AnonymousUser

Logout

नेपाली नागरिकको सुरक्षा प्रबन्ध गर्न सरकारलाई सभामुखको ध्यानाकर्षण

सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबीच सिर्जित तनावलाई मध्यनजर गर्दै त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपालीको सुरक्षा व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

भारत–पाकिस्तान तनाव: आईपीएल अनिश्चितकालका लागि स्थगित

बिहीबार धर्मशालामा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच भइरहेको खेल हवाई आक्रमणको अलर्टका कारण रद्द भएको थियो।

केमा अल्झियो जनमत र नागरिक उन्मुक्तिबीचको एकता?

रेशम चौधरी कार्यक्रमस्थलबाटै पक्राउ परेपछि जनमत र नागरिक उन्मुक्तिबीच हुने भनिएको एकता भाँडिएको एक साता नाघिसकेको छ, यसबीचमा दुवै दलबीच ठोस छलफलसमेत हुन सकेको छैन।

नेपाल र हङकङबीचको खेल रद्द

बिहीबार परेको पानीले मैदान भिजेपछि टससमेत नभई खेल रद्द भएको हो। यससँगै दुवै टोलीले समान १–१ अंक बाँडेका छन्।

विपिन जोशी जीवित रहेकामा इजरायली अधिकारीहरूको आशंका

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजापट्टीमा हमासद्वारा बन्धक बनाइएका २१ जना जीवित रहेको र अन्य तीन जना बन्धक जीवित रहेकोमा शंका रहेको बताएका थिए। 

दार्चुला–टिंकर सडक निर्माण:  दुईतिरबाट काम गर्दै सेना

उपकरण ढुवानी नहुन्जेल व्यास गाउँपालिका–२ बाट मजदुर परिचालन गरेर खन्न थालिएको छ। चार दिनदेखि स्थानीय र सेनाले बाटो खनिरहेका छन्। 

भारत–पाकिस्तान बढ्दो तनाव, विमानस्थलहरू बन्द

भारतीय सञ्चार माध्यमहरूका अनुसार भारतले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै २४ वटा विमानस्थल अस्थायी रूपमा बन्द गरेको छ।

दक्षिण सुडानमा मानवीय संकट चुलिँदै, बालबालिकाको जीवन जोखिममा

अशान्ति र राजनीतिक अस्थिरताबाट पीडित रहेको यो राष्ट्रको माथिल्लो नाइल प्रदेशमा राष्ट्रपति साल्वा किइर र उपराष्ट्रपति रिएक माचार समर्थक सुरक्षाकर्मीबीचको पछिल्लो झडपले अवस्था थप बिग्रिएको छ।

पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना

मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

डडेलधुरामा अटोरिक्साको ठक्करबाट बालकको मृत्यु

आलिताल गाउँपालिका–८ गोदाम बजारनजिक अटोरिक्साको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

रवीन्द्र मिश्रसहित २३ जनामाथि ५ दिनको म्याद थप

उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेकामा प्रहरीले आपराधिक उपद्रव कसुरमा पनि अनुसन्धान थालिएको छ।

५ जनाविरुद्ध विदेशी विनिमय अपचलन र राजस्व चुहावटको मुद्दा

राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन र राजस्व चुहावटसम्बन्धी कसुरमा रुपन्देही र कपिलवस्तुका ५ व्यवसायीमाथि मुद्दा दायर गरेको छ।

नेपाल आतंकवादविरुद्धको लडाइँमा सबैसँग मिलेर उभिन्छ : परराष्ट्र मन्त्रालय

भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै नेपालले आतंकवादविरुद्धको वैश्विक प्रयासमा सबैलाई साथ दिने प्रतिबद्धता जनाएको छ।

नेपाल–भारत सीमा क्षेत्रमा कडा पारियो सुरक्षा व्यवस्था

गृह मन्त्रालयले पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ।

फेवातालमा डुंगा पल्टिएर फसेका ७ जनाको सकुशल उद्धार

एक्कासि आएको हावाहुरीका कारण डुंगा पल्टिएर फेवातालको बीचमा फसेका भारतीय पर्यटकसहित सात जनाको सकुशल उद्धार भएको छ।

सिमेन्ट प्याकेजिङमा लेमिनेटेड बोराः अध्ययन र तयारीबिनै प्रयोग गराउने हतारो किन?

नेपालमा उत्पादन भइरहेका लेमिनेटेड बोरा ‘रिसाइकल’ गर्न उच्च खर्च लाग्ने र नस्ट गर्दा वातावरणमा असर पर्ने विज्ञहरूको आवाज नसुनी सरकारले अध्ययनबिना नै किन सिमेन्ट प्याकेजिङमा त्यही बोरा अनिवार्य गर्‍यो?

अनलाइनमार्फत प्रलोभनमा पारेर २ करोड ६३ लाख ठगी, ७ जना पक्राउ

सामाजिक सञ्जालमार्फत फेक अकाउन्ट बनाएर दुई करोड ६३ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा धनुषा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

किसानले उत्पादन गरेका वस्तुको बजार सुनिश्चित गर्न माग

वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि किसानले उत्पादन गरेका खाद्यवस्तुको बजार सुनिश्चितता गर्नुपर्ने धारणा राखेका छन्।

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, कारोबार रकम भने बढ्यो

बुधबार उच्च अंकले बढेको नेप्से परिसूचकमा बिहीबार भने दोहोरो अंकको गिरावट देखिएको छ।

‘राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानून आवश्यक’

सांसदहरूले गौरवका आयोजना कार्यान्वयनमा देखिएका समस्याको गाँठो फुकाउन तथा निर्माण सम्पन्न आयोजनाबाट लाभप्राप्त गर्न आवश्यक नीतिगत निर्णय हुनुपर्ने बताएका छन्।