मनाङका खोलासहित आधा दर्जन हिमताल जमेर चट्टानझैँ भएको मनाङ ङिस्याङ गाउँपालिका–६ का वडा अध्यक्ष सोनाम गुरुङको भनाइ छ।
हिउँदे बालीका लागि समेत पर्याप्त रासायनिक मल नपाउने किसानले मुख्य अन्नबाली धान रोप्ने सिजन असार–साउनमा त हाहाकार नै बेहोर्नु पर्छ। मल खरिदको लम्बेतान प्रक्रिया यो वर्ष कहाँ पुगेको छ?
विकसित राष्ट्रहरूले सन् २०३५ सम्ममा विकासोन्मुख देशलाई आफ्नो अर्थतन्त्र हरित बनाउन र अझ खराब विपत्तिको सामनाका लागि प्रतिवर्ष कम्तीमा ३०० अर्ब अमेरिकी डलर तिर्ने सहमति भएको छ।
शुक्रबार तोलाको १ लाख ६५ हजार ५०० रुपैयाँ रहेको सुन छापावाला सुन आइतबार १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको हो।
पश्चिमतर्फ शहरी क्षेत्र रहेको र सडकको अधिकार क्षेत्रभित्रका संरचना समयमा व्यवस्थापन हुन नसक्दा सडक विस्तारमा ढिलाइ भएको छ।
अस्पतालमा कार्यरत तीन जना चिकित्सकले तलब, भत्तालगायत सुविधा नपाएको जनाउँदै राजीनामा दिएपछि सेवा प्रभावित भएको छ।
बेनी नगरपालिका– २ खबराका ६२ वर्षीय चन्द्रबहादुर कार्कीले यस सिजन २ लाख १० हजार रुपैयाँ बराबरका बेर्ना बेचिसकेका छन्। नर्सरीमा अरू पनि बेर्ना हुर्किँदै छन्।
टोटनहामसँग म्यानचेस्टर सिटी शनिबार घरेलु मैदानमा ४–० ले पराजित भएको छ। सिटीले दुई वर्षपछि घरेलु मैदानमा पहिलो हार बेहोरेको हो।
नेपालमा मलखाद, बीउबिजनदेखि सिँचाइसम्म महँगो पर्ने भएकाले भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न नसकिएको किसानको भनाइ छ।
कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।
चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कँदै गरेको स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन्।
शनिबार दिउँसो चैनपुर–११ खहरेस्थित अरुण नदीमा पूजा गर्न क्रममा चिप्लिएर एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।
नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारतसँग मात्र चार महिनामा दुई खर्ब ८१ अर्ब ११ करोड ६६ लाख रुपैयाँ घाटा देखिएको छ।
प्यालेस्टिइनमाथि इजरायलबाट भइरहेको आक्रमण रोक्न माग गर्दै नागरिक समाज, राजनीतिक पार्टीका भ्रातृ संगठन तथा अभियन्ताले संयुक्त रूपमा काठमाडौँमा जनप्रदर्शन गरेका छन्।
न्युजिल्यान्डको जनसंख्याको १९ प्रतिशत माओरी समुदाय र आफ्नो अधिकारको पक्षमा लड्न छुट्टै पार्टी ‘ते पाती माओरी’ खोलेका छन्। त्यही पार्टीबाट निर्वाचित सांसद् हुन् हाना, जो हाका नाचेर चर्चामा छिन्।
कुल १४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन्।
चिकित्सकले मृत घोषणा गरेका रोहितासलाई चितामा आगो लगाउने तयारी भइरहँदा उनी ब्युँझिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
धितोपत्र बोर्डका अनुसार इन्भेस्टमेन्ट कम्पनीको शेयरमा गैरआवासीय नेपालीले लगानी गर्न सक्ने र त्यस्तो शेयर दोस्रो बजारमा पनि उनीहरूले मात्रै खरिदबिक्री गर्न पाउने छन्।
वर्षमा आठ/दश मुरी धान फल्ने खेतमा लगाएको सुन्तलाबाट १० लाख रुपैयाँभन्दा बढी कमाइ हुने गरेको कृषक बताउँछन्। यहाँ उत्पादित सुन्तला काठमाडौँ, पोखरा, बेनीका व्यापारीले किनेर लैजाने गरेका छन्।
मध्यविन्दु नगरपालिका-६, भण्डाराका ६५ वर्षीय नाथुराम थारुलाई खेतमा आलु रोपिरहेको समयमा गैँडाले आक्रमण गरेको थियो।