिबीको रेखामुनि रहेका ११ प्रतिशत जनताका नाममा शेयर लगानी गर्ने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए।

बालमन्दिर जग्गा प्रकरणः तत्कालीन अध्यक्ष रिता सिंहसहित १७ जनाविरुद्ध ठगी मुद्दा दायर

महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउने निर्णय गर्दै कार्यान्वयनका लागि आइतबार पत्र पठाएपछि आज सरकारी वकिलको कार्यालयले ६० करोडभन्दा बढी बिगो दाबीसहित मुद्दा दायर गरेको हो।

राष्ट्रबैंकले अर्थमन्त्रालयलाई बुझायो पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन

राष्ट्रबैंकका कायममुकायम गभर्नर डा नीलम ढुंगाना तिम्सिनाले बुधबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएकी हुन्।

केन्द्रीय सुरक्षा समिति बैठक: सिमाना र विमानस्थलमा निगरानी बढाइने

भारत–पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भएपछिको विकसित घटनाक्रम र त्यसले पार्नसक्ने प्रभाव,आन्तरिक सुरक्षालगायतका विषयमा बैठकमा छलफल भएको गृहमन्त्रालयले जनाएको छ।

शेयरबजारमा उच्च अंकको वृद्धि

आज नेप्से ६२.२५ अंकले बढेर २ हजार ६७३.६९ को विन्दुमा कायम भएको छ। यो २.३८ प्रतिशतको वृद्धि हो।

मुस्ताङको स्याङमा उन्नत गाईपालन व्यवसाय फस्टाउँदै

परम्परागत हिमाली लुलु गाईले भन्दा जर्सी गाईले मनग्ये दूध दिने भएकाले मुस्ताङका किसान त्यतैतर्फ आकर्षित हुन थालेका हुन्।

अमेरिका र यमनी हुथी विद्रोहीबीच युद्धविरामका लागि सहमति

ह्वाइट हाउसमा ट्रम्पले सात हप्ता लामो अमेरिकी बमबारीमा ३०० जनाको मृत्यु भएपछि विद्रोहीले आत्मसमर्पण गरेको बताएका थिए।

प्रतिनिधिसभा बैठक: भारत र पाकिस्तान तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका सांसद एनपी साउदले भारत र पाकिस्तानबीच युद्ध शुरू भएको भन्दै यस विषयमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए।